बाढी पहिरोमा परी १४ शरणार्थीको मृत्यु

बंगलादेशमा बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाृ मृत्यु भएको छ। भने २० जना बेपता भएका छन्।भारी वर्षा पश्चात् आएको बाढीपहिरोमा परी उनीहरुको मृत्यु भएको हो । बाढी पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका हुन् ।बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार वर्षाले नराम्ररी प्रभावित भएको छ । त्यहाँका अधिकांश शरणार्थी शिविरलाई बाढीले बगाइदिएको छ । राजधानी ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको यो क्षेत्रमा म्यानमारको रखाइन राज्यबाट विस्थापित १० लाख रोहिंग्या शरणार्थीको बसोबास छ।

Related posts

Leave a Comment