बढ्न थाल्यो रेमिटेन्स, तरलतामा केहि राहत हुने

अघिल्लो महिना सम्म लगातार रुपमा घटेको रेमिटेन्स माघ महिनामा भने सामान्य बढेको छ । यस अघिका तीन महिना निरन्तर घटेको रेमिटेन्स १.५प्रतिशतले बढेको हो । कात्तिक, मंसिर र पुसमा रेमिटेन्स घटेको थियो।  माघ महिनामा केहि सुधार भई नेपाल भित्रिने रकम ४ खर्ब एक अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यद्यपि अघिल्लो बर्षको माघको तुलनामा भने केहि कमी आएको छ । गत बर्ष ५.२ प्रतिशतले रेमिटेन्स बढेको राष्ट्र बैकको तथ्याङ्क छ।
देशमा आयात उच्च भएका कारण शोधनान्तर घाटा भने बढिनैरहेको छ। माघमा शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। गत बर्ष ३६ अर्ब ९५ करोड रुपैयाँ बचत रहेको थियो। माघसम्म कुल आयात बढेर ६ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने निर्यात बढेर ४७ अर्ब ६२ करोड रुपैयाँ छ।

Related posts

Leave a Comment