एकाबिहानै फोहोरको थुप्रोमा भेटिईन यि बालिका, कसले फाल्यो यसरी ?

 

गौशालाको व्यस्त सडक छेउमा बेवारिसे अवस्थामा फोहोरको पोकोभित्र बालिका भेटिएकी छन ।
गौशाला स्तुपा छेउमा शुक्रबार बिहानै पलाष्टिकको पोकोभित्र बेरिएको अवस्थामा २ देखी ३ महिनाका बालिका भेटिएकी हुन ।
गौशला प्रहरीका अनुसार पैदलयात्रीले रोईरहेको आवाज सुनेपछि खोतलेर हेर्दा प्लाष्टिकमा पोको पारेको अवस्थामा बालिका भेटिएकी हुन ।
बिहान ७ बजेको कठयाङ्निे जाडोमा शरिरमा कुनै बस्त्र नभएको अवस्थामा भेटिएकी बालिकालाई प्रहरीले तत्काल काठमाण्डौ मेडिकल कलेजमा उपचार गराएपछि अहिले शिशु स्याहार केन्द्रको जिम्मा लगाएको छ ।
शिशुलाई वेवारिसे अवस्थामा फाल्नेको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय अवैध गर्भधारणका कारण यसरी वेवारिसे रुपमा उपत्यकाका विभिन्न ठाँउ शिशु भेटिने गरेका छन । केही समयअघि मात्रै उपत्यकाकै चोभारमा डेढ महिनाको बालक, कोटेश्वर पुलमुनी २ महिनाको बालिका र लुभुमा १ महिनाको बालक मन्दिर छेउमा वेवारिसे अवस्थामा भेटिएको थियो ।

 

प्रहरीले खोजी गर्र्दा पनि बालबालिकाका अभिभावक नभेटिएका यि सबै घटनाहरु अवैधानिक रुपमा जन्मिएकोले बच्चा लुकाउने नियतले भएको प्रहरीको अनुमान छ ।

 

 

Related posts

Leave a Comment