लुकाई राखेको अवैध सालको काठ सहितको ट्र्याक्टर बरामद

उमेश थापा, कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा चार गोलिया अवैध सालको काठ सहितको ट्याक्टर बरामद गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ रानिकुन्डाबाट मंगलबार साझ करिव ७ बजेतिर बिना नबरको ट्र्याक्टरमा राखिएको काठ प्रहरीले बरामत गरेको हो ।
रानीकुन्टा नदि छेउमा काठ लुकाई राखेको स्थानीयले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि गएको इलाका वन कार्यालय रामपुर र प्रहरी कार्यालय बौनियाको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तका अनुसार ट्याक्टर र काठ ईलाका वन कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

काठ र ट्याक्टर कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक पन्तले जानकारी दिए ।

Related posts

Leave a Comment