दौडाउन गएका मेयर आफै दौडिएर हात भाँचे

दौडाउन गएका मेयर आफै दौडिएर हात भाँचे

नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरको हात भाँचिएको छ। साँफबेगर नगरपालिका-१० रिडीकोटस्थित खेलमैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा कुँवर लडेर बाँया हात भाँचिएको हो। कुँवरको बाँया हातको कुहिनोभन्दा माथिको भागको हड्डी भाँचिएर टुक्रटुक्रा भएको बयलपाटा अस्पतालले जानकारी दिएको छ। राति करिब ४ घण्टा लगाएर अप्रेशन भएको संलग्न डाक्टर विकास गौचनले जानकारी दिए। गौचनका अनुसार भाँचिएको हड्डीमा पाता राखेर जोडिएको छ। हात पुरानै अवस्थामा फर्किन करिब ३ महिना लाग्न सक्ने गौचनको अनुमान छ। सोमबार दिउँसो करिब साढे १२ बजे तिर…

Read More

प्रहरीको फरार सुचीका सांसद प्रधानमन्त्रीको अँगालोमा

प्रहरीको फरार सुचीका सांसद प्रधानमन्त्रीको अँगालोमा

काठमाडौँ । कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै…

Read More

बालुवाटारमा वाम एकताको बैठक, विवाद नभए आजै टुंगो लाग्ने

बालुवाटारमा वाम एकताको बैठक, विवाद नभए आजै टुंगो लाग्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्ने बताइएको छ। बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी छन्। माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्। शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको छ। दुई अध्यक्षबीच एक्लाएक्लै…

Read More

बाढी पीडित असहाय परिवारलाई नयाँ घर हस्तान्तरण

बाढी पीडित असहाय परिवारलाई  नयाँ घर हस्तान्तरण

अनिल पोखरेल ,राजविराज । बाढीवाट घरवार विहिन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ बाढी पीडित असहाय परिवारलाई आइतवार नयाँ घर हस्तान्तरण गरिएको छ । सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले नयाँ घर निर्माण हस्तान्तरण गरेको हो । गत साउनमा आएको बाढीबाट गाउँपालिका वडा नं. १, २ र ५ का १८ परिवारको पुर्ण रुपमा उठिवास भएको छ । सहयोगी संस्थाका प्रमुख मासामिचि कामियाँ, दिपिका सिंह, लोकमान्य गोल्छा, दिपिका सिंहले नयाँ घरको साँचो हस्तान्तरण गरेका छन् । तिरहुत गाउँपालिकाका डम्वर राम, ईन्द्रदेव पण्डित, इन्द्रावती पण्डित,…

Read More

हटियाको मौलिकता समाप्त पार्न खोजेको भन्दै स्थानीयबाट प्रदर्शन

हटियाको मौलिकता समाप्त पार्न खोजेको भन्दै स्थानीयबाट प्रदर्शन

अनिल पोखरेल ,राजविराज। राजविराज नगरपालिकाले संरचनाहरु भत्काउने तयारी गरेको भन्दै आइतवार हटियावासीले बजार वन्द गरी विरोध प्रदर्शन गरेका छन् । राजविराज हटियाको मौलिकता समाप्त पारी आफुहरुलाई विस्थापित गराउन खोजेको भन्दै राजविराजमा प्रदर्शन गरेका हुन । प्रदर्शनकारीले नगरपालिकामा पुगेर मेयर शम्भु यादव र उपमेयर साधना झालाई नगरपालिकाको निर्णय तत्काल सच्याउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । हटियावासी आफुहरुलाई उठिबास गराउन लागिएको भन्दै उक्त निणर्य फिर्ता लिन पटक पटक ज्ञापनपत्र बुझाउँदै आएका छन् । आफुहरुको मागको विषयमा सुनुवाई नभएकाले विरोध प्रदर्शनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक विन्देश्वर प्रसाद विन्दीले वताएका छन्…

Read More

नेपाली पक्षले पहल नगर्दा चिनियाँ रेल ल्याउने योजना अलमलमा

नेपाली पक्षले पहल नगर्दा चिनियाँ रेल ल्याउने योजना अलमलमा

नेपाल सरकारबाट हुनुपर्ने पहल नहुदाँ केरुङबाट काठमाण्डौ आउने रेलको योजना अलपत्र पर्ने संकेत देखिएको छ । चीनको सिगात्से हुदै केरुङबाट काठमाडौं ल्याइने रेल्वे योजनाबारे थप परामर्श र द्विपक्षीय बैठकका लागी नेपाल सरकारबाट भएको ढिलाईले योजना अलपत्र पर्ने संकेत देखिएको हो । कार्तिकमा सामान्य छलफलपछि पुषमा फेरि बस्ने भनिएको द्धिपक्षिय बैठकका लागी नेपाल सरकारले आन्तरिक तयारी गरेर चिनियाँ पक्षलाई बोलाउने भनिएको भएपनि सरकारले अहिलेसम्म यसबिषयमा कुनै तयारी गर्न सकेको छैन । चिनियाँ पक्षले सन् २०२० भित्रमा सिगात्सेबाट केरुङसम्म विस्तार भइसक्ने चिनियाँ रेल्वे परियोजनालाई नेपाल सरकारको अनुरोध बमोजिम काठमाडौंसम्म ल्याउने निणर्य गरेको…

Read More

केपी ओली बालुवाटार प्रवेश

केपी ओली बालुवाटार प्रवेश

प्रधानमन्त्री केपी शर्मा ओली आईतबार साँझ सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँ साँझ ६ बजे बालुवाटार प्रवेश गर्नुभएको हो । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तालाचावी हस्तान्तरण गरिएको थियो । नवनियुक्त प्रधानमन्त्रीलाई कर्मचारीहरुले बालुवाटारमा स्वागत गरेका थिए । त्यस्तै बालुवाटारमा नै नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओली प्रति सम्मान अर्पण गरेको थियो । ओली बिहीबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाड्नुभएको थियो ।

Read More

हेटौंडा गोल्डकप: पुलिस सेमिफाइनलमा

हेटौंडा गोल्डकप: पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० मा जारी प्रतियोगिता आइतबार आहा रारा गोल्ड कपको विजेता पुलिसलाई जित दिलाउन अभिषेक रिजालले २ र अर्को गोल रवि पासवानले गरे । अभिषेकले ११ औं र ४० औं मिनेटमा गोल गरे । रविले ५९…

Read More

१ लाख ६० हजार घुस सहित हवल्दार पक्राउ

१ लाख ६० हजार घुस सहित हवल्दार पक्राउ

 म्याग्दी-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ। प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट  खटिइ म्याग्दी आएको टोलीले घुस रकम १ लाख ६० हजार सहित विसीलाई पक्राउ गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता एवम् सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले दिएको जानकारी अनुसार विसीलाई शनिवार म्याग्दी बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।प्रहरीमा बार्गेनिङ तथा गलत आचरणका बिसीलाई जिल्ला प्रहरी कार्यालयबाट…

Read More

समय-समयमा परिवर्तनको ढोका बनेको फागुन ७ गते

समय-समयमा परिवर्तनको ढोका बनेको फागुन ७ गते

–पूर्णप्रसाद मिश्र प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउनुहुन्छ । एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय…

Read More