अस्पतालमा घाइतेको काटिएको खुट्टाको सिरानी बनाएपछि…

घाइते व्यक्तिको काटिएको खुट्टालाई डाक्टरले तकिया बनाएपछि भारतमा एउटा घटना सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशमा झाँसीका डाक्रटले घोर लापरवाही गरेपछि उनीहरुमाथि कार्वाही भएको छ ।  मानवियता नै बिर्सने गरी डाक्टरले सडक दुर्घटनामा घाइते भएका एक युवकको झाँसी मेडिकल कलेजको इमरजेन्सी वार्डमा उपचारका क्रममा युवकको काटिएको खुट्टालाई युवककै सिरानी बनाएर लगाइदिएपछि यो घटना बाहिर आएको हो । झाँसीको को मउरानीपुर थानामा शनिबार बिहान एक स्कुल बस अनियन्त्रित भई पल्टँदा आधा दर्जन स्कुले विद्यार्थीसहित बसका सहायक २५ वर्षे घनश्याम घाइते भए ।  यो घटना बाहिर आएपछि सिनियर रेजिडेन्ट डाक्टरसमेत चार जनालाई तत्काल निलम्बन गरिएको छ ।  यो घटना छानबिन गर्नसमेत आदेश दिइएको छ ।   गम्भीर धनश्यामको बायाँ खुट्टा काटिएर अलग भएको थियो ।

उनलाई लामो समयसम्म अस्पतालमा पलंगमा राख्नुको सट्टा स्ट्रेचरमा राखियो ।  त्यसपछि सुरु भयो उपचार ।  लापरबाहीको हद तब भयो जब उनको काटिएको खुट्टालाई तकिया बनाइयो ।चिकित्सकले अस्पतालमा सिरानी नभएकाले काटिएको खुट्टाकै सिरानी बनाएको घनश्यामका परिवारलाई बताएका छन् ।

Related posts

Leave a Comment