एसिया कप फुटबलको छनौट अन्तर्गत नेपाल र फिलिपिन्सको खेल जारी (लाईभ भिडियो)

काठमाडौं । एसिया कप फुटबलको छनौट अन्तर्गत आफ्नो पाँचौ खेल फिलिपिन्ससँग एन्फा कम्लेक्स सातदोबाटोमा खेलिरहेको छ ।

यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यसैबिच नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेल पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदैछन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।

मंगलबार खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मुल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको बताएका छन् ।

 

Related posts

Leave a Comment