अर्थतन्त्रको अवस्था चिन्ताजनक: शोधनान्तर घाटा बढ्यो, रेमिटेन्स आधा प्रतिशत ले घट्यो

नेपाल राष्ट्र बैंकले मूल्य बृद्धिको लक्ष्य सात प्रतिशतबाट झारेर ६ प्रतिशतमा ल्याउन सफल भए पनि अन्य अर्थतन्त्रका सुचकांकहरु खराव हुँदै गएको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सोमबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै अवस्था चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको हो।

आर्थिक बृद्धिको ७.२ प्रतिशतको लक्ष्य पुरा हुँदैन। कृषि क्षेत्रको बृद्धिमा गिरावट आएको छ। सेवा र उद्योग क्षेत्रको बृद्धिलाई दीगो राख्नु चुनौतीपूर्ण छ। निर्यात ब्यापार १३.४ प्रतिशतले बढेर ६ महिनामा ४१ अर्ब १४ करोडको बस्तु तथा सेवा बिक्री भएको छ।

आयात भने १५ प्रतिशतले बढेर ५ खर्ब ३४ अर्ब १६ करोड पुगेको छ। ६ महिनामै कुल बस्तु ब्यापार घाटा ४ खर्ब ९३ अर्ब २ करोड पुगिसकेको छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स पोहोर भन्दा आधा प्रतिशतले घटेको छ। छ महिनामा तीन खर्ब ४० अर्ब ५४ करोड भित्रिएको छ।देशको चालु खाता ७५ अर्ब ७१ करोड रुपैयाँले घाटामा छ। गत बर्षको पुसमा ४५ अर्बले बचतमा रहेको शोधनान्तर अवस्था यसपालीको पुसमा ६ अर्ब ६६ करोडले घाटामा गएको छ।

विदेशी विनिमय सञ्चिती (विदेशी मुद्रा) पनि १.१ प्रतिशतले घटेर १०६७ अर्ब ३४ करोडमा आएको छ। नगद प्रवाहमा आधारित सरकारी बजेट ३५ अर्ब ४७ करोड घाटामा छ। पोहोर पुसमा ४० अर्ब २२ करोड बचतमा थियो।

Related posts

Leave a Comment