विमान दुर्घटनाका सबै शवको पोस्टमार्टम गर्न ५ दिन लाग्ने

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको शव परीक्षण पोस्टमार्टम० गर्न अझै ५ दिन लाग्ने भएको छ । सवै शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डिपार्टमेन्ट प्रमुख डा प्रमोद कुमार श्रेष्ठले मंगलवार विहानदेखि साँझसम्म ११ शवको पोस्टमार्टम भएको बताए । दुर्घटनामा ५१ जनाको मृत्यु भएकोमा त्रिवि शिक्षण अस्पतालमा ४९ शव परीक्षणका लागि ल्याइएको डा श्रेष्ठले बताए ।

शवको पोस्टमार्टमा लागि २ वटा टीम परिचालन भएको उनले बताए । साथै शवको विवरण संकलन, पारिवारिक पृष्ठभूमी तथा अन्य मुचुल्का उठाउनुपर्ने भएकाले परीक्षणमा ढिलाइ भइरहेको उनले बताए ।

Related posts

Leave a Comment