एआईजीका छोराले ठमेलमा प्रहरीलाई कुटे

प्रदेश ४ का एआईजी कमलसिंह बमका छोराले सुक्रबार राति ठमेलमा प्रहरीलाई धम्की दिनुका साथै हातपात समेत गरेका छन् । ‘गुड फ्राइडे’मनाउन ठमेल गएका एआईजीका जेठा छोरा सुगम बमलाई मदिरा पिएर लठ्ठ भएको अवस्थामा प्रहरीले पक्राउ गरेका हो । २५ वर्षिय बमले प्रहरीलाई म एआईजीको छोरा हुँ, तिमीहरु जस्ता ४र५ जना मेरो घरमा खाना पकाउँछन् समेत भनेका थिए । मध्यरातमा प्रहरीमाथि कुटपिट गरेपछि उनलाई भ्यानमा हालेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग ल्याइयो । सुरुमा त प्रहरीले वास्ता गरेन तर, वृत्तमा ल्याएपछि थाहा भयो उनी एआईजीकै छोरा रहेछन् । ‘गुड फ्राइडे’ मनाउन साथीहरुसँग ठमेल पुगेका सुगमले राति १ बजे प्रहरीलाई थर्काउँदै हातपात गरेका थिए ।

यस्तो थियो घटना
पछिल्लो समय ठमेल, सोह्रखुट्टे एरियामा तेस्रोलिङ्गी समूहले लुटपाट मच्चाएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । त्यस क्रममा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति ठमेल पुगेको थियो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति १ बजेतिर सुगमसहित ६र७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए । तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले एआईजी बुबाको धक्कु लगाउँदै ‘तिमीहरु जस्ता ४र५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले । त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु र्पयो । सुगम प्रहरीमाथि नै जाइलागे । तर, प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्याएर रातभर राख्यो ।

आमाको रोहवरमा छुटेपछि प्रहरीविरूद्ध उजुरी
सुगमले पटकपटक एआईजीको छोरा भनेपछि प्रहरीले उनका बुबा र आमालाई बिहानपख फोन गरे । नभन्दै उनी प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका छोरा रहेछन् । बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् । घटनाबारे छानबिन गर्न समिति बनेको छ ।

Related posts

Leave a Comment