टिपरले ठक्‍कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मोटरसाइकललाई टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान धनगढी नगरपालिका ३ कैलाली गाउँबाट बजारतर्फ आइरहेको से १ प ३३८० नम्बरको मोटरसाइकलाई बोराडाँडीमा से १ क ८३९ नम्बरको टिपरले ठक्‍कर दिँदा पछाडि बसिरहेकी ४८ वर्षीया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु भएको हो ।

हेमराज अवस्थीले चला‍एको मोटरसाइकलाई माटो बोकिरहेको टिपरले पछाडिबाट ठक्‍कर दिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने पार्वती अवस्थी हेमराज अवस्थीकी श्रीमती हुन्। चालक हेमराज अवस्थी भने सामान्य घाइते भएका छन्। अत्तरिया धनगढी ६ लेन सडकमा माटो भरिरहेको मोहन कन्सट्रक्सनको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुबै टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related posts

Leave a Comment