ट्रक र माइक्रो ठोक्किँदा तीनको मृत्यु , नौ जना घाइते

चितवन मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारामा ट्रक र माइक्रो बस ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माइक्रोमा सवार एक महिला र दुई पुरुष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ। घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ।

शुक्रबार बिहान सात बजे पोखराबाट काठमाडौ जाँदै गरेको ग१ ख  ७६९२ नम्बरको हाइस माइक्रो बसलाई बिपरित दिशाबाट आएको ना ६ ख ४०८३ नम्बरको  ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनापछि ट्रक सडकबाट करिब ५०० मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो। प्रहरीका अनुसार घाइतेलाई  उपचारका लागि भरतपुर लगिएको छ ।

 

 

 

 

 

Related posts

Leave a Comment