अभिनेत्री पुर्णिमा लामा आफ्नै कार्यक्रमको स्टेजमा रोइन्

अभिनेत्री पूर्णिमा लामा आफ्नै कार्यक्रमको स्टेजमा रोएकी छन् । चलचित्र निर्माण गर्दा पाएका दुख र सास्ती सम्झेर उनी रोएको बताइएको छ ।आफैले आयोजना गरेको कार्यक्रममा अभिनेत्रीहरु खुसी हुन पर्ने हो । तर पछिल्लो समय अभिनेत्रीहरु आफ्नै कार्यक्रममा रुन थालेका छन् । केही दिन पहिले अभिनेत्री आचल आफ्नो जन्मदिनको केक काट्दै रोएकी थिइन्, भने अहिले अभिनेत्री पुर्णिमा लामा आफ्नो चलचित्र ‘हिरोज्’को टे«लर सार्वजनिक कार्यक्रममा रोएकी छन् ।

अभिनेत्री लामा आइतबार राजधानीमा आयोजित चलचित्र हिरोज्को कार्यक्रममा रोएकी हुन् । चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको बारेमा बिभिन्न जानकारी दिन आयोजित कार्यक्रममा उनी चलचित्र निर्माणको दुःख सम्झदै रोहेकी हुन् ।

‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै चलचित्र बन्दो रहेनछ ’ उनले रुँदै भनिन्, ‘मिहीनेत अनुसार चलचित्र निकै राम्रो बनेको छ ।’ कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूर्णीमाले आफू चाहेर निर्माता नबनेको समेत खुलासा गरिन् ।

पूर्णीमा लामाको निर्माण अनि एनबि महर्जनको निर्देशनमा बनेको हिरोज्को कार्यक्रममा ट्रेलरसहित ४ गीत समेत सार्वजनिक गरिएको हो ।
चलचत्रिमा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरिएको कार्यक्रममा जानकारी दिइयो ।
हिरोज्मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसीलगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।
जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् ।
चलचित्रको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । फिल्ममा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्म सुनील मानन्धर, रोहीत कट्टेल र रत्न श्रेष्ठले बितरण गर्दैछन् ।

– कार्यक्रममा चलचित्रका अभिनेता तथा कथाकार संजोग राणाले निर्देशक एनवी महर्जन उपस्थित नभएकोमा चित्त दुखाए । ‘उहाँले आफूले बोलेको कुरा पुरा गर्न सक्नु भएन ।’

– त्यसैगरि अर्का निर्माता शेखर लामाले आफूहरुले निकै मिहीनेत र ध्यान लगाएर फिल्म निर्माण गरेको भन्दै सुखद अपेक्षा राखेको बताए । उनले पनि कार्यक्रममा निर्देशक महर्जनको अनुपस्थितिमाथि कटाक्ष गरे । भने, ‘उहाँ आइदिएको भए दुखसुखका कुरा गर्नु हुन्थ्यो । आउनु भएन । ठिकै छ । हामी आफ्नो तवरले अघि बढेका छौ ।’

– अभिनेत्री करिष्माले कार्यक्रममा चलचित्र राम्रो बनेको दाबी गरिन् ।

Related posts

Leave a Comment