आपूर्तिमन्त्री यादव र भारतीय विदेशमन्त्री सुष्माबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । सोमबार अचानक नयाँदिल्ली पुगेका मन्त्री यादवले विदेशमन्त्री स्वराजसँग भेट गरेको उनको निजी सचिवालयले जनाएको छ । भारतीय विदेशमन्त्री स्वराजसँग मन्त्रीयादवले दुई मुलुकबीचको सम्बन्ध अर्थ र व्यापारका बारेमा कुराकानी गरेको जनाइएको छ । स्रोतका अनुसार भारतीय विदेशमन्त्री स्वराजले नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो विषयमा मन्त्री यादवले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर मात्रै जवाफ दिन सक्ने जनाएको निजी सचिवालयले जनाएको छ ।

वर्तमान वाम गठबन्धनको सरकारलाई चीनसँग निकट रहेको भनेर आरोप लागिरहेका बेला प्रभावकारी मन्त्री यादवले भारत पुगेर स्वराजसँग वार्ता गरेका छन् । मन्त्री यादव अचानक भारत गएका विषयमा पनि केही जानकारी दिइएको छैन । केपी ओली प्रधानमन्त्री नहुँदै नेपाल–भारतको सम्बन्ध सुधार गर्न र ओलीलाई बधाइ दिन भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आएकी थिइन् । उनले ओलीलाई बधाइ दिएर फिर्ता भएकी थिइन् ।

Related posts

Leave a Comment