रेसुङ्गा वनमा भिषण आगलागी

मंगलवार साँझ गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रको गौशलाबाट सल्कीएको आगो जताततै फैलिएर भिषण बनेको छ । आगो स्थानियका नियन्त्रण भन्दा बाहिर गएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तम्घास वजारवासी नियन्त्रणका लागि आफुहरु त्यस तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।

गुल्मीको धागीधुम ब्यारेकमा रहेको नेपाली सेना विरभद्रजंग गुल्मबाट सुरु मै एक सेक्सन टोली उपसेनानी सुरेन्द्र थापा क्षेत्रीको कमाण्डमा त्यस तर्फ पठाईएको गुल्मीपति सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी वल गुल्म उर्लेनी व्यारेक र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली जाँदै गरेको प्र।जि।अ। अर्यालले बताए । रेसुङ्गा वन यहाँको प्रशिद्ध धार्मिक क्षेत्र, ऐतिहाँसक तपोभुमि रहेकोले त्यहाँ अरवौं मुल्य वरावरका भौतिक संरचनाहरु छन् ।

प्रशस्त जंगली जनवार र चराचुरुङ्गी र वहुमुल्य जडबुटी र महत्वपुर्ण वनस्पती रहेकोले पनि त्यसलाई बचाउने प्रयासमा यहाँको सवै पक्ष वर्षेनी आगोलागि नियन्त्रणमा जुट्ने गर्दछन् ।

आगो फैलिँदै गए साविकको पराल्मी गासी, अर्खल, वलिथुम, गौडाकोट यता दुविचौर र तम्घास सम्मका हजारौ जनता खतरामा पर्न सक्छन् । माथी वन क्षेत्रमा पानी नभएकोले तल वजारबाट स्थानियले पानी वाल्टीमा बोकेर विगतमा लैजाने गर्दै आएका थिए ।

Related posts

Leave a Comment