विभिन्न स्थानमा आगलागी ३० लाख बराबरको क्षति

अनिल पोखरेल , सप्तरी ।
सप्तरीका विभिन्न स्थानमा आगलागी हुँदा करिब ३० लाख मूल्य बराबरको क्षति भएको छ । कन्चनरुप नगरपालिका १२ मा शनिवार राति स्थानिय गणेश वि.क.को कुखुरा फर्म, खुकुरी तथा कृषि औजार बनाउने घरमा आगली हुँदा १० लाख बराबरको क्षति भएको छ । सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा आगलागी भएको छ । पसलमा कोही नभएको बेला आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जलेर काम नलाग्ने भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी के कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यता आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । त्यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपुत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक÷एक वटा घर जल्दा दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरी निभाएका थिए ।

 

Related posts

Leave a Comment