अनौठो कला : न हात न खुट्टा, आफ्नै चित्र बेचेर लाखौँको कमाई (भिडियो सहित )

विमल खडका, टिभी अन्नपूर्ण ।
मानिसको जीवन जिउनका लागि भगवानले पनि कुनै न कुनै सिप जन्मजात दिएका हुन्छन् भन्ने गहकिलो उदाहरण हाम्रो समाजका केही व्यक्ति र उनका कलाले बताउँछ । बिहान सबेरै उठेर आमाको स्याहार अनि साँझ बिहानको गाँसको जोहो गर्न रत्नपार्कको डिउटि समालेकै छन् । यस्तो दैनिकी भएका व्यक्ति हुन् एक शारीरिक रूपमा भिन्न क्षमता भएका आनन्द पासवान । जो काठमाडौँको मुख्य ठाउँ रत्नपार्क, सुन्धारा र बसन्तपुर दरबारको एक कुनामा चित्र कोरिरहेका हुन्छन् । उनका दुवै हात अनि खुट्टा पनि छैन । तर पनि उनी आनन्दित भएर चित्र बनाइरहेका हुन्छन् ।
पासवनको जन्म भारतको सम्स्तीपुरमा भयो । उनी डेढ वर्षको हुँदा उनको परिवार रोजीरोटीको लागि नेपाल आएका रहेछन् । आनन्द सानै हुँदा बुबाको निधन भयो । उनका दाइ र दिदीहरू विवाह गरेर आफ्नै घरमा बस्न थाले । आनन्द र उनकी आमा बेसहारा जस्तै भए । सानै उमेरमा बुवाको माया बाट टाढिएका आनन्द अहिले आमाको सहारा र आमालाई कसरी मिठो खुवाउ भन्ने सपनामा बल्झिरहेका हुन्छन् । शारीरिक रूपमा पनि हातका पाउजा नभएका उनको खुट्टा पनि छैन । तर कति पनि हार नखाएर दैनिक चित्र कोरिरहेका आनन्दको नरम बोली सबैलाई समान व्यवहार त्यसैमा मिठो मुस्कानका धनी ।
बोली सुन्दा भारतीय नागरिक जस्तो नलाग्ने आनन्द सदै मुस्कुराई आम बाटोमा हिँड्ने मानिसको मन सधैँ जितेरै बस्ने गरेका हुन्छन् । उनी भन्छन् मागेर खानु भन्दा ‘काम गरेर खान जुन आनन्द छ, त्यो आनन्द मागेर खानुमा कदापि छैन । उनको काम देख्नेहरु अचम्म मानिरहेका हुन्छन् । हातका पाउजा पनि नभएका उनी सबैको लागि एक उदाहरणको रूपमा परिचित छन् । पासवानले कतैपनि चित्र बनाउने तालिम पनि लिएका छैनन् र उनको औपचारिक शिक्षा पनि छैन । उनले भन्छन् ‘म यही रोडमा बस्दा बस्दै भुइँमा सिन्काले कोर्थे र चित्र बनाउथें । पछि कागज, कलम र रङ किनेर चित्र बनाउन थालेँ । उनले बनाएका तस्बिर हेर्दा लाग्छ तालिम प्रयाप्त मानिसले बनाएको हो । दाहिने हातको कुहिनासम्म छैन, देब्रे हातको हत्केलाका औँला पनि छैन अनि एउटा खुट्टा पनि छैन । तर तिनै हत्केला र औँला नभएको हात र कुहिनोको सहाराले उनी मानिसको मनै लोभ्याउने चित्र बनाउँछन् । दैनिक चित्र बनाउनमा व्यस्त पासवर्ड आफ्नै चित्र प्रत्येक दिन बनाइरहेका हुन्छन् ।
दैनिक भगावन र राम्री परि अनि आफ्नो चित्र कोरिहरेका पासवर्ड एउटा चित्र बेचेला वापते २ सय ४० रुपैयाँ लिने गर्दछन् पहिलेका दिनहरूमा खासै बिक्री हुदैन्थौ आज भोलि १ हजार सम्मको तस्बिर बिक्री गर्छु ।
उनको मिठास बोल्ने शैलीले धेरै पढेलेखेको हुनुपर्छ भन्ने लाग्छ । तर उनी नेपालमा घुम्न आउने विदेशी पर्यटकहरूले बोलेको र उनीहरूसँग बोल्ने कोसिस गरेकै कारण अङ्ग्रेजी सिकेको बताउँछन् ।

रत्नपार्कको उत्तरी एक कुनामा चित्र कोरिहरेका पासवर्ड आमा सँग काठमाडौँको खिचापोखरीमा बस्छन् उनकी आमा चमेली देवी रोगबाट ग्रसित छिन् । पासवानको दिन भरकै कमाइले काठमाडौँको महँगी त्यसैमा कोठाको भाडा र खाना पु¥याउन धौ धौ भएको छ । आनन्दको सरकारसँग एउटै गुनासो छ मैले रत्नपार्क तथा बसन्तपुर दरबार नजिकै बसेर कसैलाई लुटेको छैन जसरी अरूले दुई रुपैंयाको सामानलाई पाँच सय भनेर बेचेर कमाइरहेका छन् ।

उनीहरूलाई कुनै रोकतोक छैन तर म मेरो कला बेच्छु जसलाई मेरो कला मन पर्छ उहाँहरूले किन्नु हुन्छ, म जबरजस्ती कसैलाई भिडाउँदिन । तर मलाई नगरपालिकाले यो ठाउँबाट हट्न भन्दा मेरो आमा सम्झन्छु भन्दै बोली नै बन्दहुने गरी रुन्छन् । पासवानको हात खुट्टा छैन तर यसरी चित्र कोरिहरेका पासवर्ड सबैका उदाहरणका एक पात्र बनेका छन् ।

भिडियो

Related posts

Leave a Comment