पाँच अर्ब अनुदानमा सम्पन्न हुदैँ कलंकी अण्डरपास (भिडियो सहित )

विमल खड्का टिभी अन्नपूर्ण
देशकै राजधानीे काठमाण्डौं, सडकभरि गाडीको लाइन त्यसैमा गर्मीमा यात्रुको जिउनै छोप्ने धुलो र झरीमा जिउ भरि हिलोको चपेटा खेपिरहेका राजधानी बासिन्दाहरु । सडकमा निस्कने अंघिकांस जो कोही पनि बिहान निस्कँदा जति चिट्क्कि परेपनि बेलुकी आफैलाई दिक्क लाग्ने घर फर्किनु पर्ने बाध्यता छ ।

सडकै छेक्ने गरी बसेका छाडा गाई बस्तुले झनै सडकलाई अस्तव्यस्त गराइरहेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरू तथा अन्य यात्रुहरूलाई काठमाडौँको ट्राफिक जामले रुवाई छाडेको छ । गाडीमा चढ्नेबाट झर्ने सम्म पुग्दा ट्राफिक जामले यात्रुहरू बाटोमै नीद«ा पु¥याउने गर्दछन् ।

 


यसो चक्रपथ परिक्रममा गर्ने र अन्य बिभिन्न ठाँउमा जाने गाडीहरुले बिशेषत कलंकी ट्रयाफिक जामले धेरै समय गाडीमै असिना पसिना भई बस्नुपर्ने बाध्यता छ । अझै बाहिरी जिल्लामा जाने र राजधानीमा आउने गाडीहरु ट्राफिक जामले समयमा सम्बन्धीत ठाँउमा पुग्न नसक्ने यात्रुहरुले गुनासो गरेका छन् । अब यस्ता गुनासाहरु चाडै अन्त्य हुने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर बल्खु कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो। सोही अनुसार आयोजनाले असारको दोश्रो हप्ता सकेर हस्तान्तरण गर्ने भएको छ ।

कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की खसिबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ । नेपाली करिब पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो। यो सँगै दोस्रोचरणमा कलङ्कीबाट महाराजगन्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ।

सोही अनुसार आयोजनाले असारको दोस्रो हप्ता सकेर हस्तान्तरण गर्ने भएको छ । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की खसिबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ । नेपाली करिब पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो। यो सँगै दोस्रोचरणमा कलङ्कीबाट महाराजगन्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ।

(भिडियो सहित)

Related posts

Leave a Comment