एम्बुसमा परेर ९ प्रहरीको मृत्यु

नयाँदिल्ली

माओ‌वादीको आक्रमणमा भारतमा ९ जना प्रहरी मारिएका छन् । समाचार अनुसार म‌ंगलबार दिउँसो छत्तिसगढ राज्यको सुकमास्थित किस्टाराममा केन्द्रीय रिजर्भ पुलिस फोर्सको टोली माओवादीको एम्बुसमा परेको थियो ।

गस्तीमा निस्केको सीआरपीएफको २१२ बटालियनमाथि माओवादीले एम्बुस विस्फोट गराउँदा ९ जना सुरक्षाकर्मी मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हमलापछि भारतीय गृहमन्‍त्री राजनाथ सिंहले सीआरपीएफका प्रमुखलाई छत्तीसगढ पठाएका छन् । घटनास्थलबाट घाइते र मृतकलाई एयरलिफ्ट गरेर छत्तिगढकै रायपुरमा लगिएको हो ।

जानकारी अनुसार मंगलवार दिउँसो सुकमाको किस्टाराममा सीआरपीएफको एक बटालियनमाथि माओवादीले धावा बोलेका थिए । यो घटनामा घटनास्थलमै ८ जना मारिए भने एकजनाको उपचारको क्रममा ज्यान गयो । त्यसैगरी अन्य तीनजना गम्भीर घाइते भएका छन् ।

Related posts

Leave a Comment