काण्डै काण्डमा घोडाघोडी नगरपालिका, आफन्तमोहमा फसेका अधिनायकवादी मेयर(भिडियो सहित)

प्रकाश मिश्र, कैलाली ।
स्थानीय तहमा जनप्रतिनिधिका १ वर्ष पूरा भएका छन् । तर जनताले कुनै पनि किसिमको राहत महसुस गर्न पाएनन् । सधैँ चर्चा र विवादमा रह्यो घोडाघोडी नगरपालिका । आफैले गरेका निर्णय कार्यान्वयन गर्न नसक्नु बारम्बार विवादमा पर्नुले पनि घोडघोडी नगरपालिकाको १ वर्ष विवाद र चर्चामा बित्यो भन्दा फरक नपर्ला ।

बोक्सी र गोलिकाण्ड
केही समय अगाडि बोक्सी काण्डमा मेयर रमिते बनेको खबरले यति चर्चा पायो कि भनिसाध्य छैन । बोक्सी काण्डको चर्चा चलिरहेका बेला तत्कालीन एमालेले छानबिन गर्न एमाले नेता बिमल जोशीको संयोजकत्वमा समिति नै बनायो समितिको छानबिन चलिरहेको थियो भने विप्लव नेतृत्व को माओवादीले पनि आफ्नो कार्यशैली सुधार्न भनी मेयर लाई चेतावनी दिएको थियो ।
बोक्सी काण्डमा मुछिनु आफू एमाले बाट निर्वाचित भएको तर विगतका चुनावमा फरक राजनीतिक आस्थामा हिँडेका आफ्ना दाजुलाई आकर्षक सेवासुबिधा सहित बृहत् घोडाघोडी ताल तथा पर्यटन बोर्डको कार्यकारी उपाध्यक्ष बनाउनु र अन्य कार्यमा पनि एकलौटी प्रवृत्ति हाबी लगायतका कुराले चर्चा पाइरहेका बेला एक्कासि मेयरलाई अज्ञात समूहले गोली चलायो ।

गोलिकाण्ड पछि सहानुभूतिले चर्चा
मेयरलाई गोली लागिसकेपछी बोक्सी काण्डको चर्चा चलेका बेला मेयर ममता प्रसाद चौधरी प्रति आक्रोश जनमानस उनलाई सहानुभूति दिन लागे यो घटनाले फेरि एक पटक चर्चामा ल्यायो घोडाघोडी नगरपालिकालाई । उनलाई गोली लागिसकेपछि स्थानीय घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि उनलाई नेपालगन्ज लगियो रातभर नेपालगन्जमा उपचार गरिसकेपछिको नेपाली सेनाको हेलिकप्टर बाट उनलाई काठमाडौँ लगियो र काठमाडौँमा टिचिङ अस्पतालमा भर्ना गरियो ।

बिशिस्ठ व्यक्तिको भेटघाटले हिरो मेयर ।
गोली लागिसकेपछी काठमाडौँको टिचिङ हस्पिटलमा उपचाररत उनलाई अस्पतालमा भेट्न अहिलेका प्रधानमन्त्री केपी ओली देखि गृहमन्त्री रामबहादुर थापा रक्षामन्त्री ईश्वर पोख्रेल लगायत थुप्रै विशिष्ट ब्याक्तित्वको भेटघाटले चर्चामा ल्यायो बोक्सी काण्डमा मुछिएर खलनायक भएका मेयर ममता प्रसाद चौधरी त्यसपछि सहानुभूतिका कारण हिरो भए ।

आफन्त मोहले विवादमा मेयर
आफू निर्वाचित भएअपछि उन्लाइ आफ्ना मान्छे सेटल गर्ने मोह बढेका कारण उनी फेरि एक पटक विवादमा रहे । उन्ला प्रक्रिया पूरा गरेर दाजुलाई बडा मज्जा ढङ्गबाट आकर्षक सेवा सुविधा दिनेगरि बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको उपाध्यक्ष बनाए तर यहाँ पनि उनी विवादमा नै रहे कारण उनको आफन्त मोह । यसै विषयलाई लिएर धेरै टीका टिप्पणी पनि भए धेरैले अस्न्तुस्टी पनि जनाए तर उनले नाटकिए रूपमा कार्यपालिका बैठक बाट उपाध्यक्ष छान्ने जिम्मा आफ्नो अधीनमा लिए । आफू बलियो बने अनि आफ्ना दाजुलाई छाने उन्ला । यसरी विवादमा रहे उनी ।

उपमेयरलाइ कार्यकक्षमै थुनिँदा
नगरपालिका मेयरका कारण मात्र चर्चा र विवादमा छैन बेलाबेला उपप्रमुख प्रेमकुमारी थापा पनि चर्चामा आउछिन । केही समय अगाडि एक उपभोक्ता समितिका अध्यक्षले अनुगमन नगरेको भन्दै उपमेयर थापालाई उनकै कार्यकक्षमा थुनिदिएपछि फेरि एक पटक घोडाघोडी नगरपालिका चर्चा र विवादमा आयो । बारम्बार अनुगमनका लागि अनुरोध गर्दा पनि नगरेको आरोप सहित उनीहरूले तालाबन्दी गरेका थिए ।

अधिनायकबादी मेयर
सधैँ अनेकन कारणले विवादमा फसिरहने मेयर आर्थिक वर्षको अन्त्यतिर अधिनायकबादी भनेर चर्चामा आए । उनलाई अरू कसैले अधिनायकबादी भनेका हैनन उनलाई उनकै वडा अध्यक्षहरूले अधिनायकबादी भनेका हुन । अधिनायकबादी शैलीमा नीति तथा कार्यक्रम र बजेट बनाएको अरू जनप्रतिनिधिलाई व्यवस्था गरेको उनलाई आरोप लागेपछि उनी अधिनायकवादी मेयर भनेर कहलिएका छन् ।उनको शैलीलाई अधिनायकवादी भनिएको मात्र हैन अधिनायकबादी शैली सुधारेर अघि बढ्न भन्दै वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमले त ध्यानाकर्षण पत्र समेत बुझाए ।

फजुल खर्चमा पनि अगाडि
वैशाख २२ गते कैलाली जिल्ला समन्वय समितिको आयोजनामा कैलाली भ्रमण वर्ष २०७५ उद्घाटन गरियो । र २३ गते अथितिको १ छाक खानाको व्यवस्था गर्न घोडाघोडी नगरपालिकालाई जिम्मा दिइयो । र एकदिनको खाना व्यवस्थापनको र कार्यक्रमको खर्च नगरपालिकाकै कर्मचारीका अनुसार १२ लाख ३८ हजार खर्च भएको छ । एकैदिन यतिधेरै तामझामका साथ फजुल खर्च गरिएपछि पनि नगरपालिका चर्चामा रह्यो ।
पहिलो निर्णय उल्टाइनु ।

आफूले गरेको पहिलो निर्णय नै कार्यान्वयन गर्न सकेन घोडाघोडी नगरपालिकाले । जनप्रतिनिधि निर्वाचित भैसकेपछी २०७४ असार २२ गते पहिलो बैठक बस्यो र दुई लोकप्रिय निर्णय गर्‍यो पहिलो घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याइने र अर्को नगरपालिका भित्र रहेका सामुदायिक वनको खाली भूभागमा बृक्षारोपण गर्ने तर ब्यबाहारमा उतार्न सकेन आफ्नो निर्णय बरु उल्टाइयो आफ्नो पहिलो निर्णयलाई पाँचौँ नगर सभा बैठकमा उप प्रमुख प्रेमकुमारी थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बाट । यही कुरा पनि विवादमा रह्यो ।

डोजर काण्ड
काण्डै काण्डका बिच फेरि एउटा काण्ड घोडाघोडी नगरपालिकाको खातामा थपिएको छ भन्दा फरक नपर्ला । आखिर नगरपालिकाले बनाएको पर्यटन बोर्डले घोडाघोडी बन क्षेत्रमा बन ऐनको खिल्ली उडाउँदै डोजर चलायो । मिडियामा समाचार आए र बनले रोक्यो तर नगर प्रमुख ममता चौधरी अध्यक्ष तथा उनका दाजु दयाराम चौधरी कार्यकारी उपाध्यक्ष रहेको बोर्डले रातारात बन भित्र खन्यो डोजर प्रयोग गरेर । यसले पनि नगर र बोर्डलाई विवादमा तान्यो ।

वडा अध्यक्षको डोजर प्रयोगले चर्चा
रातारात बनभित्र खन्न प्रयोग भएको डोजर जनप्रतिनिधिको नै हुनुपनी चर्चाको विषय बन्यो । बन कार्यालयले बनभित्र डोजर प्रयोग नगर्न भन्यो तर नियत गलत बनाएर रातारात खनियो वडा नम्बर ४ का अध्यक्ष टेक बुढाको डोजर प्रयोग गरेर । यसरी वडा अध्यक्ष पनि विवादमा तानिए ।

Related posts

Leave a Comment