काठमाण्डौको मासु रोगको घरः नियमक निकायको उदासिनताले बजारमा निर्वाध व्यापार(भिडियो सहित)

विमल खड्का । नवराज श्रेष्ठ , टिभी अन्नपूर्ण काठमाडौँ ।
राजधानीका विभिन्न ठाउँमा सञ्चालन भइरहेका वधशालामा काटिने राँगा भैँसीको मासु कुहिएको र सडेको पाइएको छ । उपत्यकामा दैनिक ८ सय देखि १ हजार वटासम्म राँगा भैँसीको मासु खपतहुने ठाउँमा यस्तो भेटिएको हो । दैनिकजसो प्रयोग हुने मासु यसरी बेचिँदै आएको पाइएको हो । तर, बजारमा यस्तो फोहोर वधशालामा काटेको र कुहिएको मासु हामीलेखाइरहेका छौँ ।तर, यो मासु कसरी आइरहेको छ । हामीलाई सोच्ने फुर्सद नै छैन । अर्कोतिर काठमाडौँमा धेरै परिणाममा दैनिक बिक्रीहुने मासु कसरी र कस्तो अवस्थामा तयार गरिन्छ भनेर धेरैलाई थाहानहुन सक्छ । बिहान २ बजे नबज्दै बन्द सटर भित्र वधशालाका कर्मचारीले आफुखुसी मासु काट्ने गरेको पाइएको छ । काठमाडौँका कुनै पनि वधशालामा वरिपरि पुग्दानाकै पोल्ने दुर्गन्धले पनि थाहा हुन्छ की वधशालाहरू कसरी चलाइएका छन् भनेर ।  यसरी फोहोर र दुर्गन्धमा वधशाला चलाइरहेको भेटिएको गुनासो बढेपछि सरकारी निकायबाट पटकपटक निरीक्षणका लागिमन्त्रीहरु पुगेका छन् । कर्मचारीहरूले अनुगमन गरेका छन् । तर, न मन्त्रीको निरीक्षणले कुनै नतिजा निकालेको छ न त कर्मचारीहरूको अनुगमनले नै वधशालालाई सुधारको छ ।

विभिन्न ठाउँमा सञ्चालनमा आएका वधशालाहरूको हरिबिजोग पनि उस्तै छ । भैँसी काट्ने वधशाला फोहरमात्रै छैन, सामान्य मापदण्ड पनि पूरा गरेका छैनन् । वधशालाभित्र राखिएको मासु कुहिएको छ भने कतै झिंगाभन्केर खानै नहुने पाइएको हो । यसको एक उदाहरणका रूपमा टेकु नजिकै रामघाटको क्वालिटी फ्रेस मासु सेन्टरमा दैनिक ९÷१० वटा सम्म भैँसी काट्ने गरेको त्यहाँका कामदार कर्मचारी बताउँछन् । रातीदेखिनै मासु काट्न व्यस्त कर्मचारीहरूले मासु काटेपछि त्यहाँवरिपरी सफा नगरेको भेटिएको हो ।राँगाभैँसी काटेपछि त्यहाँबाट निस्केको फोहोर नै बाहिर नपठाएर त्यही थुपारेको भेटिएको हो । राँगा भैँसीको हाड छाला तथा सिङहरू लापरबाही रूपमा फाल्दा वधशाला वरिपरिका बस्ती नै दुर्गन्ध भइरहेको छ ।

स्थानीय नारायण शाहीको आफ्नै गुनासो छ । मासु काट्ने व्यवसायीहरूले आफ्नै जग्गामा वधशाला चलाएकोले स्थानीयहरू दुर्गन्ध फैलिंदा गुनासो गर्छन् तर, उनीहरूको भनाइको कुनै सुनुवाइ हुँदैन । वडा तथा नगरपालिकामा यसरी दुर्गन्ध बढेको भनेर गुनासो टिपाउने गरे पनिकुनै सुनुवाइ हुँदैन । पशुहरूको सडेगलेको मासु तथा हाडजन्य फोहोरले बस्ती नै दुर्गन्धित हुँदै आएको उनी बताउँछन् । सोही ठाउँ नजिकै रहेको हयूमत सामुदायिकपशु बधस्थलतथा क्वालटी मासु सेन्टरमा यस्तो देखिएको हो ।जथाभाबी रूपमा वधशाला चलाउने, वधशाला नजिकै कर्मचारीले प्रयोग गर्ने ट्वाइलेट र जथाभाबी फालिने फोहोर कुहिएको मासु, हाडजन्य फोहोरले झन् बढी दुर्घन्धमात्र फैलाएको छैन । बजारमा बेच्न पठाइने गरिएको मासुसमेत फोहोर हुने गरेको छ । तर, यसरी फोहोर भइरहेको विषयमा राज्यको संयन्त्रले कहिल्यै पनि प्रभावकारी रूपमा जाँचबुझ गर्ने गरेको पाइएको छैन । साथै, यसरी कुहिएको मासु तथाफोहोरमासुले मानिसको स्वास्थ्यमा समेत असर गर्छ । तर, हामी बजारमा निस्कँदै गर्दा हरेक दिनमःम, छोइला, सेकुवा सहितका मासुजन्य परिकार खाँदा यस्ता विषय माध्यान दिन्नौँ ।

भिडियो हेर्नुहोस् 

Related posts

Leave a Comment