राजधानीको विषयमा खुसीको खवर, कसैले चिन्ता लिनु नपर्ने

प्रदेश राजधानी र प्रदेश प्रमुखका टुंगो लगाईसकेपछि लामो समयदेखिको राजनीतिक गतिरोध पनि करिब करिब अन्त्य भएको छ । राष्ट्रिय सभाको निर्वाचन, प्रदेशसभा गठन सरकार गठन लगायतका कामले गतिशिलता पाउने भएका छन् । यो सँगै नेपालमा अब संघीयताको कार्यन्वयन सुरु भइसकेको छ । अहिले तोकिएका राजधानी त अस्थाई नै हुन् तर प्रदेश प्रमुखको विषयमा भने स्पष्ट कानुन नहुँदा अबको सरकारको हातमा निर्भर रहन्छ । किनभने यदी चाह्यो भने प्रदेशसभामा बहुमत पुर्याएर बर्खास्त पनि गर्न सक्छ । प्रदेश राजधानी तोकिएसँगै ठाउँठाउँमा दीपावली सुरु भएको छ र सरकारको निर्णयको भव्यताका साथ स्वागत गरिएको छ । यद्यपि त्यत्ति बढी खुसीयाली मनाउनुपर्ने अवस्था भने होइन । अर्कोतीर आफुले चाहेका ठाउँमा राजधानी तोकिएन भनेर आक्रोस व्यक्त गर्ने र अनिश्चितकालिन बन्द सम्मका कार्य गर्नुका साथै प्रधानमन्त्रीको समेत पुत्ला जलाउनु निकै दुखद् र दुर्भाग्यपूर्ण कुरा हो । यो कदम आवश्यक थिएन । हामी नेपाली जनताको सोच्ने स्तर अब फराकिलो हुनु जरुरी छ । हामी वास्तविकता बुझ्नुभन्दा लहैलहै र हल्लाका भरमा दौडिने गर्दछौ । हामी सचेत र आदर्श नागरिक बनेर कहिल्यै बस्न सकेनौ । यो कुराको अर्थ यो होइन कि हामी केही पनि कुराको विरुद्धमा आउनुहुदैन सरकारका हरेक निर्णय चुपचाप स्वीकार्नुपर्छ ।

मैले उठाउन खोजेको विषय यो हो कि हामी जुन कुराको विरोध र समर्थन गर्छौ त्यसप्रतिको वास्तविकता बुझ्ने गरौँ । यो कुरा किन उठाइयो भने अहिलेको अवस्थाको बारेमा जानाकारी गराउन । जसरी प्रदेशको राजधानी तोकेर सरकारले ढिलै भएपनि राजनीतिक गतिरोधको अन्त्य गरेको छ । र वास्तवमा यी राजधानी भनेका केही समयका लागि मात्र हुन् । पछि प्रदेशसभाको गठन भएपछि प्रदेशसभाका दुइतिहाई सदस्यको निर्णयबाट निर्धारित हुने विषय हो यो अहिलेको विवाद र बहसको विषय होइन । यो कुरा स्वभाविक हो कि हामी आफु बसेको ठाउँबाट नजिक राजधानी भयो भने आवतजावत गर्न सहज पर्छ साथै अन्य धेरै कुरामा सहज हुन्छ । तर त्यो चाहना त प्रत्येक जिल्लाका प्रत्येक जनताको नै हुने गर्छ । हामीलाई त सुविधा भयो तर अर्को ठाउँका जनतालाई सहज भएन भने पनि त्यहाँ पनि त समस्या उत्पन्न हुन्छ । त्यसकारण आफ्नो मात्र अनुकुल हुने तर अर्काको भावनाको कदर नै नहुने माग राखियो भने त्यो कसरी पूरा हुन सक्छ ? अब हामी यी कुरामा पनि ध्यान लगाउन जरुरी छ ।

सबैले भनेजस्तो त कहि कतै पनि हुँदैन तर सबैलाई समग्रमा सहज हुने खालको भने गर्न सकिन्छ । तसर्थ हाम्रा कतिपय सवालहरु मननीय पनि छन् । तर जुन अहिले राजधानीको विषयमा अनावश्यक हल्ला र आक्रोस भइरहेको छ । यो निकै मुर्खतापूर्ण काम हो । किनकी यो भनेको कामचलाउको लागि तोकिएको हो । अहिले जहाँसुकै तोकिएपनि त्यसलाई उल्टाउने सल्टाउने अधिकार पूर्ण रुपमा प्रदेश सभालाई छ । यो जान्दाजान्दै पनि आन्दोलनमा उत्रेर सर्वसाधारण जनताको दैनिकीमा असहजता उत्पन्न गर्नु हाम्रो गल्ती हो । यस विषयमा अझ अचम्मलाग्दो कुरा त के छ भने जनतामात्र नभएर त्यहाँका नेताहरु समेतले अस्वभाविक प्रतिकृया जनाएका छन् । नेताको काम त जनतालाई वास्तविकता बुझाउनु पनि त हो । यस सम्बन्धमा राजनीतिक दलका नेताले पनि फराकिलो छाती बनाएर सोच्नुपर्छ । साथै एक ठाउँका जनताको प्रतिनिधित्व गरे पनि अरु ठाउँका जनताको भावनालाई पनि सम्बोधन गर्नु राजनेताको दायित्व हो । प्रदेश राजधानी ७ ओटा मात्र बन्छन् जहाँसुकै राजधानी गराउन त प्र्रदेश पनि थप्नुपर्छ । यस विषयको निर्णय गर्दा पछि प्रदेश सभाले निर्णय गर्छ । जनता र नेताहरु सचेत सजग र शान्त हुनु जरुरी छ ।

Related posts

Leave a Comment