जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसके : दुर्गा प्रसाईँ

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमत हासिल गरेर सत्तारोहण गर्ने दाबी गरेका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले जनताले अब देशको लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा पाइसकेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका हुन् ।

आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने उनको भनाई छ । उनले आफ्नो पार्टीले देशको विकास र समृद्धिको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको पनि बताए । उनले राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग÷व्यवसाय हुने अवस्था आउने पनि चिन्ता व्यक्त गरेका छन् ।

एमाले र माओवादी केन्द्र अलग–अलग भइसकेकोले फेरि मिल्ने सम्भावना नरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार