बानेश्वरमा भेटियो प्राकृतिक ग्याँस, सरकार बेखबर (भिडियो सहित)

     विमल खड्का टिभी अन्नपूर्ण ।

काठमाडौँको टेकुमा रहेको प्राकृतिक ग्यासँको कुवाँ पुर्नत्खननको चर्चा चलिरहेका बेला राजधानीभित्रै भेटिएको अर्को खानीका विषयमा भने बर्षोदेखी सरकार बेखबर छ । बानेश्वरमा रहेको औषधी व्यवस्था विभागको हाताभित्र दुईबर्षअघि भेटिएको प्राकृतिक ग्याँसको कुवाबाट एक क्यान्टिन सञ्चालकले दैनिक खाना पकाउने गरेको भए पनि सरकार भने अहिलेसम्म बेखबर बनेको हो ।

सरकारकै स्वामित्वमा रहेको नेपाल औषधी विभागकै हाताभित्र भेटिएको खानीबारे सरकारी निकाय खानी तथा भुगर्व विभागको बेखबर हुनुलाई सरकारको चरम लापरबाहीको संज्ञा दिन्छन औषधी व्यवस्था विभागका कर्मचारी । बर्षो पहिले पत्ता लागेको खानी सरकारको बेवास्ताका कारण खेर गइरहेको औषधी विभागमा कार्यरत कर्मचारी बताउछन । विभाग परिसरको हातामा यस्तो खालको ग्याँस केही समयपहिलेसम्म प्रशस्त भए पनि अहिले माटोको सतहले पुरिएको कर्मचारी बताउँछन् ।


तर सरकारले यसरी खेर गइरहेको प्राकृतिक ग्याँसको खानीबारे चासो नदेखाएपछि नुवाकोटका यादव प्रसाद पाठकले दैनिक प्रयोगमा ल्याएका छन् । ग्याँसको कुवाँमा २ फिटको पाइप गाडेर खेर गएको ग्यासलाई पाठकले उपयोग त गरेका छन्। तर यो सँगै आगलागीजस्ता दुर्घटनाको जोखिम पनि बढाएको छ ।उपत्यकाको बिजुलीबजार, टेकु, ईमाडोल, सानेपा लगायतका क्षेत्रमा जमिनमुनि प्राकृतिक ग्याँसको भण्डारण प्रशस्त भएको जाईकाको एक अनुसन्धानले देखाएको छ

अनुसन्धानमा खानी तथा भूगर्व विभागले देखाएन् चासो

यसकारण पनि अनुसन्धान बिनै यसरी प्रयोग गर्दा जुनकुनै बेला ग्याँसको मात्रा घटि बढी आउन सक्ने भएकाले दुर्घटनाको जोखिम बढी हुने नाष्टको प्रविधि सङ्कायका प्रमुख रविन्द्र ढकालको भनाई छ ।
तर यस्ता खानीको अन्वेषण अनुसन्धान गर्ने निकाय खानी तथा भूगर्व विभागले भने उपत्यकामा यस्ता खानीहरू प्रशस्त भएको तर यसको अनुसन्धानको प्रक्रिया झण्झटिलो भएकाले चाहेकै समयमा काम गर्न नसकेको बताउँछ । विभाग अन्र्तगर्त प्राकृतिक ग्याँस तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठ ईमाडोलपछि टेकुको कुवाँ ड्रिलिङको काम अघि बढेपनि अन्य स्थान जानकारीको अभावमा उत्खनन तथा अनुसन्धानमा नपरेको धारणा राख्छन ।

प्राकृतिक ग्याँसमा सरकारको वेवास्ता

सरकारले बेवास्ता गरेको ग्यासँको कुवाँबाट अहिले औषधी विभागभित्रै दैनिक खाना पाक्ने गरेको छ । नाकाबन्दीका बेला ग्याँस अभावमा छाक टार्न मुस्किल भएका बेला पाठकले खेर गएको ग्याँसलाई उपयोग गर्न थालेका हुन । गएको दुईबर्षदेखी उनले दैनिक १३ घण्टा प्रयोगमा ल्याउने गरेका छन् । १ मिटर खाल्डो खनेर प्लास्टिकको पाइपबाट सिधै चुल्होमा पु¥याएका पाठक ठट्यौली पारमा भन्छन् ओलीले पाइपबाट घरघरमा ग्याँस दिने भनेपछि मैले आफै लिएर आए ।

पाठकका अनुसार अनुमानको भरमा पाइप गाडेको स्थानबाट अहिले दैनिक ५ केजी ग्याँस निस्कन्छ । अरुबेला सामान्य रूपमा आउने ग्याँस बर्षातमा बढेर जाने उनको अनुभव छ ।


सरकारले समृद्ध नेपाल बनाउने सपना बुने पनि प्राकृतिक श्रोत र साधनको सही प्रयोग नगरे त्यो तत्कालै सम्भव देखिदैन् । नेपालमा नेपालीहरूले प्रयोग गर्ने आधारभूत आवश्यकताका सामान परिपूर्ति गर्ने अर्को देशको भर पर्नुपर्ने देखिन्छ । यसरी भर पर्दा आफ्नो देशमा भएका फलाम खानी तामाखानी प्राकृतिक ग्यासँ जस्ता श्रोत साधनको अनुसन्धान गरी त्यसो उत्खनन् गर्ने हो भने संमृद्धी देशको सपना पुरा गर्ने समय लाग्ने थिएन् ।

 

कहाँ कहाँ छ काठमाडौंमा प्राकृतिक ग्याँस

पहिले पानीको तलाउको रूपमा रहेको उपत्याकामा माटो र बालुवाभित्रै पुरिएका बस्तु बिस्तारै ग्याँस बन्दै गएको हुनसक्ने वैज्ञानिकको अनुमान छ । यही अनुमानका आधारमा २८ वर्षअघि जाइकाले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, कोटेश्वर र टेकुसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्याँस भण्डार रहेको देखिएको थियो । यद्यपि पछिल्लो अध्ययानमा भने उक्त तथ्याङकमा उल्लेख भएभन्दा ग्यासको मात्र न्यून भेटिएको छ । पहिलेको परीक्षणमा पानीमा ०.४ प्रतिशत मिथेन ग्यास मिसावट फेला परेको भए पनि पछिल्लो अध्ययानमा भने ०.१५ प्रतिशत मात्र पाइएको थियो । यसैको निरन्तरतास्वरुप ग्यास परीक्षणका लागि खानी विभागले थापाथाली, पुल्चोक इन्जिनियरिङ क्याम्पस र नास्टको समन्वयमा मुलुककै पहिलो ‘मोबाइल ग्यास प्लान्ट’ निर्माण गरेको थियो । सोही परीक्षणमा उपत्यकामा जमिनमुनि ७ प्रतिशत ग्यास र ९३ प्रतिशत पानी पाइएको छ । जसलाई उत्खनन गरी प्रयोगमा ल्याउन सके ३० हजार परिवारलाई ५० वर्षसम्म पुग्ने छ ।

अनुसन्धान र उत्खन्नको पर्खाइमा

नाकाबन्दीको समयमा इन्धन अभाव हुँदा, लुभु, इमाडोल लगायतका केही स्थानमा जमिनबाट निस्किएको ग्याँसमा सर्वसाधारणले खाना पकाएका थिए । त्यसै बेलादेखि सरकार प्राकृतिक ग्याँस उत्खनन्को लागि तातेपनि सङ्कट पर्दा तात्ने र सहज हुँदा सेलाउँदै जाने सरकारी प्रवृत्तिका कारण प्राकृतिक ग्याँसका दर्जनौँ खानीहरू बिजुलीबजारमा जस्तै सरकारलाई कुरी कुरी गरिरहेका छन् ।

Related posts

Leave a Comment