काठमाण्डौँमा प्रहरीलाई कुट्ने दुई जनालाई पक्राउ

काठमाडौं प्रहरीलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति करिव ९ बजे डिउटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत जवान शिवहरि खड्का र भाष्कर अर्याललाई अज्ञात समूहले कुटपिट गरेका थिए।

कुटपिट गरेको आरोपमा स्थानीयवासीको सहयोगमा प्रहरीले धादिङ दुवाकोटका मुकेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई आइतबार राति नै पक्राउ गरेको हो। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानएको छ। कुटपिटको कारण खुल्न सकेको छैन।

Related posts

Leave a Comment