प्रदेश ७ मा २५ अर्बको बजेट आज आउँदै, करमा छुट र कृषिमा आत्मनिर्भर बनाइने

   बजेट प्रदेशको विकाश र समृद्धिमा केन्द्रित हुने अर्थमन्त्रालको दाबी

प्रकाश मिश्र, कैलाली ।
प्रदेश ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५र ७६ को बजेट शुक्रवार ल्याउँदै छ ।  आज दिउसो ३ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले करिब २५ अर्बको बजेट प्रस्तुत गर्नेछन् । बजेटको तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । उद्योग स्थापनामा प्रोत्साहित गर्ने उद्देश्यले करमा छुट, बिजुली, पानी लगायतमा सहुलियत दिने नीतिगत व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको मन्त्री बोहराले बताए ।
बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास सुरक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइएको छ । प्रदेशमा स्वदेशी तथा विदेशी लगानीको उद्योग स्थापनार्थ प्रदेश सरकारले कर छुटमा नीतिगत व्यवस्था गरेको जनाइएको छ ।

उद्योगमा लगानी, रोजगारी प्रदानको अवस्था र आयात प्रतिष्ठापनलाई आधार बनाएर कर छुटको नीतिगत व्यवस्था हुने उहाँको भनाइ रहेको छ । महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजना अनुरूप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरेको जनाइएको हो ।

सरकारले कृषिलाई बढी महत्त्व दिएका कारण ३ देखि ५ वर्ष भित्र ७ नम्बर प्रदेश कृषिमा आत्मनिर्भर हुने आर्थिक मामिला बोहराले बताए । बजेट मुख्यतः रूपमा प्रदेशको विकाश र सम्वृदिमा केन्द्रित रहेको अर्थमन्त्रालको दाबी छ ।

Related posts

Leave a Comment