प्रदेश २ मा चालु आर्थिक बर्षको अन्तिम चार महिनाको बजेट प्रस्तुत

प्रदेश २ मा चालु आर्थिक बर्षको अन्तिम चार महिनाको बजेट प्रस्तुत

अनिल पोखरेल,सप्तरी चालु आर्थिक वर्षको अन्तिम चार महिनाका लागि प्रदेश २ को सरकारले बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सदनमा प्रस्तुत गरे । कुल बजेटको चालु तर्फको बजेट ५६।६४ प्रतिशत अर्थात ५७ करोड ८० लाख प्रस्तुत गरिएको छ भने पूँजीगत तर्फको बजेट ४३।३६ प्रतिशत अर्थात ४४ करोड २४ लाख ६८ हजार प्रस्तुत गरिएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा प्रत्येक प्रदेशसभा सदस्यलाई आफ्नो संसदीय क्षेत्रमा विकास निर्माण तर्फ खर्च गर्नका लागि…

Read More

प्रदेश २ को बजेट प्रस्तुत, विकास र समृद्धिमा जोड

प्रदेश २ को बजेट प्रस्तुत, विकास र समृद्धिमा जोड

प्रदेश नं २ कोे सरकारले चालु आर्थिक वर्ष २०७४र७५ को तीन महिनाका लागि मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ रु ४४ करोड २४ लाख ६८ हजार अर्थात् ४३ दशमलव ३६ प्रतिशत रहेको छ। प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक…

Read More

५० हजार घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा

५० हजार घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्जका, फार्मेसी अधिकृत तपेन्द्र भट्टराइलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Read More

लुकाई राखेको अवैध सालको काठ सहितको ट्र्याक्टर बरामद

लुकाई राखेको अवैध सालको काठ सहितको ट्र्याक्टर बरामद

उमेश थापा, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा चार गोलिया अवैध सालको काठ सहितको ट्याक्टर बरामद गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३ रानिकुन्डाबाट मंगलबार साझ करिव ७ बजेतिर बिना नबरको ट्र्याक्टरमा राखिएको काठ प्रहरीले बरामत गरेको हो । रानीकुन्टा नदि छेउमा काठ लुकाई राखेको स्थानीयले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि गएको इलाका वन कार्यालय रामपुर र प्रहरी कार्यालय बौनियाको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तका अनुसार ट्याक्टर र काठ ईलाका वन कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ…

Read More

मानन्धरको हत्यारा गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद

मानन्धरको हत्यारा गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद

नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको हो । तीन वर्षअघि खुडा प्रहार गरी हत्या गरिएका नेपालगञ्जका मानन्धरको हत्याका मुख्य आरोपी गुण्डा नाइके रिगल भनिने योग ढकालले जिल्ला अदालत बाँकेमा आत्मसर्मपण गरेको दुईबर्षपछि फैसला भएको हो । तीन वर्षअघि नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझी चोकमा नेपालगञ्ज–८ का २९ वर्षीय चेतन मानन्धरलाई २०७२ साल असार २८ गने…

Read More

दाइजोका कारण युवतीद्वारा आत्महत्या, दाइजो माग्ने पक्राउ

दाइजोका कारण युवतीद्वारा आत्महत्या, दाइजो माग्ने पक्राउ

कानुनी रुपमा बन्देज गरिएको दाइजो हाम्रो समाजमा अझै पनि बन्देज हुनसकेको छैन । दाइजोकै कारण यसअघि पनि धेरै महिलाहरुले ज्यान गुमाइुकेका छन् । यस्तै एक अर्को घटना फेर िसार्वजनिक भएको छ । पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । दाइजोका कारण बिहे भाँडिएपछि उनले आत्महत्या गरेको बताइएको छ । पोष्टमार्टम रिपोर्टले युवतीले आत्महत्या गरेको पुष्टि गरेको हो । प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका ८ का बच्चु भन्ने जयनारायण साह छन् । यसरी भयो घटना २१ बर्षीय शिव दयाल…

Read More

बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिना जेल, २० लाख क्षतिपूर्ती तिर्न आदेश

बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिना जेल, २० लाख क्षतिपूर्ती तिर्न आदेश

चर्चित भारतीय बलिउड अभिनेता तथा हास्यव्यङ्य कलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १।६० करोड रुपैयाँ जरिवाना गरेको हो। यद्ध्पी उनी जेल जानुपर्ने छैन्। अदालतले जमानत दिएको छ। चेक बाउन्स प्रकरणमा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ। यद्यपी यो मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिएको छ। फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको…

Read More

दुई अध्यक्षको समय नमिल्दा एकतामा ढिलाई, १४ गते मिति तोक्ने तयारी

दुई अध्यक्षको समय नमिल्दा एकतामा ढिलाई, १४ गते मिति तोक्ने तयारी

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकताबारे विभिन्न टिप्पणी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको मिति आगामी १४ वैशाखमा तोक्ने समझदारी भएको बताएका छन् । उनले एमाले–माओवादीका दुवै अध्यक्षले मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको बताए । प्रचण्डले दुई अध्यक्षले पर्याप्त समय निकाल्न नसक्दा एकता प्रक्रिया ढिलो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकता हुने प्रचण्डकोे दाबी छ । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग उनले हतारमा एकता गरेर नपछुताउनका लागि पनि एकता प्रकृया केही ढिलाइ हुन पुगेको स्पष्टिकरण दिएका छन् । ‘दुई चार दिन ढिलो भएपनि सम्झदारीमा…

Read More

२२ केजी सुन तस्करीको मुख्य नाइके विमानस्थलबाटै पक्राउ

२२ केजी सुन तस्करीको मुख्य नाइके विमानस्थलबाटै पक्राउ

केन्द्रीय अनुसन्धान व्युरोको टोलीले २२ केजी सुन तस्करीको मुख्य नाइकेलाई पक्राउ गरेको छ। मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ गरेको हो। उनि भदौमा प्रहरीले रसुवाहुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुनसहित सात जनालाई पक्राउ परेको मध्येका नाईके भएको प्रहरीले जनाएको छ । गत भदौमा प्रहरीले रसुवा हुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुन सहित सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौंका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र…

Read More

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रधानमन्त्री ओली

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।” प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। उनले भने, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु…

Read More