प्रशासन प्रमुख बने विद्यार्थीको अभिभावक

प्रशासन प्रमुख बने विद्यार्थीको अभिभावक

अभिमन्यु लामीछाने, उदयपुर । ईलाका प्रसाशन कार्यलय कटारिका प्रमुख सुनील पौडेलले एक विद्यार्थीको अभिभावक बनेका छन् । उनी कटारी नगरपालिका (२ सीमानपुरमा अबस्थित श्री माध्यामिक विद्यालय कल्याणपुरको एक विद्यार्थीको अभिभावक बनेका हुन् । पौडेलले उक्त विद्यालयमा एक जना छात्राको पढाई खर्च बेहोर्ने सर्तमा अभिभावक बनेको विद्यालयले जनाएको छ । विद्यालयका प्राध्यानाध्यापक खिलराज दाहालका अनुसार, प्रशासन प्रमुख पौडेलले कक्षा १ मा अध्ययनरत परिस्ता पौडेललाई पढाउने जिम्मा लिएर अभिभावकत्व ग्रहण गरेको छन् । प्रशासन प्रमुखले म कर्मचारी मान्छे भोली जहा पनी सरुवा भयर जान सक्छु म जहा गए पनी परिस्ताको एसईई सम्मको…

Read More

देउवामाथि खनिए गुरुङ, सभापतिको समर्थन फिर्ता,६ महिनाभित्र महाधिवेशन गर्न माग

देउवामाथि खनिए गुरुङ, सभापतिको समर्थन फिर्ता,६ महिनाभित्र महाधिवेशन गर्न माग

नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पुराना नेता गुरुङले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भएको भन्दै आत्मालोचना गरेका हुन् । सभापति देउवाले सभापति र प्रधानमन्त्रीका हैसियतबाट निर्वाह गरेको भूमिकाबाट आफू दुःखित भएको भन्दै उनले आफ्नो विश्वास र पार्टी सिद्धान्त विपरित देउवाले गुटलाई प्रोत्साहित गरेको, विधान बमोजिमका मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप पनि लगाए । गुरुङले पार्टीको सबै कमिटी भंग गरी…

Read More

विवाद मिलेपछि एन्फाको चुनाव वैशाख २२ गते हुने

विवाद मिलेपछि एन्फाको चुनाव वैशाख २२ गते हुने

अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते हुने भएको छ । निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि १४ चैतका लागि तोकिएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा अदालतले चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । दुबै जिल्लाको विवाद मिलेपछि एशियन फुटबल महासंघले चुनाव मिति तोक्न एन्फालाई निर्देशन दिएको थियो । एन्फा अध्यक्षमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा उम्मेदवार छन् ।

Read More

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विस्फोट

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको घरमा बम विस्फोट भएको छ । लालितपुरका हात्ति वनस्थित यादवको घरमा आइतबार साँझ करिब ८ बजेतिर ठूलो आवाज आएको स्थानीयले जानकारी दिएका छन् । बिस्फोट आवाज आएसँगै वरपर भागदौड मच्चिएको थियो । अज्ञात समूहले गराएको विस्फोटबाट के कति क्षति भयो भन्ने विवरण आउँन बाँकी छ ।प्रहरी घटनास्थल तर्फ गएको बताइएको छ ।

Read More

चितवनमा प्रहरीका सइले महिलालाई एसिड छ्यापे

चितवनमा प्रहरीका सइले महिलालाई एसिड छ्यापे

ट्राफिक प्रहरीले महिलामाथि एसिड हानेका छन् । चितवनको रत्ननगरको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । उनको टाउकोमा एसिड परेको छ । ५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा कार्यरत थिए भने पीडित महिला भरतपुर नगरपालिका ४ त्रिचोकमा कोठा लिएर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार टाँडीबाट आएका खनियाँ र श्रेष्ठबीच पुरानै चिनजान रहेको देखिएको छ । घटनाबारे अनुसन्धानका लागि खनियाँलाई पक्राउ गरिएको छ भने श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रभू ढकालले जानकारी दिए…

Read More

चोरीका मोटरसाइकल नक्कली विल बुक बनाएर बिक्रि गर्ने गिरोह पक्राउ

विभिन्न कम्पनीका मोटरसाइकलहरु भारतबाट चोरी निकासी गरी नेपाल ल्याई नक्कली विल बुक वनाई बिक्रि गर्ने गिरोहलाई प्रहरुले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौले आईतबार पत्रकार सम्मेलन गर्दे सक्कली मोटरसाइकल भन्दै खरिदकर्तालाई झुक्याई विक्री गर्ने संगठित गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा हेकुली ३ दाङका सनम चौधरी, मकवानपुर धिमाल २ का धनबहादुर योञ्जन र दोलखा ८ विर्तेश्वरका गोपाल नेपाली रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामो अनुसन्धानपछि पक्राउ गरेको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुले भारतबाट मोटरसाइकल ल्याएर काठमाडौंमा विभिन्न व्याक्तिलाई किर्ते गर्दै…

Read More

घरेलु मैदानमा चेन्नईसँग हार्यो हैदरावाद

घरेलु मैदानमा चेन्नईसँग हार्यो हैदरावाद

इण्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा सनराइजर्स हैदरावाद घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग ४ रनले पराजित भएको छ। आइतबार अपराह्न हैदरावादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर चेन्नईलाई व्याटिङ्गमा निम्त्याएको हैदरावादले १८३ रनको विजय लक्ष्य पायो। चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८२ रन बनाउँदा जवाफी व्याटिङ्गका लागि मैदानमा आएको हैदरावाद २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रनमा समेटियो।

Read More

जिल्लाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहको चेतावनी

जिल्लाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहको चेतावनी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले डोटीका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ । विप्लव समूहले गठन गरेको जनपरिषदले हुलाक मार्फत पत्र पठाउँदै जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाउँदै राजनामा दिन चेतावनी दिएको हो । सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुन भनिने नाममा हस्ताक्षरीत पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा बढी लिप्त भएको भन्दै राजीनामा दिन माग गरिएको उल्लेख छ । परिषद् डोटीका प्रमुख अर्जुनले डोटीका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आफूहरुले पत्र पठाएको स्वीकार…

Read More

३३ किलो सुन प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

३३ किलो सुन प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

सुन प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । उनलाई ३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पक्राउ गरिएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो । निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लगायतको सहभागिता रहेको आशंका गर्दै सरकारले छानविन समिति बनाएको थियो । निरौला निवर्तमान आइजीपी प्रकाश अर्यालसँगै अवकाशप्राप्त पूर्व डिआइजी हुन् । उक्त प्रकरणमा निरौलासहित अहिलेसम्म २० जना…

Read More

भारतको कोठीबाट तीन नेपाली बालिकाको उद्दार

भारतको कोठीबाट तीन नेपाली बालिकाको उद्दार

 भारतको नयाँ दिल्लीको जिबी रोडस्थित दुईवटा कोठीबाट तीन नेपाली बालिकाको उद्धार गरिएको छ । माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो । नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो । ती कोठीमा करिब ६०/७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो । “छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो”–संयोजक कोइरालाले भन्नुभयो । उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ…

Read More