ऊर्जामन्त्री पुनले दिएको निर्देशनको अवज्ञा

ऊर्जामन्त्री पुनले दिएको निर्देशनको अवज्ञा

ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न भनि दिएको निर्देशन कार्यान्वयन नभएको पाइएको छ । बिहिवार ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारीलाई एसईई परीक्षा अवधिमा लोडसेडिङ नहुने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । तर, राजधानीलगायत देशका विभिन्न स्थानमा सदाझैं अघोषित रुपमा लोडसेडिङ भएको पाइएको हो । उपत्यकाका केहि स्थानमा समेत लोडसेडिङ भएको छ भने उपत्यकाबाहिर धेरै स्थानमा लोडसेडिङको समस्या देखिएको हो । हाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको भएपनि अघोषित रुपमा भने लोडसेडिङ हुँदै आएको छ ।

Read More

दोस्रो सप्तरी महोत्सव सम्पन्न, ८० हजार दर्शक र डेढ करोड बढिको कारोबार

दोस्रो सप्तरी महोत्सव सम्पन्न, ८० हजार दर्शक र डेढ करोड बढिको कारोबार

अनिल पोखरेल ,सप्तरी सप्तरीको राजविराजमा प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव’ बिहिवार सम्पन्न भएको छ । १० दिनसम्म चलेको महोत्सवको प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले समापन गरेका छन् । समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले बेला बेलामा यस्तो किसिमको मेला आयोजना हुनुपर्ने बताए । उनले यस्तो मेलाको आयोजनाबाट स्थानिय उत्पादनको प्रचार प्रसार हुनुका साथै व्यापार प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ मुल नाराकासाथ सप्तरी उद्योग वाणिज्य संघले गत फाल्गुन २८ गतेदेखि आयोजना गरेको महोत्सवमा १ करोड ५० लाख बराबरको आर्थिक कारोबार…

Read More

सिंहदरबारभित्रै मोटरसाइकल चोरी

सिंहदरबारभित्रै मोटरसाइकल चोरी

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मोटरसाइकल चोरी भएको घटना सार्वनजिक भएको छ । चितवन रत्नपुर नगरपालिका–२ घर भएका ३२ वर्षीय रमेश सुनारले बा १ ब ९९१३ नम्बरको सेतो स्पेलेन्डर मोटरसाइकल चोरी गरेको तथ्य बाहिर आएको हो । उनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । उनले चैत १ गते मोटरसाइकल चोरी गरेर चितवनका नातेदार दिनेश सुनारलाई दिएको प्रहरीसमक्ष बयान दिएका छन् । बयानपछि सुनारलाई सिंहदरबार प्रहरी वृत्तले बुधबार नियन्त्रणमा लिएको जनाएको छ । यसअघि पुस पहिलो साता पनि सिंहदरबारबाटै सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७…

Read More

एसईई परीक्षामा अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटी भेटियो

एसईई परीक्षामा अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटी भेटियो

यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटी भेटिएको छ । लमजुङको बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधान्याध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्न पत्रमा त्रुटी भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईलाई भनेका थिए । उनले शिक्षा अधिकारी गोपालप्रसाद कँडेललाई खबर गरी त्रुटीबारे बताएको र त्यसपछि परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर त्रुटी सच्याएको बताए । अनिवार्य अंग्रेजी विषयको पेज नं. ३, प्रश्न नं. ३ को ‘ए’ मा सही र गलत छुट्याउन भनी ५ नं. को अंकभार राखेर प्रश्न सोधिएकोमा वाक्य राखेर खाली ठाउँ…

Read More

एन्फाको निर्वाचन रोक्न अदालतले दियो अन्तरिम आदेश

एन्फाको निर्वाचन रोक्न अदालतले दियो अन्तरिम आदेश

ललितपुर उच्च अदालतले आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ ।भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा चैत्र १४ गते हुने भनिएको निर्वाचन रोक्न न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका थिए । जसमा…

Read More

भूपू गोर्खाका समस्याबारे प्रतिवेदन बेलायत तथा नेपाल सरकारलाई बुझायो

भूपू गोर्खाका समस्याबारे प्रतिवेदन बेलायत तथा नेपाल सरकारलाई बुझायो

ब्रिटिश सेनाबाट सेवा निवृत्त भएका भूतपूर्व गोर्खा सैनिकका समस्याहरू अध्ययन गर्न गठित एउटा प्राविधिक समितिले आफ्नो प्रतिवेदन ब्रिटिश तथा नेपाल सरकारलाई बुझाएको छ। बिहीवार लण्डनस्थित रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बेलायतका रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टर तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो। झण्डै एक वर्ष लगाएर तयार गरिएको सो प्रतिवेदनमा गोर्खा सैनिकहरूले उठाउँदै आएका सबैजसो विषयहरू समेटिएको छ। समितिमा बेलायतको रक्षा मन्त्रालयका प्रतिनिधि, लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधि तथा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संगठनका प्रतिनिधिहरू सदस्य रहेका थिए। लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज…

Read More

एमाले माओवादी पार्टी एकतामा ढिलाई, यसरी हुदैँछ तयारी

एमाले माओवादी पार्टी एकतामा ढिलाई, यसरी हुदैँछ तयारी

दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको एकता प्रक्रियामा ढिलाई भएको छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन अप्रिल २२ अर्थात् बैशाख ९ गते पार्टी एकता गर्ने गरी तयारी गरेको भएपनि त्यो अनुपातमा काम नभएको स्वयं नेताहरुले बताएका छन् । एकताको मिति नजिकिँदै गए पनि तयारीले तीव्रता नपाएकोले कार्यक्रता समेत अन्यौलता छाएको छ् । पछिल्लो समय पार्टी एकताको चर्चा पनि कम हुन थालेको कारण बैशाखमा पार्टी एकता हुने सम्भावना न्यून रहेको कार्यकर्ताले बताउँदै आएका छन्। यसअघि उनिहरुले चैत पहिलो साता पार्टी एकता गर्ने गरी तयारी गरेका…

Read More

युरोपियन युनियनको प्रतिवेदन निर्वाचन आयोगद्धार अस्वीकार

युरोपियन युनियनको प्रतिवेदन निर्वाचन आयोगद्धार अस्वीकार

  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला युरोपियन युनियनबाट खटिएको निर्वाचन पर्यवेक्षण मिसनले बुझाएको प्रतिवेदन अस्विकार गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा उक्त मिसनले मंगलबार बुझाएको प्रतिवेदन पूर्ण रुपमा अस्विकार भएको उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, उक्त प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचार संहिता विपरित समेत देखिएकोले उल्लेखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्विकार्य रहेको छ । आयोगले नेपालको संविधान र प्रचलित कानूनसँग सम्बन्धित विधि र प्रकृयाको पूर्ण पालन गर्दै स्थानीय तहदेखि, प्रतिनिधि…

Read More

कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशमा एनजीओ र फेसबुक बन्दको घोषणा

कर्णाली प्रदेशका गैरसरकारी संस्था (एनजीओ) लाई नियमवन गरिने भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन्। कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा गरेका हुन् । उनले जनवादी शैलीमा नै एनजीओको गतिवधिलाई नियन्त्रण गर्ने बताए। एनजीओ नजाँदा कर्णालीको उत्पादनले उनीहरुलाई पुग्ने गरेको बताउँदै काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले भने, ‘एनजीओ नभएसम्म कर्णालीमा गरिबी थिएन, कसैले चाउचाउ खादैनथिए, कर्णाली कै उत्पादन खान पुग्थ्यो’। उनले भने ‘एनजीओले चुलोदेखि ट्वाइलेट सम्म बनाइदिए । मान्छे त्यस्ता सम्म भएकी घरमा काम गर्ने मान्छेसम्म एनजीओ राखिदियोस र आफूले…

Read More

मोटरसाईकल एक आपसमा ठोकिँदा एकको मृत्यु ३ घाईते

मोटरसाईकल एक आपसमा ठोकिँदा एकको मृत्यु ३ घाईते

कैलालीको लम्कीचुहा नगरपालिकामा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ  भने ३ जना घाईते भएका छन ।  घाईते मध्य नेत्र रावलको अवस्था  गम्भीर रहेको प्रहरीले जनाएको छ । रावलको लम्कीमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरीएको छ । दुर्घटना बिहिवार साझ साढे ७ बजेतिर लम्की चुहाका २ गणेशपुरमा दुर्घटना भएका भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएका आसाराम चौधरी र दिपक चौधरीको  लम्की स्थीत स्थानीय स्वाथ्य संस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साँउदले जानकारी दिएका छन् । दुर्घटना लगतै…

Read More