यस्तो छ धनगढी प्रिमियर लिगको खेल तालिका

यस्तो छ धनगढी प्रिमियर लिगको खेल तालिका

घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । डिपिएललाई यस सिजन आइसीसीले समेत मान्यता दिएको छ ।   आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनकि भएको खेल तालिका अनुसार उद्घाटन खेलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् । चौराहा पहिलो संस्करणको विजेता टोली पनि हो । यसपटक चौराहाको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौं गोल्डेन्सको कप्तानी राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । प्रतियोगिताको पहिलो दिन एक खेल मात्र हुनेछ…

Read More

इयुको निर्वाचन प्रतिवेदनमा सरकारको कडा आपत्ति

इयुको निर्वाचन प्रतिवेदनमा सरकारको कडा आपत्ति

काठमाडौं सरकारले युरोपेली युनियन (इयु)को निर्वाचन प्रतिवेदनमा कडा आपत्ति जनाएको छ। इयुको रिपोर्टले नेपालको संविधान र सार्वभौमसत्तामाथि प्रहार भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिवेदनको कडा शब्दमा विरोध गरेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसन (ईयुइओएम)को रिपोर्ट र टिप्पणीले सफल रुपमा सम्पन्न शान्तिपूर्ण र निष्पक्ष निर्वाचनलाई कमजोर देखाउन खोजेको र अन्तर्राष्ट्रिय निर्वाचन अवलोकनको दायरा र मापदण्ड विपरित भएको उल्लेख छ। यो नेपालको निर्वाचन आयोगका अन्तर्राष्ट्रिय पर्यवेक्षकको साथसाथै निर्वाचनभन्दा पहिले नेपाल सरकार र युरोपेली युनियनबीच भएको सम्झौता विपरित भएको…

Read More

आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते

आगो निभाउन १० वटा दमकलको प्रयोग, दुई जना घाइते

काठमाडौं– काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा बुधबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन्। आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ। विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ। अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करीब दुई घण्टा लागेको थियो। साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नेपाली सेना,…

Read More

तीन दिन भित्र खटाएको ठाउँमा नजाने कर्मचारीको तलब भत्ता रोक्ने चेतावनी

तीन दिन भित्र खटाएको ठाउँमा नजाने कर्मचारीको तलब भत्ता रोक्ने चेतावनी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई खटाएका ठाउँमा तत्काल जान निर्देशन दिएका छन्। उनले कर्मचारीलाई खटाएको ठाउँमा जानका लागि तीन दिनको समय पनि दिएका छन्। मन्त्री पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको तलब भत्ता रोक्ने चेतावनी दिएका छन्। ‘सरकारी कर्मचारी भएपछि सरकारले जुन ठाउँमा खटाएको छ, त्यहीं जानु पर्छ’, मन्त्री पण्डितले भने, ‘हैन भने आइतबार सम्ममा सम्बन्धित ठाउँमा नपुग्ने कर्मचारीको तलब भत्ता रोकिन्छ।’ बुधबार मोरङको गोठगाउँमा पूर्वाञ्चल विश्व विद्यालयको भवनको शिलान्यास गर्दै उनले अटेर गर्ने कर्मचारीलाई सबै सेवा सुविधाबाट बञ्चित गरिने चेतावनी दिए। ‘सबै ठाउँमा हामीले पत्राचार गरिसकेका…

Read More

भोलीदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक

भोलीदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको तयारी पुरा गरेको छ। देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए। कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी आजै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उनले जानकारी दिए। नियन्त्रक रेग्मीले भने–“जिल्ला जिल्लाबाट शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको रिपोर्टिङ आएको छ, परीक्षा केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगेका छन्।” परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र…

Read More

माओवादी सँग कुनै पनि हालतमा पार्टी एकता हुन सक्दैन : बाबुराम भट्टराई

माओवादी सँग कुनै पनि हालतमा पार्टी एकता हुन सक्दैन : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रसँग पार्टी एकता हुन अहिलेको अवस्थामा कुनै पनि हालतमा नहुने बताएका छन् ।माओवादी अध्यक्ष प्रचण्डले पटकपटक पार्टीमा फर्कन आग्रह गरिरहेका बेला नेता भट्टराईले भने, ‘पार्टीको कार्यगत एकता त सम्भव छैन, पार्टी एकता त धेरैं परको कुरा भयो ।’ पार्टीको प्रदेश ३ र ४ को संयुक्त कार्यक्रममा हुन चितवन आएका नेता भट्टराइलाई सञ्चारकर्मीहरुले पार्टी फर्कन प्रचण्डले गरेको आग्रहबारे सोधेका थिए । तर, भट्टराईले पूर्वसहकर्मी प्रचण्ड सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनका कुरामा थप टिप्पणी गर्नुको औचित्य नभएको बताएका छन् ।

Read More

पाँच विषयगत समिति गठन गर्ने सरकारको निर्णय

पाँच विषयगत समिति गठन गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा रहने गरि विभिन्न पाँच विषयगत समिति गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ । आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले बताए । उनका अनुसार यसअघि सचिवालयमा ४७…

Read More

प्रचण्डको नयाँ खुलासाः सिंहदरबार कब्जा गर्ने इच्छा थियो

प्रचण्डको नयाँ खुलासाः सिंहदरबार कब्जा गर्ने इच्छा थियो

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् । ५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा मभन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन । सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन । ’ प्रचण्डले यस्तो बताइरहेपनि अहिलेको अवस्थामा विभिन्न महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारेभने केहि बोलेनन् । सो…

Read More

Update : सुन्धारामा भएको आगलागीमा दर्जनौँ मानिस फसेको आशंका

Update : सुन्धारामा भएको आगलागीमा दर्जनौँ मानिस फसेको आशंका

सुन्धारास्थित काठमाडौं महानगरपालिकाको गेट छेवैको भवनमा बुधबार साँझ आगलागी भएको छ ।सालीमर होटल रहेको भवनको अन्डरग्राउन्डबाट आगलागी भएको प्रहरीले जनाएको छ । भवनको भुँइतलामा रहेको मिठाइ पसलबाट आगो सल्केको प्रहरी अनुमान छ । महानगरीय प्रहरी कार्यालयका अनुसार एकजना घाइतेको उद्धार गरिएको छ । आगलागी भएको माथिल्लो तलामा करिब १०/१५ जना मानिस फसेको हुनसक्ने पनि प्रहरीले अनुमान गरेको छ । अहिले आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र स्थानीयवासी खटिरहेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

Read More

काठमाण्डौको सुन्धारामा आगलागी

काठमाण्डौको सुन्धारामा आगलागी

राजधानीको सुन्धारामा आगलागी भएको छ । सुन्धारास्थित एक मिठाई पसलबाट पसलबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी र सर्वसाधारणले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको मिठाई पसलबाट आगो लागेको हो । घटनाको थप विवरण आउँन बाँकी छ । अहिले दमकल आएर आगो निभाउने प्रयास गरिरहेको छ ।

Read More