आफ्नै श्रीमानले साथीलाई बलात्कार गर्न लगाएको आरोप

आफ्नै श्रीमानले साथीलाई बलात्कार गर्न लगाएको आरोप

कैलालीमा एक महिलालाई छोरी पाएको भन्दै श्रीमानले साथीहरुलाई बलत्कार गर्न लगाएको आरोप लागेको छ । कैलालीको गोदावरीकी कविता जोशीले आफ्नै श्रीमानले छोरा नपाएको निहुँमा यातना दिन आफ्नै साथीलाई बलत्कार गर्न लगाएको आरोप लगाएकी हुन । २५ बर्षिय जोशीका दुई छारी छन । दार्चुलाको गोकुलेश्वर घर भएका श्रीमान धनञ्जय जोशीले साथीहरु लगेर बलत्कार प्रयास गरेपछि आफु भाग्न सफल भएको बताएकी छन । ५ बर्षअघि प्रेमबिवहा गरेको जोशी दम्पतीबीच यसअघि पनि पटक पटक बिवाद भएपछि घर छाडेर हिडेकी कविताको केश प्रहरीले नहेरेको उनको आरोप छ ।

Read More

बाग्लुङ कालिका मन्दिरमा वन्यजन्तु पार्क

बाग्लुङ कालिका मन्दिरमा वन्यजन्तु पार्क

  बाग्लुङको कालिका मन्दिर परिसरभित्रै बन्यजन्तु अवलोकन गर्न सक्ने वन्यजन्तु पार्क बन्ने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिर दर्शनका लागी आउने भक्तालुलाई वन्यजन्तु अवलोकन गर्न मिल्नेगरी पार्क निर्माण गर्न थालेको हो । भगवती गुठी व्यवस्थापन समितिले आफ्नो पञ्चबर्षिय योजना अन्र्तगत पार्क निमार्ण कार्य शुरु भएको बाग्लुङ कालिका भगवती गुठीका अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो । पार्कमा चितुवा, मृग, कालिज, मयुर, चित्रालगायत स्थानीय जंगलमा पाइने पशुपंक्षीको संरक्षण गरी राख्ने योजना छ । अहिले नेपाली सेनाको २३ नं. बाहिनी अड्डामा आएका मृगलाई नेपाली सेनाको सहयोगमा कालिका मन्दिर परिसरमा नवनिर्मित…

Read More

सोलुखुम्बुमा अष्ट्रेलियन नागरिक मृत भेटिए

सोलुखुम्बुमा अष्ट्रेलियन नागरिक मृत भेटिए

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा एक अष्ट्रेलियाका नागरिक मृतावस्थामा फेला परेका छन्। गत पुस ४ गतेबाट बेपत्ता भएका ४३ वर्षीया अष्ट्रेलियाका नागरिक मुर्कंस इस्चेट आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। बिहान करिव ८ बजे भेटिएको उक्त शव फिस्टेल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरी आजै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक अधिकारीले बताए। रादुल एक्सप्रेसन कम्पनीमार्फत लुक्ला आई लोबुचे हिमाल आरोहण गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको…

Read More

एनआईसी एशियाको घर घरमै बैकिङ सेवा, खाता खोल्नेले पाउनेछ १ सयको रिचार्ज कार्ड

एनआईसी एशियाको घर घरमै बैकिङ सेवा, खाता खोल्नेले पाउनेछ १ सयको रिचार्ज कार्ड

एनआईसी एशिया बैंकले घरमै पुगेर बैंकिङ सेवा प्रदान गर्ने गरि प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ । यो खातामा मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ । मुलुकभरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । साथै मासिक औसत १० लाखभन्दा बढी बचत…

Read More

राजधानी हेटौंडाबाट दाँयाबायाँ सर्दैन ढुक्क हुनुस्: प्रचण्ड

राजधानी हेटौंडाबाट दाँयाबायाँ सर्दैन ढुक्क हुनुस्: प्रचण्ड

प्रदेश ३ को राजधानीका विषयमा विभिन्न टिप्पणी भईरहेका बेला माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौंडा पुगेर ३ नं प्रदेशको राजधानी हेटौंडाबाट दायाँबायाँ नसर्ने दाबी गरेका छन् । हेटौंडा स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको र हेटौंडेलीलाई ढुक्क हुन आग्रह गरेका हुन् । आगामी वैशाख १ गतेबाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको उल्लेख गर्दै आफू कुनै पनि धर्मविरोधी नभएको बताए । धार्मिक पर्यटनका लागि गोरक्षश्वरलाई सरकारले…

Read More

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा आयोग पारदर्शी नभएको ईयूको आरोप

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा आयोग पारदर्शी नभएको ईयूको आरोप

शर्मीला सुवेदी,  टिभी अन्नपूर्ण काठमाण्डौ युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचन आयोगको त्रुटी भएको आरोप लगाएको छ । दुवै निर्वाचनमा ठुलो धनराशी खर्च गरि पर्यवेक्षण गरेको इयूले निर्वाचन आयोगले आफ्नो कर्तव्य निष्पक्ष गर्न प्रयास गरेको भएपनि आयोगका कामहरु पारदर्शी हुन नसकेको आरोप लगाएको हो । ३।५ मिलियन युरो खर्च गरिएको झन्डै पाँच महिना लामो मिसनले मंगलवार अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगले मतदान केन्द्रका मतदाता र वदर मत आँकडा सार्वजनिक नगरेको आरोप लगाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै…

Read More

कांग्रेसमा देउवालाई एक्ल्याउन मोर्चाबन्दीको प्रयासमा यी तिन नेता

कांग्रेसमा देउवालाई एक्ल्याउन मोर्चाबन्दीको प्रयासमा यी तिन नेता

प्रादेशिक र प्रतिनिधि सभा चुनावमा बेहोरेको नराम्रो हारपछि कांग्रेसमा हारका विभिन्न कारणबारे चर्चा भईरहेको छ । हारको सबै जिम्मा नेतृत्व तहले लिनुपर्ने कुरा एक पक्षले उठाईरहेको छ भने खासगरि पार्टी सभापति देउवाले पराजयको जिम्मा नेतृत्वले मात्रै नलिने बताईरहेका छन् । यसै विषयमा तत्काल अरली महादिवेसन गर्नुपने माग पनि कतिपयको छ । चुनावी समीक्षाका लागि आहृवान गरिएको केन्द्रीय कार्यसमिति बैठक अघि रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवाहरुलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ। १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर तेस्रो धार बनाएपछि पौडेल र सिटौलाको सम्बन्ध राम्रो थिएन ।…

Read More

दरबारमार्ग बलात्कार प्रकरणः मुख्य अभियुक्त कार्की पक्राउ

दरबारमार्ग बलात्कार प्रकरणः मुख्य अभियुक्त कार्की पक्राउ

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ ३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । तर, घटना मिलापत्रमा लुकाइएको थियो । यो सूचना बाहिर आएपछि प्रहरी अधिकारी समेत कारबाहीमा परेका छन् ।

Read More

आईजीपीको अन्तिम दौडः प्रचण्ड र बादलको रोजाईमा खनाल

आईजीपीको अन्तिम दौडः प्रचण्ड र बादलको रोजाईमा खनाल

आउने हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्याल विदामा बस्ने भएकोले आईजीपी बन्ने दौड तिव्र भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारे मैगलवारमात्र प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए । अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि…

Read More

योगेसलाई मन्त्री नबनाएको दबाव सामाजिक सञ्जालमा आएपछि ओलीको यस्तो ‘थ्रेट’

योगेसलाई मन्त्री नबनाएको दबाव सामाजिक सञ्जालमा आएपछि ओलीको यस्तो ‘थ्रेट’

एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको । दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेशको पनि नाम पर्ने हल्ला थियो । तर, ओलीले उनलाई मन्त्री बनाएनन् । बरु, उनलाई बेवास्ता गरिदिए । योगेशलाई ओलीले किन मन्त्री बनाएनन् भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् । स्रोतका अनुसार ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिनको लागि योगेशलाई थ्रेट नै दिएका छन् ।

Read More