ओलीको के सन्देश बोकेर एक्कासी भारत पुगे मातृका ?

ओलीको के सन्देश बोकेर एक्कासी भारत पुगे मातृका ?

उद्योग तथा वाणिज्यमन्त्री मात्रिका प्रसाद यादव भारतको राजधानी दिल्ली पुगेका छन । अचानक दिल्ली पुगेका यादवको भारतीय विदेशमन्त्रीस“ग  भेट गरेको फोटो टिभी अन्नपूर्णलाई प्राप्त भएको छ । यादव किन अचानक दिल्ली पुगे भन्ने स्पष्ट जानकारी नभएपनि भेटमा आपसी व्यापार र विकासमा बिषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री केपी ओलीसँग बिशेष कुराकानीपछि ओलीकै सल्लाहमा मातृका भारत पुगेको प्रधानमन्त्री निकट स्रोत बताउछ । राष्ट्रिय जनता पार्टीसमेत यहि सरकारमा समावेश हुने कुरा अन्तिम समयमा बिथोलिएलगत्तै यादव भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Read More

कानुनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

कानुनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्ने कानुन निर्माण हुने बताउनुभएको छ । सोमबार सिंहदरबारमा १६ बुँदे कार्यक्रम सार्वजनिक गर्दै मन्त्री तामाङले वडा अध्यक्ष, सरकारका मुख्य सचिवदेखि न्यायाधीशसम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताउनुभयो । त्यस्तै, मुख्यसचिवदेखि खरिदारसम्मले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मन्त्री तामाङले उल्लेख गर्नुभएको छ । मन्त्री तामाङले अबदेखि न्यायाधीशहरुले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो  काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा…

Read More

सूर्या लाईफ ईन्स्योरेन्सको १०ः४ अनुपातको हकप्रद जारी हुँदै

सूर्या लाईफ ईन्स्योरेन्सको १०ः४ अनुपातको हकप्रद जारी हुँदै

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल धितोपत्र बोर्डले स्विकृत गरेको छ । कम्पनीको गत पुसमा १०ः४ अनुपातमा हकप्रद सेयर बिक्रीको लागि आवेदन दिएकोमा बोर्डले स्विकृत गरेको हो ।अब कम्पनीको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न बाटो खुलेको छ । यो संगै कम्पनीको चुक्तापूँजी एक अर्व एक करोड छ लाख रुपैया पुग्ने भएको छ। एनआइसी एशिया क्यापिटललाई हकप्रद जारी गर्न इन्स्योरेन्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।यस अघि कम्पनीको ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको थियो। गत भदौ २७…

Read More

भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

अमेरिकाको मिसीसिपीमा शनिबार ९ वर्षीय बालकले दिदीको गोली हानी हत्या गरेका छन् । भिडियो गेम खेल्न नदिएको भन्दै ती बालकले १३ वर्षीया दिदीलाई गोली प्रहार गरेका थिए । भिडियो गेम खेल्न नदिएपछि बालकले बन्दुक उठाएर पछाडिबाट गोली हानेका थिए । गोली सीधै दिदीको टाउकोमा लागेको थियो । बालिकाको अस्पतालमा उपचार हुँदाहुँदै ज्यान गएको छ । उपचारका निम्ति उनलाई स्थानीय मेमफिस अस्पतालमा लगिएको थियो । ती बालकले बन्दुक कसरी हात पारे भन्ने विषयमा स्पष्ट जानकारी मिल्न सकेको छैन । ती बालकलाई के कारबाही गर्ने भन्ने विषयमा पनि अन्योल देखापरेको छ ।…

Read More

मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकण्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् । उनीहरुलाई परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको थियो । प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो । उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट प्रहरीले बा ३८ प ४४९२, बा ५३…

Read More

अपहरणपछि हत्या गर्ने ३ जनालाई ३१ वर्ष कैद

अपहरणपछि हत्या गर्ने ३ जनालाई ३१ वर्ष कैद

बालक अपहरणपछि हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले ३ जनालाई ३१ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले भटौलिया–१ का शुखडा भन्ने साविर अंसारी, २ का सुधीरकुमार साह र ३ का गोला भन्ने अनिशकुमार साहलाई जन्मकैदसहित अपहरणका लागि थप ११ वर्ष कैद सजायँ सुनाएको हो । ज्यान मारेको अभियोगमा जन्मकैद अर्थात २० वर्ष कैद सजाय र अपहरणका लागि थप ११ वर्ष गरी उनीहरु तीनै जनालाई जनही ३१ वर्ष कैद सनाइएको अदालतले जनाएको छ । भटौलिया–२ का ८ वर्षीय जेनिस महासेठलाई तीनजना अभियुक्तले घरैबाट फकाइ अपहरण…

Read More

सप्तरीबाट एसईई परीक्षामा ९ हजार ५ सय ९७ जना विद्यार्थी सहभागी हुने

सप्तरीबाट एसईई परीक्षामा ९ हजार ५ सय ९७ जना विद्यार्थी सहभागी हुने

अनिल पोखरेल, सप्तरी । आगामी चैत ८ गतेदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा सप्तरी जिल्लाबाट कुल ९ हजार ५ सय ९७ जना विद्यार्थी सहभागी हुन लागेका छन् । एसईई परीक्षाको तयारीबारे जानकारी सोमवार आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उक्त विषयमा जानकारी दिएका हुन् । सप्तरी जिल्लाका सामुदायिक ७७, निजी ४४ र एक खुल्ला गरी कुल १ सय २२ विद्यालयबाट नियमिततर्फ ८ हजार ५ सय ८४ र एक्जाम्पटेडका एक हजार १३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । जिशिअ पाण्डेका अनुसार नियमिततर्फ छात्र ४…

Read More

बिदाका दिन सरकारी गाडी चलाउन नपाईने

बिदाका दिन सरकारी गाडी चलाउन नपाईने

गृह मन्त्रालयले सरकारी निकायका गाडी दुरुपयोग रोक्न पहल थालेको छ । गृहले सूचना जारी गर्दै सरकारी गाडीलाई रातो नम्बर प्लेट बनाएर प्रयोग गर्ने वा बिदाका दिन र कार्यालय प्रयोजनबाहेकका काममा प्रयोग गर्ने प्रवृत्तिमाथि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।सरकारी गाडी दुरुपयोगविरुद्ध मन्त्रालय कडाइसाथ प्रस्तुत हुने बताउँदै गृह प्रवक्ता रामकृष्ण सुवेदीले कारणसहितको सरकारी पास लिएर मात्र बिदाको दिन सरकारी गाडी चलाउन सूचना जारी गरेका छन् । गृहले सरकारी गाडी दुरुपयोग भएको देखे सूचना दिन पनि सबैमा अपिल गरेको छ ।

Read More

रहिनन् सरर मलेवा’ गीत गाउने गायिका कमला श्रेष्ठ

रहिनन् सरर मलेवा’ गीत गाउने गायिका कमला श्रेष्ठ

गायिका कमला श्रेष्ठ ६९ वर्षको उमेरमा निधन भएको छ ।  नारायणगोपाल र गोपाल योञ्जनका गीत गाएकी श्रेष्ठले २०२४ सालमा यादव खरेलको गीत गाएर रेडियो नेपालमा प्रथम भ्एकी थिईन् । उनले त्यतिबेला स्वर्ण पदक जितेकी थिईन् । विसं २०२५ सालमा भैरवबहादुर थापाले उनलाई नाचघरमा जागिर लगाइदिएका थिए । विसं २०२६ सालमा तारारत्न स्थापितसँत वैवाहिक जीवनमा बाँधिएकी कमलाका तीन छोरा उदय, विनय र बबिन रहेका छन् । नारायण गोपालको संगीतमा मुनामदनको ‘ईश्वर तैँले रचेर कसरी बिगारीस्’ मा सह–गायनमा साथ दिने कमलाले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरु सारा हजुरलाई’, ‘कति टाढा खोलाको…

Read More

नेपाली क्रिकेट टोलीको काठमाडौंमा भव्य स्वागत

नेपाली क्रिकेट टोलीको काठमाडौंमा भव्य स्वागत

आईसीसी विश्वकप छनोट खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन्। समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरू गरेको २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलतालाई स्वागत गर्ने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसहित सयौ क्रिकेट प्रेमी विमानस्थल पुगेका थिए। जिम्बावेको हरारेबाट युएई हुँदै काठमाडौ उत्रिएको नेपाली टिमको स्वागतमा उपस्थित युवाले ‘अघि…

Read More