अमेरिका जान हिडेका ६ नेपाली टोगोमा अलपत्र

अमेरिका जान हिडेका ६ नेपाली टोगोमा अलपत्र

मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन् । गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् । पीडितमध्ये बाग्लुङ–६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन् । ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको…

Read More

नवनियुक्त मन्त्रीको घोषणा ,अबको ५ बर्षमा नेपालमा रेल

नवनियुक्त मन्त्रीको घोषणा ,अबको ५ बर्षमा नेपालमा रेल

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेलमार्ग गुड्ने दावी गरेका छन् । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उनले पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए । स्रोत साधन भएपनि सदुपयोग हुन नसक्दा विकास नभएको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए । ‘एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको विदेशी सहयोग लिन्छौं’ मन्त्री महासेठले भने ।रिपोर्टस क्लब नेपालको साक्षात्कारमा मन्त्री महासेठले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि…

Read More

१९ बर्षिय युवती बिहे भएकै महिना होटलको कोठामा झुण्डिएको अवस्थामा

१९ बर्षिय युवती बिहे भएकै महिना होटलको कोठामा झुण्डिएको अवस्थामा

पाल्पाकी एक महिला बिवाह भएको एक महिना नबित्दै होटलको कोठामा झुण्डिएर आत्महत्या गरेकी छन । ईलका प्रहरी कार्यलय बुटवलका अनुसार शनिबार बुटवलको बुर्तिबाङ होटलको कोठामा तानसेन ३ की १९ बर्षिय राधिका न्यौपानेले झुण्डिएर आत्महत्या गरेकी हुन । उनको फागुनको पहिलो हप्तामात्रै बिवहा भएको थियो । बुटवलकै गोलपार्कमा माईती भएकी न्यौपानेले होटलमा फरक नाम लेखाएर बिहान १० बजे होटल पसेकी थिईन । बिहान होटलको कोठामा पसेकी महिलाको साँझसम्म अत्तोपत्तो नभएपछि होटलका स्टाफले चेकजाँच गर्दा झुण्डिएको अवस्था भेटिएकी थिईन । प्रहरी मृतकका श्रीमानलाई झिकाएर घटनाबारे अनुसन्धान गरिरहेको छ । उनी ३ दिन…

Read More

सेवाग्राहीसँग घुस लिदा लिदै लेखापाल पक्राउ

सेवाग्राहीसँग घुस लिदा लिदै लेखापाल पक्राउ

सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । यो बिषयमा चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

Read More

विभिन्न स्थानमा आगलागी ३० लाख बराबरको क्षति

विभिन्न स्थानमा आगलागी ३० लाख बराबरको क्षति

अनिल पोखरेल , सप्तरी । सप्तरीका विभिन्न स्थानमा आगलागी हुँदा करिब ३० लाख मूल्य बराबरको क्षति भएको छ । कन्चनरुप नगरपालिका १२ मा शनिवार राति स्थानिय गणेश वि.क.को कुखुरा फर्म, खुकुरी तथा कृषि औजार बनाउने घरमा आगली हुँदा १० लाख बराबरको क्षति भएको छ । सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा आगलागी भएको छ । पसलमा कोही नभएको बेला आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जलेर काम नलाग्ने भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले…

Read More

पक्राउ परेकालाई छुटाउन गाउँपालिका अध्यक्षले काटे प्रहरीको पानी र विजुलीको लाइन

पक्राउ परेकालाई छुटाउन गाउँपालिका अध्यक्षले काटे प्रहरीको पानी र विजुलीको लाइन

पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिँदै नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा प्रहरी चौकीको पानी र विजुलीको लाइन काटिएको छ ।भरुवा बन्दुक र बारुदसहित पक्राउ परेका नवलपरासी बुलि¨टारका २२ वर्षीय चन्द्र सुस्लिङलाई प्रहरीले छाडन नमानेको भन्दै गाउँपालिकाका अध्यक्षको निर्देशनमा केहि युवाले चौकीको पानी र विजुलीको लाइन काटिदिएका हुन् । नेपाली कांग्रेसबाट विजयी भएका बुलिटार गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले फागुन ३० गते हतियारसहित पक्राउ परेका सुस्लिङलाई छाड्न प्रहरीलाई दवाव दिएका थिए । सुस्लिङलाई जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा चैत १ गते स्थानीयबासिन्दाको नाममा केहि युवाले प्रहरी चौकी घेराउ गरेका थिए ।…

Read More

बढ्न थाल्यो रेमिटेन्स, तरलतामा केहि राहत हुने

बढ्न थाल्यो रेमिटेन्स, तरलतामा केहि राहत हुने

अघिल्लो महिना सम्म लगातार रुपमा घटेको रेमिटेन्स माघ महिनामा भने सामान्य बढेको छ । यस अघिका तीन महिना निरन्तर घटेको रेमिटेन्स १.५प्रतिशतले बढेको हो । कात्तिक, मंसिर र पुसमा रेमिटेन्स घटेको थियो।  माघ महिनामा केहि सुधार भई नेपाल भित्रिने रकम ४ खर्ब एक अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यद्यपि अघिल्लो बर्षको माघको तुलनामा भने केहि कमी आएको छ । गत बर्ष ५.२ प्रतिशतले रेमिटेन्स बढेको राष्ट्र बैकको तथ्याङ्क छ। देशमा आयात उच्च भएका कारण शोधनान्तर घाटा भने बढिनैरहेको छ। माघमा शोधनान्तर घाटा १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।…

Read More

बर्षौदेखि बन्द विमानस्थलमा बढ्यो चहलपहल, बलेवामा सोमबार परीक्षण उडान

बर्षौदेखि बन्द विमानस्थलमा बढ्यो चहलपहल, बलेवामा सोमबार परीक्षण उडान

राजु सुवेदी, टिभी अन्नपूर्ण , काठमाण्डौ । सरकारले बन्द विमानस्थल सञ्चालनका लागि सक्रियता देखाएपछि लामो समयदेखी बन्द रहेका विमानस्थल फेरि सञ्चालनमा आउन थालेका छन । दाङको टरिगाँउ विमानस्थल नयाँ सम्झौता अनुसार चल्न थालेको ३ महिना नपुग्दै २५ बर्षदेखि बन्द अर्को विमानस्थल पनि सञ्चालनमा आउने भएको छ । लामो समयदेखी गौरचनमा परिणत भएको बलेवा विमानस्थलमा आउँदो हप्तादेखी नियमित उडान हुने पक्का भएको हो । फागुन २३ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको त्रिपक्षीय सहमति पछि अब बलेवा र यस आसपासका बासिन्दा जहाज चढेर काठमाण्डौ आउन पाउने भएका हुन । बन्द विमानस्थल पुनर्सञ्चालनका…

Read More

भैरहवामा यती एयरको विमान दुर्घटना

भैरहवामा यती एयरको विमान दुर्घटना

भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमान काठमाण्डौबाट भरहवाको लागि उडेको थियो । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् । काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लक हुँदा विमान दुर्घटनाग्रस्त भएको हो। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

Read More

कार्यक्षेत्रमा नजाने कर्मचारीलाई मन्त्री पण्डितको यस्तो चेतावनी

कार्यक्षेत्रमा नजाने कर्मचारीलाई मन्त्री पण्डितको यस्तो चेतावनी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेशमा खटाईएका कर्मचारीलाई तत्काल उक्त कार्यक्षेत्रमा नगए कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । पत्रकारसँगको संक्षिप्त कुराकानीमा मन्त्री पण्डितले यस्तो बताएका हुन् । दुई दिनभित्र कार्यक्षेत्रमा नजाने र अटेर गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने तयारी थालेको उनको भनाई थियो । उनले भने,‘म केही सुन्ने छैन, म कसैको केही सुन्दिन्। खटाएको क्षेत्रमा नजाने कर्मचारीको सबै चिज पनि रोकिदिन्छु, हाजिरीपनि रोकिदिन्छु । सबै सुविधा रोक्छु । लिएको जति सबै खोसिदिन्छु ।’

Read More