युएस बांग्ला दुर्घटना: मृतक ३० जनाको शव पहिचान

युएस बांग्ला दुर्घटना: मृतक ३० जनाको शव पहिचान

छ दिनअघि युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये ३० जनाको शव पहिचान भएको चिकित्सकहरुले बताएका छन्। बाँकी १९ जनाको शव पहिचानको काम पनि निरन्तर चलिरहेको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक मेडिसिन विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीले बताएका छन्। उनका अनुसार पहिचान भएका केही शव आफन्तलाई हस्तान्तरण समेत गरिसकिएको छ। उनले भने, ” (शनिवार) सांझ ६ बजेसम्म २५ जनाको सनाखत भयो। जसमा १० जना नेपाली, १४ जना बंगालादेशी र एकजना चिनियाँ नागरिक भनेर हामीले रिपोर्ट दिएका छौं। साढे ७ बजे थप ५ जनाको पहिचान खुलेको छ र शव हस्तान्तरणको प्रक्रिया…

Read More

पुरस्कार परेको भन्दै सर्वसाधारणलाई ठग्ने पक्राउ

पुरस्कार परेको भन्दै सर्वसाधारणलाई ठग्ने पक्राउ

अनिल पोखरेल पुरस्कार परेको भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा सप्तरी राजविराजका महेश ठाकुरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फिदिमकी अनुसा अधिकारीको उजुरीका आधारमा ठाकुरलाई पक्राउ गरिएको हो । अपरिचित नम्बरबाट फोन गरी ‘तपाईलाई २५ लाख पुरस्कार परेको छ, त्यसका लागि आजै ४ बजेभित्र कर बापतको ३० हजार बुझाउनुहोला नभए पैसा फ्रिज हुन्छ’ भन्ने जानकारी आएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको भन्दै अधिकारीले उजुरी गरेकी थिइन् । फिदिम बजारको आइएमईबाट काठमाडौंका रोमन प्रजापतिको नाममा पैसा पठाएको तर रकम निकाल्न नमिलेपछि पुनः राजविराज पठाइदिनू भनेपछि आफूले सोही अनुसार राजविराजस्थित जनमुखी…

Read More

तिलोत्तमा गोल्डकप : पुलिसलाई २-० ले हराउँदै थ्री स्टारले जित्यो उपाधि

तिलोत्तमा गोल्डकप : पुलिसलाई २-० ले हराउँदै थ्री स्टारले जित्यो उपाधि

नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । देवीनगरस्थित एन्फा मैदानमा शनिबार भएको फाइनल खेलमा चार पटकको विजेता विभागिय टिम नेपाल पुलिस क्लबलाई  हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्रीस्टार हावी भयो ।  खेलको ६४ औं मिनेटमा सुनिल बलको कर्नरमा निराजन खड्काको हेड क्रसबार माथिबाट बाहिरिएपछि अग्रता लिने अवसर गुमाएको थ्री स्टारले ६६ औं मिनेटमा रविन श्रेष्ठको आत्मघाती गोलबाट अग्रता पायो । विमल घर्ति मगरको क्रसलाई करिब १ वर्ष पछि…

Read More

ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो

ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो

उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो औंल्याइएको छ । स्थानीय नागरिक सरोकार मञ्च र महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘ट्राफिक जनचेतनामा महिला सहभागिता’ कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० प्रवक्ता पम्फा भुसालले ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । “बाटोको दुरावस्था चाँडो समाधान गर्न सकेमात्र ट्राफिक व्यवस्थापनमा सहजता आउँछ,”– उहाँले भन्नुभयो । नेत्री भुसालले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उपत्यकाका सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण समेत गरिएको बताउनुभयो । महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पूर्वाधार निर्माण नभएसम्म ट्राफिक समस्या यथावत हुने भन्दै सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो…

Read More

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

टर्कीबाट ग्रीसतर्फ यात्रा गरिरहेका चार बालबालिकासहित १४ जना शरणार्थीको उनीहरू यात्रारत काठको डुङ्गा शनिबार समुद्रमा डुब्दा मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ । “डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका तीन जनाको खोजी भइरहेको छ,” ग्रीक सामुद्रिक सुरक्षा गार्डले पनि जनाएका छन् । तर ग्रीक अधिकारीले यसको अझै औपचारिक घोषणा गरेका छैनन् । दुर्घटनापछि पौडी खेलेर किनारमा पुग्न सफल केही व्यक्तिले डुङ्गामा २० जना यात्रु रहेको बताए । डुङ्गा वस्तीबाट केही टाढा दुर्घटना भएको र दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको…

Read More

हुलाकी सड़कका बासिन्दा आन्दोलित

हुलाकी सड़कका  बासिन्दा आन्दोलित

चितवनको हाकिमचोक गीतानगर देखि जगतपुर माडी ठोरी सम्मका हुलाकि सड़क भित्र घर ,जग्गा भएका स्थानिय बासिन्दाहरूको बृहद भेला शनिबार गितानगरमा सपन्न भएको छ । गीतानगरमा भएको भेलामा सो क्षेत्रका बासिन्दाहरूले श्याम विस्ट को संयोजकत्वमा २१ सदस्य समिति गठन गरेका छन् । समितिको सहसंयोजकमा राजन क्षेष्ट, सचिवमा दीपेन्द्र राज पौडेल र कोषाध्यक्ष विष्णु तिवारी रहेका छन । सड़क विभाग र भरतपूर महानगरपालिकाले कहिले १५ मीटर कहिले २१ मीटर र हुँदा हूदै अहिले आएर ३१ मिटरको हल्ला मच्याएर जुन रूपमा स्थानिय विसिन्दा हरू लाई अन्योल बनाउने र घरबार विहीन बनाउने काम हुन…

Read More

 हवाइ आक्रमणमा  परि ११ सर्वसाधारणको मृत्यु

 हवाइ आक्रमणमा  परि  ११ सर्वसाधारणको मृत्यु

सिरियाली विद्रोहीको आधार इलाका मानिने अफ्रिन क्षेत्रबाट द्वन्द्वको पीडा सहन नसकी सुरक्षित स्थलतर्फ भाग्दै गरेका ११ जना सर्वसाधारण नागरिकमाथि टर्कीद्वारा शनिबार पुनः हवाई आक्रमण भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, टर्की नेतृत्वको सुरक्षाबलले कूर्दिस बाहुल्यता रहेको अफ्रिनमा शहर र वरपरका स्थानमा गरेको पछिल्लो आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियामा मानव अधिकार अनुगमन गरिरहेको उक्त संस्थाका अनुसार टर्कीद्वारा सिरियाली कूर्दिस लडाकूविरुद्ध जनवरी २० पछि चलाएको स्थल तथा हवाई सुरक्षा कारबाही परी २८० सर्वसाधारणले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश…

Read More

Breaking:आइसीसी विश्वकप छनोटमा नेपाल नेदरल्याण्ड्स संग पराजित

Breaking:आइसीसी विश्वकप छनोटमा नेपाल नेदरल्याण्ड्स संग पराजित

आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्ड्ससंग ४५ रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १ सय ९० रनको चुनौती पछ्याउने क्रममा ४४ ओभर ४ बलमा १४४ रनमै सिमित भयो। टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १८९ रन बनाएको थियो।  नेपालका ब्याट्स म्यानहरु आज सस्तैमै समेटिन पुगे । दपेन्द्रसिंह ऐरिले सर्वाधिक २५ रन कप्तान पारस खड्का २३ रनमै समेटिन पुगे भने सोमपालकामीले नेपालको लागि सर्वाधिक ३६ रन बनाएका थिए। नेपालका ओपनर ब्याट्स म्यान ज्ञानेन्द्र मल्ल ३ रनमै आउट भए भने रोहित पौडेल र शक्ति…

Read More

१४ तस्बिरमा टुडिखेलको घोडेजात्रा (फोटो फिचर)

१४ तस्बिरमा टुडिखेलको घोडेजात्रा (फोटो फिचर)

घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ । (फोटो फिचर)                      

Read More

राष्ट्रपतिविरोधी प्रदर्शनकारीहरू पक्राउ

राष्ट्रपतिविरोधी प्रदर्शनकारीहरू पक्राउ

माल्दिभ्समा राष्ट्रपतिविरुद्धका प्रदर्शनहरूमाथि लगाइएका प्रतिबन्धहरु तोड्दै विरोधमा उत्रिएका १ सय ४० भन्दा बढी मानिसलाई पक्राउ परेको त्यहाँको विपक्षी दलले बताएको छ। शनिवार बिहान केही घण्टा भएका प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको बिबिसीले जनाएको छ । तीन जना सांसदलाई पनि नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। विपक्षी दलका नेताहरुमाथि लगाइएको आपराधिक अभियोगहरू माल्दिभ्सको सर्वोच्च अदालतले खारेज गरिदिएपछि त्यहाँ फेब्रुअरीको शुरुवातदेखि राजनीतिक तनाव चर्किन पुगेको हो। त्यसपश्चात् राष्ट्रपति अब्दुल्लाह यामिनले संकटकालको घोषणा गरेका थिए। उनको त्यस्तो कदमको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको थियो।

Read More