विद्युत चोरीको आरोपमा वडाध्यक्ष यादवसहित १९ जना पक्राउ

विद्युत चोरीको आरोपमा वडाध्यक्ष यादवसहित १९ जना पक्राउ

 विद्युत चोरीको आरोपमा रौतहटमा एक वडाध्यक्षसहित १९ जनालाई पक्राउ गरिएको छ। घरको छेउ भएर गएको विद्युतको तारमा हुकिङ्ग गरेर विद्युत चोरी गरिरहेको आरोपमा रौतहटका कटहरिया नगरपालिका ७ का वडाध्यक्ष राम ईश्वर राय यादवसहित १९ जनालाई विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको छ। यादवसहित १९ जनालाई रौतहटको भिमडावर, पथरा, डुमरीया, मह्मदपुर, भसेडवा, पिपरीया, विर्तीबाट पक्राउ गरिएको विद्युत प्राधिकरण गौरका वितरण केन्द्र प्रमुख उमेश यादवले बताए। भिमडावरबाट वडा अध्यक्षसहित ६ जना विद्युत चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख यादवले बताएका छन्। पक्राउ परेका वडा अध्यक्षलाई ९ हजार रुपैया जरिवाना तिराइएको छ।…

Read More

BREAKING: १८ दिनपछि रेशम चौधरीले तोडे अनशन

BREAKING: १८ दिनपछि रेशम चौधरीले तोडे अनशन

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् । उनले १८ दिनपछि अनशन तोडेका हुन् । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।   गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् । अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर…

Read More

गुण्डा नाईके गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

गुण्डा नाईके गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेस काभ्रेले युवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ। रिपोर्टर्स क्लबमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरी लामालाई बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ गरी सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहाई गर्न माग गरेको छ। कांग्रेस जिल्ला सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए। षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै कांग्रेस काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे। उनले भने, ‘राज्य…

Read More

‘११ वर्षको उमेरदेखि राजनीति, २७ महिना कस्टडी’ खानेपानी मन्त्री मगरको जीवनी

‘११ वर्षको उमेरदेखि राजनीति, २७ महिना कस्टडी’ खानेपानी मन्त्री मगरको जीवनी

शुक्रबार केपी ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनको मन्त्री मण्डलमा ११ नया मन्त्री र ४ राज्यमन्त्री थपीएका छन् । उनको मन्त्रीमण्डलमा पहिलो पटक सुदूरपश्चिम अर्थात हालको प्रदेश ७ बाट एक जना महिला क्याविनेट मन्त्री बन्नु बनेकी छिन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र स्व. प्रकाश दाहालकी पत्नी समेत रहेकी माओवादी नेत्री एवं कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य बीना मगर सुदूरपश्चिमबाट पहिलो क्याविनेट मन्त्री बनेकी हुन् । सुदूरपश्चिमबाट यसअघि कुनैपनि सरकारमा महिला मन्त्री बनेका छैनन् । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको क्याविनेटमा द्वारिकादेवी ठकुरानी सहायक मन्त्री बनेकी थिइन ।…

Read More

विश्वकप छनोट: सातौँ स्थानको लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

विश्वकप छनोट: सातौँ स्थानको लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाको लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ । नेपालले विश्व क्रिकेट लिग लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेलेका दुई खेलमा एकमा जित र अर्को खेलमा हार ब्यहोरेको छ । २०१६ को अगस्ट १३ मा भएको पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपालले अगष्ट १५ मा भएको दोस्रो खेलमा १९ रनको जित निकालेको थियो । सातौं स्थानका लागि नेपाल र…

Read More

नेपालले पायो ७ जोडी घोडा सहयोग

नेपालले पायो ७ जोडी घोडा सहयोग

 भारतले नेपाली सेनालाई घोडा दिएको छ। शुक्रबार चितवन जिल्लाको भरतपुरस्थित सैनिक ईक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरेको विभिन्न जातका ७ वटा घोडाघोडीहरु भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एक समारोहबीच हस्तान्तरण गरेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हस्तान्तरण कार्यक्रमको दौरान प्रधान सेनापति क्षत्रीले यस प्रकारको सहयोगबाट नेपाली सेना र भारतीय सेनाको परापूर्वकालदेखि रही आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, यस सहयोगले बृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडीहरु नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने भएको हुँदा…

Read More

अरुले पकाएको नखाने भन्दै जिल्ला प्रहरी कार्यालयमै भोले बाबाको छुट्टै भान्सा

अरुले पकाएको नखाने भन्दै जिल्ला प्रहरी कार्यालयमै भोले बाबाको छुट्टै भान्सा

बोक्सी भन्दै युवती कुटेको अभियोगमा थुनामा रहेका मुख्य अभियुक्त भोले बाबा भनिने राम बहादुर चौधरीले जिल्ला प्रहरी कार्यालयमा खाना खान मानेका छैनन् । उनले अरुले पकाएको नखाने भन्दै हालसम्म खानाका रुपमा फलफुल मात्रै खाएको प्रहरीले जनाएको छ। अरुले पकाएको खान नमानेपछि चौधरीका लागि उनले आफै खाना पकाउने व्यवस्था गरेको प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए। बिहिवारदेखी चौधरीले आफै खाना पकाउन थालेको घिमिरेले बताए। प्रहरीले चौधरीका लागि अलग्गै स्टोभ, भाँडाकुडा चामल, दाल र तरकारीको व्यवस्था गरेको छ। पक्राउ परेदेखी फलफुल मात्रै खाएका चौधरीले बिहिवारदेखी आफै खाना पकाएर खान थालेका प्रहरीले जनाएको…

Read More

लामालाई रिहा गर्न माग

लामालाई रिहा गर्न माग

नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस काभ्रेका सभापति  मधु आचार्यले अाफ्नो पार्टीका निर्दोष नेतामाथि झुठो अारोप लगाएर पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका हुन् । ‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ,  यो दुःखद् भएको छ, ‘ उनले भने, ‘उहाँलाई स-सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’ सभापति अाचार्यले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरेका छन् । लामालार्इ प्रहरीले पिस्तोल र गोलीसहित पक्राउ गरी…

Read More

आगलागीमा परी १४ को मृत्यु

आगलागीमा परी १४ को मृत्यु

नयाँदिल्ली भारतको दक्षिणी राज्य तामिलनाडुमा भएको एउटा आगलागीको घटनामा परी १४ जनाको मृत्यु भएको छ । आगोमा परेर जलेका मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । अधिकांश कलेजका विद्यार्थी सहित आइतबार बेलुका झण्डै चालिस जना व्यक्ति पैदल यात्रामा रहेका बेला तामिलनाडुको थेनी जिल्लामा पर्ने कुराङ्गिनी पहाडमा आगलागी भएको हो । घटनास्थल राज्यको राजधानी चेन्नइदेखि झण्डै ५४० किलोमिटर टाढा पर्दछ । सुरुमा घटनास्थलमै मृत्यु भएका दश जनामध्ये सात जना महिला र तीन जना पुरुष रहेका थिए । अरु ३० जनालाई…

Read More

११ नवनियुक्त मन्त्रीहरुले लिए शपथ, को को भय मन्त्री ?

११ नवनियुक्त मन्त्रीहरुले लिए शपथ, को को भय मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रका मन्त्रीहरु थपेर शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । एमालेबाट मन्त्रीहुनेहरु प्रदिप ज्ञवाली – परराष्ट्रमन्त्री रविन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन गोकर्ण विष्ट – श्रम तथा रोजगार रघुवीर महासेठ – भौतिक पुर्वाधार तथा यातायात जगत विश्वकर्मा – युवा तथा खेलकुद शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय व्यवस्था एमालेबाट राज्य मन्त्री हुनेहरु गोकुल बास्कोटा –सन्चार तथा तथा सूचना प्रविधि पद्मा अर्याल – स्वास्थ्य तथा जनसंख्या धनबहादुर…

Read More