बेलायती प्रधानमन्त्रीद्वारा २३ रुसी कूटनीतिज्ञ देश निकाला

बेलायती प्रधानमन्त्रीद्वारा २३ रुसी कूटनीतिज्ञ देश निकाला

लण्डन बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्। यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। तर रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ। मेले दोषी मानिएका २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कार्यालयद्वारा जारी वक्तव्यमा…

Read More

 गुण्डा नाइके गणेश लामा पक्राउ

 गुण्डा नाइके गणेश लामा पक्राउ

 गुण्डा नाइके गणेश लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। उनलाई पेस्तोल र गोलीसहित गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल पशुपति भिजनमा गोली चलेपछि उनी पक्राउ परेका हुन्। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा…

Read More

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाद्वारा हातपात

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाद्वारा  हातपात

बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन। जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् । निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिनुभयो । बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महतासहित तीन, चारजनाले माइन्यूट च्यातेर आफूहरुमाथि हातपात गरेको शिवनाथ गाउँपालिका नायब सुब्बा वीरसिंह महताले जानकारी दिनुभयो । उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरिया, वडा नं ४ का वडाध्यक्ष…

Read More

७१ वर्षको उमेरमा सम्बन्धविच्छेद

७१ वर्षको उमेरमा सम्बन्धविच्छेद

लिबाङ । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गर्नुभएको हो ।…

Read More

अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यृ, २ गम्भीर घाइते

अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यृ, २ गम्भीर घाइते

अनिल पोखरेल , सप्तरी सिरहाको लहान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ४ पन्सेराका २२ वर्षीय सन्तोष सरदार र २३ वर्षीय श्याम चौधरी मृत्यु रहेका छन् । चार जना सवार अनटेष्ट मोटरसाईकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–३ रघुनाथपुर चोकमा रोकेर राखिएको ना ४ ख ३५० नम्बरको बसमा ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका चारै जनाको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरुकोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय…

Read More

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए । प्रहरीले घटनास्थलको मुचुल्का उठाएपनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन् ।

Read More

डिजेल, पेट्रोलको ढुवानी ठप्प

डिजेल, पेट्रोलको ढुवानी ठप्प

झापा पूर्वका ट्यांकर व्यवसायी तथा मजदुरहरुले बुधबारदेखी पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । पेट्रोलियम पदार्थ ढुवानी बन्द भएसँगै पूर्वमा पेट्रोल र डिजेल अभाव हुने देखिएको छ ।नेपाल आयल निगमले गरेको सहमती बमोजिम कार्य नभएको भन्दै ट्यांकरव्यवसायी तथा मजदुरहरुले आजबाट डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन् । भारतको सिलगुढीबाट झापासहित मेचीका विभिन्न पम्पहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्यांकर मजदुरहरुले आन्दोलित हुँदा पम्पहरुमा पेट्रोल, डिजेल अभाव हुन थालेको छ । ट्यांकर मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तरगतको ट्यांकर इकाई कार्यालय चारआलीले आजदेखि नेपाल आयल निगम अन्र्तगतका पम्पहरुमा सम्पूर्ण…

Read More

दुर्घटनामा दुईको मृत्यु, नौजना घाइते

दुर्घटनामा दुईको मृत्यु, नौजना घाइते

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा गएराति करिब १ बजे ना ६ ख १६९१ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार अन्य नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन् । दिपायलबाट धनगढी आउँदै गरेको उक्त बस गएराति १.०० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये डोटी जिल्ला लडागडा गाविसका ३५ वर्षीय महावीर कठायत र कैलाली जिल्ला…

Read More

शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने : दाहाल

शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताएका छन्। किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आयोजित ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले भने— ‘बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ।’ अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै ‘वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,’ भने। प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उनले भने- ‘प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ।’ अध्यक्ष…

Read More

एउटा यस्तो देश जहाँ करोडपतिलाई समेत बस्ने ठाउँ छैन

एउटा यस्तो देश जहाँ करोडपतिलाई समेत बस्ने ठाउँ छैन

विश्वको हरेक देशले धेरैथोरै पुँजीपतिलाई आफ्नो देशमा आउन, लगानी गर्न निम्ता दिन्छन् । पुँजीपतिहरूले आफ्नो देशमा लगानी गरून् र आफ्नो उन्नति हुन्छ भन्ने सोचाइ रहन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ पुँजीपतिदेखि अघाइसकेको छ । तपाईंहरू एक यस्तो देशको कल्पना गर्नुहोस्, जुन कुनै टोलभन्दा पनि सानो छ र यसको आकार केवल २ वर्ग किमि छ । यहाँका सडकहरू खुल्ला र शान्त छन् । गल्लीहरूमा फोहोर छैन । त्यहाँका बासिन्दाहरूले कुनै आयकर तिर्नु पर्दैन । यो एक यस्तो ठाउँ हो जहाँका कार रेस र डुङ्गा रेसमा मानिसहरू मन…

Read More