१. जेम्स ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो । तर १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान गरेर २० लाख मानिसको जीवन बचाए। २. ‘ग्रिन बे प्याकर्स’ नामक खेलका एक फ्यानले त्यस खेलको टिकट किन्न रगत बेच्ने गर्थे । पछि थाहा भयो, उनलाई रगतको एउटा नराम्रो रोग थियो, जुन रक्तदान गरेरमात्र निको हुन्थ्यो। ३. सन् १९९० को अन्त्यतिर इराकी तानाशाह सद्धाम हुसेनले आफ्नै रगतले कुरान लेख्ने योजना बनाए । तर मुस्लिम नेताहरु रणभूल्लमा परे ।…
Read MoreDay: March 6, 2018
रूसको सैन्य जहाज सिरियामा दुर्घटना, ३२ को मृत्यु
एजेन्सी – रूसको एक सैन्य जहाज सिरियामा दुर्घटनाग्रस्त भएको छ। रूसको रक्षा मन्त्रालयले जनाए अनुसार यो दुर्घटनामा कम्तिमा ३२ जनाको ज्यान गएको छ । दुर्घटनामा जहाजमा सवार २६ यात्री र चालक दलका ६ सदस्यको ज्यान गएको छ । रिया नोभोस्ती समाचार एजेन्सीको समाचार अनुसार यो दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक समाचार अनुसार रूसको यो सैन्य जहाज खमेमिम एयरबेसमा उतर्ने क्रममा दुर्घटनामा परेको हो । रूसले जनाए अनुसार जहाजलाई ‘दुष्मन’ ले निशाना बनाएका होइनन् । शुरुवाती जाँच अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी भएको खुलेको छ ।
Read Moreझापा गोल्डकप : टाइब्रेकरमा मनाङले पोखरालाई हरायो
मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखराको सहारा क्लब पोखरालाई टाइब्रेकर ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा सहाराका भीषण गुरुङ र मानबहादुर तामाङको प्रहार गोलमा परिणत नहुँदा मनाङको जित सम्भव भएको थियो। भीषणको प्रहार बाहिरिएको थियो भने मानबहादुरको प्रहारलाई मनाङका गोलरक्षक दिनेश थापामगरले रोकिदिएका थिए। सहाराका विजय श्रेष्ठ, रन्दीप पौडेल र विशव अधिकारीको प्रहारले मात्रै जाली चुमेको थियो।…
Read Moreकम्यूनिष्टलाई हराउने बिप्लब अब मुख्यमन्त्री बन्ने
भारतको त्रिपुरा राज्यमा सम्पन्न विधानसभा चुनावमा भारतीय कम्यूनिस्ट पार्टी माक्र्सवादीलाई पराजित गर्न सफल बीजेपीका प्रदेश अध्यक्ष बिप्लब कुमार देव प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । अगरतलामा भएको सहयोगी पार्टीसहित बीजेपीका विधायकको बैठकले बिप्लबलाई नेता चुनेको हो । आदिवासी समुदायका जिष्णु देव बर्मन उपमुख्यमन्त्री हुने भएका छन् । ८ मार्चमा मुख्यमन्त्रीको सपथ हुने बीजेपीका केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय मन्त्री नितिन गडकरीले बताए । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहको समेत उपस्थिति रहने समाचार भारतीय पत्रिका दैनिक भाष्करले प्रकाशित गरेको छ । त्रिपुराको उदयपुरमा जन्मिएका बिप्लबले पश्चिम त्रिपुराको…
Read Moreमुख्यमन्त्री भट्टलाई विश्वासको मत
सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत पाएका छन् । प्रदेश नम्बर ७ को संसदमा भएको मतदानमा मुख्यमन्त्री भट्टले ३८ पक्षमा र १० मत विपक्षमा पाएका हुन् । ५३ जना सांसद रहेको यो प्रदेशमा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री भट्टलाई २७ मत आवश्यक पर्ने थियो । विश्वासको मतका लागि संसदमा भट्टलाई माओवादी सांसद वीरमान चौधरीले प्रस्ताव र एमाले सांसद तारा लामा तामाङले समर्थन गरेका थिए । मंगलबारको संसद बैठकमा कांग्रेसका चार जना सांसद उपस्थित थिएनन् ।
Read Moreटीकापुर हत्याकाण्डका अभियुक्तलाई प्लेन चढाएर धनगढी
कैलालीको टीकापुरका करन थापाको हत्यामा संलग्न रहेको आरोपमा सोमबार काठमाडौंको बालाजुबाट पक्राउ परेका दुई युवकलाई आज हवाई जहाँज चढाएर धनगढी लगिएको छ । पक्राउ परेका टिकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई मंगलबार हवाई जहाँज मार्फत धनगढी ल्याइएको कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए । प्रारम्भीक बयानमा उनिहरुले हत्या गरेको स्वीकार गरेका प्रहरी श्रोतले जनाएको छ । हत्यामा प्रयोग भएको खुकुरी फेला पार्न नसकिए पनि घटनाका केहि महत्वपुर्ण प्रमाण फेला पारेको प्रहरीले जनाएको छ । हवाई जहाँज मार्फत आज धनगढी ल्याएको दुबै जनालाई भोली म्याद थपका लागि अदालतमा पेस गरीने…
Read Moreचीनले बढायो रक्षा बजेट, खतरा भारतलाई कि अमेरिकालाई ?
आगामी वर्षका लागि चीनले रक्षा बजेट आठ प्रतिशतल बढाएको छ । उसले आफ्नो सेनामा १.११ खर्ब युआन खर्च गर्ने भएको छ । भारतको समाचार संस्था पीटीआईका अनुसार, चीनले सेनाको आधुनिकीकरणका लागि भारतले भन्दा तीन गुणा बढी रकम खर्च गर्दैछ । भारतले ताजा बजेटमा रक्षा क्षेत्रका लागि ४६ अर्ब डलर छुट्ट्याएको छ । भारतको तुलनामा चीनको रकम निकै ठूलो हो । अहिले एक युआनबराबर १०.२६ भारु हुन्छ । यसबाट पनि रकम कति ठूलो हो भनी अन्दाज लगाउन सकिन्छ । चीनले पछिल्लो वर्षको तुलनामा रक्षा बजेट आठ प्रतिशतले बढाएको छ । बेइजिङमा…
Read Moreडा केसीलाई अदालत उपस्थित हुन फेरी आदेश
प्रधानन्यायाधीश गोपाल पराजुलीले अवहेलना मुद्दामा डा गोविन्द केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका छन्। प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा प्रश्न उठाइरहेका डा केसीविरुद्ध परेको अवहेलना मुद्दाको आफ्नै इजलाशमा सुनुवाई गर्दै प्रधानन्यायाधीश पराजुलीले डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका हुन्। आफू संलग्न भएको विवाद सम्बन्धी मुद्दाको सुनुवाई नगर्ने चलन भए पनि प्रधानन्यायाधीश पराजुलीले केसीको मुद्दामा आदेश जारी गरेका हु्न्। पराजुलीले यसअघि चार नागरिकताका विषयमा लेखिएको कान्तिपुरको समाचार विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा पनि आफ्नै इजलाशमा पेशी राखेर आदेश गरेका थिए। आफू झगडिया भएको विषयमा मुद्दा नहेर्ने…
Read Moreघर छेउको नहरमा दुई वर्षीया बालिकाको शव फेला
सप्तरीको सप्तकोशी नगरपालिका–४मा रहेको नहरमा एक बालिकाको शव फेला परेको छ । सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । यसैबीच मृतकको शव पोस्टमार्टमका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Read More‘ह्यप्पी बर्थ डे माधव’ स्थायी कमिटी बैठकमा सेलिव्रेशन’
माधवकुमार नेपालले स्थायी कमिटी बैठकमा आफ्नो ६५ औं जन्मदिन मनाएका छन् ।प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई सरप्राइज दिनु भएको छ । राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समितिको बैठक बस्न सबै नेता भेला भएका थिए । बैठक शुरु गर्ने तरखर गर्दै गर्दा प्रधानमन्त्री ओलीले एकैछिन है भन्दै आफ्ना सहयोगीलाई इशारा गरे । सबै नेता एकैछिन अक्क न बक्क भए । यति ठुलो बैठकमा के गर्न लागे प्रधानमन्त्रीले भन्दै सबै नेता मुखामुख गर्दै थिए । सो कुरा टुगिंन नपाउदै भित्रबाट केक लिएर आए ।…
Read More