अमेरिकामा ग्यास स्टेशनमा कार्यरत एक नेपालीको हत्या

अमेरिकामा ग्यास स्टेशनमा कार्यरत एक नेपालीको हत्या

अमेरिकाको ड्यालसमा ग्यास स्टेशनमा भएको लुटपाटमा नेपालका मनीष पाण्डेको हत्या भएको छ । अमेरिकाको ड्यालस मर्निंग न्यूजका अनुसार ब्रोडवेमा रहेको ग्यास स्टेशनमा शनिबार राति भएको लुटपाटमा ३५ वर्षीय पाण्डेको निधन भएको हो । आफ्नै मामाले सञ्चालन गरेको ग्यास स्टेसनमा कार्यरत पाण्डेलाई मध्यरातमा लुटेराहरुले गोली हानेर हत्या गरेको समाचारमा उल्लेख छ । सिसी क्यामेरामा कैद भएको भिडियोमा कालो बर्णका दुई व्यक्तिले लुट्न खोज्दा पाण्डेले प्रतिरक्षा गरेपछि गोली हानेर हत्या गरेको देखिएको छ । नियमित समयअनुसार मध्यराती बन्द गर्न लागिएको स्टेशनमा लुटेरा छिरेको देखिएको छ । मृतक नेपाली केही समय अघिमात्र नेपाल…

Read More

अब काठमाण्डौमा रेलजस्तै गाडी गुड्ने, जाईकाको नयाँ प्रस्ताव

अब काठमाण्डौमा रेलजस्तै गाडी गुड्ने, जाईकाको नयाँ प्रस्ताव

नेपालमा रेल मनोरेलको चर्चा चलिरहेका बेला राजधानीको बढ्दो ट्राफिक जामको विकल्पको रुपमा जापानी सहयोग नियोग (जाइका)ले नयाँ बिकल्प अघि सारेको छ । विभिन्न खाले चर्चाका बीच जाईकाले अघि सारेको अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) प्रणालीको अवधारणाले मुर्त रुप पाए अब विभिन्न बिकसित मुलुकमा प्रयोग भएको स्वचालित यातायात प्रणालीमार्फत राजधानीमा रेलजस्तै बसले सेवा दिनेछन । , एजीटी । मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली काठमाडौंजस्तो भूगोलमा उपयुक्त हुने जाइकाको सुझाव छ । यो प्रणाली अन्र्तगत शक्तिशाली इन्जिनयुक्त गाडीमा रेलका जस्तै डिब्बाहरु जोडेर चलाउन सकिने छ । तर त्यसका लागि रेलको लिकजस्तै…

Read More

शुरु भयो ६ नम्बर प्रदेशमा एमाले माओवादी केन्द्र नेतृत्वको बिवाद

शुरु भयो ६ नम्बर प्रदेशमा एमाले माओवादी केन्द्र नेतृत्वको बिवाद

नेकपा एमाले र माओवादीबीच प्रदेश नम्बर ६ को नेतृत्वलाई लिएर बिवाद बढ्ने देखिएको छ । एमाले ६ नम्वर प्रदेश संसदीय दलको सोमबार बसेको बैठकको निष्र्कषले एमाले र माओवादी केन्द्रबीचको बिवाद चुलिने देखिएको हो । दलको बैठकका अधिकांश वक्ताहरुले प्रदेश ६ मा एकल सरकार बनाउने सिट एमालेबाटै भएको अवस्थामा नेतृत्व माओवादीलाई दिननसकिने निर्णय गरेकाले यस्तो अवस्था आएको हो । ४० सदस्यीय प्रदेशसभामा एमालेबाट २० जना निर्वा्चित भएको अवस्थामा माओवादी केन्द्रले माग गरेको प्रदेश ६ को नेतृत्व दिन नसक्ने अवस्था आएको एमाले नेताहरुले बताएका छन । प्रदेशसभाको राम्रो जित १३ सिट हात…

Read More

मकवानपुर कैलाशका ७० घर चेपाङलाई न्यानो कपडा वितरण

मकवानपुर कैलाशका ७० घर चेपाङलाई न्यानो कपडा वितरण

जाडोमा न्यानो अभियान अन्तर्गत सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय युवाहरुको एक समुहले मकवानपुरमा ७० घर चेपाङ तथा दलित परिवारलाई न्यानो कपडा वितरण गरेको छ । आईतबार युथ फर सोसियल चेन्ज, हेल्पिङ हेन्डस् र हामी सक्षम नेपाली नामक सक्रिय युवाहरुको समुहले कैलाश गाँउपालिकाको ९ र १० वार्डमा न्यानो कपडा वितरण गरिएको हो । जाडोका कारण धैरैको मृत्यु तथा विरामी परेको समाचारपछि समुहले ब्ल्याङ्केट, पछ्यौरा टोपी लगाएतका न्यानो सामाग्री वितरण गरेको युथ फर सोसियल चेन्जकीसंयोजक सृजना तामाङले जानकारी दिनुभयो । स्थानीय समाजसेवी कृष्ण बहादुर बिष्ट मार्फत न्यानो कपडा हस्तान्तरण कार्यक्रममा स्थानीय चेपाङ…

Read More

३ गाडी र दर्जन मोटरसाइकल भएका मेयरलाई ६९ लाखको नयाँ गाडी

३ गाडी र दर्जन मोटरसाइकल भएका मेयरलाई ६९ लाखको नयाँ गाडी

धरान । धरान उपमहानगरपालिका प्रमुख (मेयर) तारा सुब्बा फेरि विवादमा तानिएका छन् । मेयर भएलगत्तै भुमाफियाको सम्मान थापेर विवादमा तानिएका उनी दोस्रो पटक एमाले नेता पत्नीलाई विनाप्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिए। तेस्रोपटक मेयर सुब्बाले झण्डै ६९ लाखको गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएपछि विवादमा तानिएका छन् । धरान उपमहानगरपालिकामा तीनवटा गाडी र दर्जन बढी मोटरसाइकललगायत सवारी साधन हुँदाहुँदै मेयर सुब्बाले आफू चढ्नका लागि ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको टाटा कम्पनीको हेक्सा गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएका छन्। एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले…

Read More

कश्मिरमा भिडन्त चर्किंदै : १६ जनाको मृत्युु , ४० हजार गाउँलेलाई हटाइयो

कश्मिरमा भिडन्त चर्किंदै : १६ जनाको मृत्युु , ४० हजार गाउँलेलाई हटाइयो

भारतीय र पाकिस्तानी सेनाबीच जम्मु कश्मिरस्थित सिमानामा भिडन्त चर्किएपछि ४० हजार गाउँलेलाई हटाइएको छ । आइतवार रातिदेखि सोमवार बिहानसम्म दुवै पक्षबाट लाइन अफ कन्ट्रोलमा गोलाबारी भएपछि त्यहाँबाट ४० हजार गाउँलेलाई हटाइएको हो । भारतीय सीमा सुरक्षा बललाई उधृत गर्दै प्रकाशित भएका समाचार अनुसार आइतवार रातिबाट भएको गोलाबारीमा मानवीय हताहत भने भएको छैन। भिडन्त चर्किँदै गएपछि सिमानामा जोडिएका गाउँबाट ४० हजार गाउँलेलाई हटाइएको छ। उनीहरुलाई भारतीय सेनाले सेल्ट होम र अर्को गाउँमा सारेको हो । बिहीबारबाट भएको भिडन्तमा हालसम्म ५ भारतीय सेना, चार पाक सेना र ७ भारतीय सर्वसाधरणले ज्यान गुमाएका…

Read More

घाइते प्रहरी जवान बोकेर उडेको सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

घाइते प्रहरी जवान बोकेर उडेको सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

डोटी । नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।   डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि पाइलट प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराएका हुन् । आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो…

Read More

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

–रमेश लम्साल माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गर्नुभएको हो । आयोजना प्रमुख जोशीका अनुसार सम्झौतालगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु हुनेछ । सम्झौताबमोजिम आगामी दुई वर्षभित्र उक्त प्रतिवेदन तयार पार्नुपर्नेछ । त्यसका लागि रु एक अर्ब ३१ करोड ३० लाख खर्च लाग्नेछ । विश्व बैंकले…

Read More

उत्तर सिरियाका कैयौँ गाउँहरु टर्कीको नियन्त्रणमा

उत्तर सिरियाका कैयौँ गाउँहरु टर्कीको नियन्त्रणमा

टर्कीबाट प्राप्त विवरणहरुमा भनिएको छ – कुर्द लडाकुहरुलाई धपाउन टर्कीले थालेको सैन्य कारवाहीको तेस्रो दिनमा उसले उत्तर सिरियामा रहेका कैयौँ गाउँहरु नियन्त्रणमा लिएको छ। तर कुर्द लडाकुहरुले पछि दुई वटा गाउँहरु आफूहरुले पुनः नियन्त्रणमा लिएको बताएका छन्। सोमबार अफ्रिन क्षेत्रमा रहेका शंकाल, कोर्ने, बाली र अदाह मान्ली गाउँहरु तथा किता, कोर्दो र बिब्नोसहितका गाम्रीण भेगहरु टर्कीको सैन्यले आफ्नो कब्जामा लिएको टर्कीको राज्य-संचालित अनादोलु समाचार संस्थाले जनाएको छ। तर ब्रिटेनस्थित पर्यवेक्षण संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ केही समयसम्म दुई पक्षबीच चलेको भीषण लडाईँका क्रममा वाईपीजीले ती दुई गाउँहरुबाट…

Read More

रिहाको आदेश भएलगत्तै फेरि पक्राउ परे युवती बेच्ने वार्डअध्यक्ष

रिहाको आदेश भएलगत्तै फेरि पक्राउ परे युवती बेच्ने वार्डअध्यक्ष

चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । भारतको बम्बईमा आफ्नै कोठी सञ्चालन गरेर दुई सय नेपाली महिला बेचबिखन गरेको अभियोग तामाङमाथि लागेको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्बन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ…

Read More