महानगरमा विकास निर्माणले गति लियो

महानगरमा विकास निर्माणले गति लियो

काठमाडौँ । वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ । काठमाडौँ वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको कामले गति लिएको बताउनु भएको हो । महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । ती आयोजनाका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन गरिएको छ । “जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ”–उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी निर्माण, निर्माण सामग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका…

Read More

युवा नीति कार्यान्वयनमा जोडदिनुपर्छः मन्त्री केसी

युवा नीति कार्यान्वयनमा जोडदिनुपर्छः मन्त्री केसी

काठमाडौँ | युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा सशक्तीकरणका लागि युवा नीतिलाई अझ प्रभावकारी कार्यान्वयनमा ल्याउन निर्दशन दिनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित “युवा विकासमा कार्यारत गैरसकारी संस्थाका प्रतिनिधिको समन्वय बैठक” मा उहाँले स्वदेशभित्र नै युवाका सीप, दक्षताअनुसारको प्रतिभा विकास गर्न युवा नीतिले सहयोग पुग्ने हुँदा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । मन्त्री केसीले मन्त्रालयले युवा परिषद्मार्फत युवाका कार्यक्रम सञ्चालनमा ल्याइरहेको चर्चा गर्दै संघीय संचनाअनुसार परिषद् विस्तार हुनुपर्ने, युवा लक्षित कार्यक्रमलाई उत्पादन र श्रमसँग जोड्न पनि मातहतका निकायलाई निर्देशन दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयका…

Read More

गोरखामा एक बोरा सुतली बम फेला

गोरखामा एक बोरा सुतली बम फेला

गोरखा। गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ। बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले बिहीबार दिउँसो प्रहरीलाई खबर गरेका थिए। पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममाः बोरामा फेला परेको सो बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय बनाइने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

Read More

काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो : गच्छदार

काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो : गच्छदार

इनरुवा । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनु भएको छ । सुनसरीको दुहवीभलुवा नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रम उहाँले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो । सुनसरी क्षेत्र नं ३ मा काँग्रेसका तर्फबाट उमेदवार रहनु भएका उपप्रधानमन्त्री गच्छदारले काँग्रेसको जित आफ्नो मात्र जित नभई सम्पूर्ण जनताको जित हुने बताउनुभयो । सो अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट काँग्रेसमा प्रवेश गरेकालाई उहाँले स्वागत गर्नुभएको थियो ।

Read More

प्रचण्ड भोलिदेखि चुनावी अभियानमा सहभागी हुने

प्रचण्ड भोलिदेखि चुनावी अभियानमा सहभागी हुने

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो । तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।” अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना…

Read More

बिना मगरले खोलिन प्रकाश दाहाल मृत्यु प्रकरणको भित्रि रहस्य

बिना मगरले खोलिन प्रकाश दाहाल मृत्यु प्रकरणको भित्रि रहस्य

हृदयघातका कारण आईतबार ३६ वर्षको अल्पायुमै निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनले सिङ्गो जनमानसमा शंका पैदा भएको छ । व्यक्ति पिच्छे उनको निधनले दुःख मनाउने देखी मृत्युको रहस्या खोतल्नेहरुका फरक फरक कुरा सुनिदै आएका छन् । प्रकाश दाहालकी कान्छी श्रीमती बिनाले आफू निर्वाचनमा उम्मेदवार भएका कारण उनको निधन भएको बताएकी छिन् । उनले भनिन यदि म उम्मेदवार नभएको भए पतिको रेखदेख हुन्थ्यो उनको उपचार हुन नपाएर मृत्यु हुने अवस्था आउँदैन थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र…

Read More

पूर्वमन्त्रीहरुलाई साख जोगाउने चुनौती

पूर्वमन्त्रीहरुलाई साख जोगाउने चुनौती

त्रिशूली  । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ । आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा. रामशरण महतलाई यो पटकको निर्वाचनमा विजय प्राप्त गर्न ठूलो परिश्रम गर्नु परिरहेको छ । यस्तै नुवाकोटको राजनीतिमा विसं २०३८ बाट निरन्तर उम्मेदवार बन्दै आएका अर्जुननरसिंह केसीलाई वाम गठबन्धनले यो निर्वाचन सकसपूर्ण बनाएको छ । केन्द्रीय…

Read More

‘वाम सरकारले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

‘वाम सरकारले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

त्रिशूली | नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ । नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले कसैले कुनै पनि भविष्यसम्म एकढिक्का भएर अघि बढ्न कार्यकर्तामा आग्रह गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नुभयो । वाम गठबन्धनको सरकारले मात्र देशका विद्यमान समस्याको समाधान गर्ने बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितका समतामूलक समाज निर्माण गर्ने, सबै जनतालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, विदेशी…

Read More

सरकारले आचारसंहिता उल्लंघन गरेको खनालको आरोप

सरकारले आचारसंहिता उल्लंघन गरेको खनालको आरोप

इलाम | नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आचारसंहिता पालन गर्नुपर्ने सरकारले नै आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउनुभएको छ । इलामको मावुमा आज चुनावीसभालाई सम्बोधन गर्दै उहाँले प्रहरीको सरूवा, बढुवा गरेर सरकार धमाधम आचारसंहिता उल्लंघन गर्न उद्धत रहेको बताउनुभयो । आफू सरकारमा हुँदा इलाममा राम्रा काम गरेको र राष्ट्रिय महत्वका योजना ल्याएको दाबी गर्दै उहाँले करोडौँका योजनाबाट जिल्लामा धेरै विकास भएको उल्लेख गर्नुभयो । “मावु आफैँमा सुन्दर छ, अझ सुन्दर पार्न पर्यटकीय सम्भावना भएका स्थानमा लगानी गर्छु”–उहाँले भन्नुभयो । वाम गठबन्धनको एकताबाट देशमा स्थायित्व कायम हुने नेता खनालले बताउनुभयो । “हाम्रो…

Read More

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ | विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औँ स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औँ स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औँ स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २००आँै स्थानमा छ । विश्व बरियतामा जर्मनी…

Read More