हुक्क हुक्क गरेर रोईरहेकी पत्नीलाई मञ्चमै प्रचण्डले यसरी सम्झाए

हुक्क हुक्क गरेर रोईरहेकी पत्नीलाई मञ्चमै प्रचण्डले यसरी सम्झाए

चितवनमा मंगलबार सम्पन्न भएको वाम गठबन्धनको संयुक्त सभा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरुको सहभागितामा सम्पन्न भएको छ । त्यसैपनि चितवनको क्षेत्र नम्बर ३ प्रचण्डका कारण चर्चामा रहेको क्षेत्र हो । र प्रचण्ड पुत्र प्रकाश दाहालको निधन पछि पहिलो पटक त्यस क्षेत्रमा सभा भएकाले पनि सबैको चासोको विषय बनेको थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनु परे पनि मंगलबार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, उनी र परिवारका सदस्य निकै ठूलो पीडामा देखिन्थे । चितवनको आमसभामा सहभागी हुन प्रचण्ड पत्नी सीता, छोरीहरू, बुहारी र नातीनातिनासहित मंगलबार…

Read More

पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ | पूर्वराष्ट्रपति डा रामवरण यादवले चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । त्यस्तै आजै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि नेता निधि सोमबार अस्पताल भर्ना हुनुभएको थियो ।

Read More

अन्ततः जिम्बाब्वेका राष्ट्रपतिले राजीनामा दिए, राजधानीका सडकमा नाचगान

अन्ततः जिम्बाब्वेका राष्ट्रपतिले राजीनामा दिए, राजधानीका सडकमा नाचगान

जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजिनामा दिएका छन् । ९३ वर्षिय राष्ट्रपतिले आफ्नो पदबाट राजीनामा दिएको त्यहाँको संसदका सभामुखले बताएका छन् । उनले राजिनामा दिएसँगै उनिबिरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको बीबीसीले जनाएको छ। सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलबार अपरान्ह आफ्नो पदबाट राजीनामा दिएका हुन्। जिम्बाब्वेको संसदका सभामुखले उनको राजीनामा पत्र संसदमा पढेर सुनाएपछि सांसदहरुले खुसियाली मनाएका थिए। राजधानी हरारेका सडकहरुमा मानिसहरुले नाचगान गरिरहेका छन्।

Read More

महागढीमाईका मुसहर भन्छन्ः लिखित प्रतिबद्धता गर्नेलाई भोट

महागढीमाईका मुसहर भन्छन्ः लिखित प्रतिबद्धता गर्नेलाई भोट

वीरगञ्ज । बारा जिल्लाको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको तेलकुवा मुसहरबस्तीका ७० वर्षीय वृद्ध तनु माझीलाई मंसिर २१ गते हुन गइरहेको निर्वाचनप्रति खासै चासो छैन । माझीको चुनावप्रति चासो नदेखिनु पनि स्वाभाविक छ । लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठूला परिवर्तन भए तर तेलकुवाका मुसहरबस्तीमा भने कुनै परिवर्तन आएन । निर्वाचनका बेला सो बस्तीमा नेता आएर भोट माग्छ र जितेर जान्छ तर, फर्केर आउँदैनन् । “हाम्रो अवस्था जस्ताको त्यस्तै रहेको छ,” माझीले पीडा पोखे – “अब त उधारोमा होइन जुन उम्मेदवारले लिखित प्रतिबद्धता गर्छ त्यसलाई नै भोट हाल्ने हो ।” एक सय ६० घरधुरी…

Read More

एक मस्जीदमा भएको आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु

एक मस्जीदमा भएको आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ । बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताए । अबुवाकरले भन्नुभयो, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ ।” बिहानको प्रार्थनाको समयमा मानिसहरु मस्जिदमा भेला भएका बेला आक्रमणकारीले बम पड्काएका थिए । फ्रान्सको राज्य सञ्चालित समाचार संस्था (एएफपी) लाई एक…

Read More

चुनावपछि राजपा–फोरम पार्टी एकता : अध्यक्ष यादव

चुनावपछि राजपा–फोरम पार्टी एकता : अध्यक्ष यादव

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताएका छन् । राजविराजमा आज रासससँग कुराकानी गर्दै उनले भने – “ यसको सफलतापछि पार्टी एकताको प्रक्रियालाई पनि अगाडि बढाइने छ ।” अध्यक्ष यादबले संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेशीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबी गरे। मधेसको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै उनले मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार…

Read More

विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक: राज्यमन्त्री विष्ट

विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक: राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पश्चिम सुर्खेतको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक परेको बताउनुभएको छ । सुर्खेतको बराहताल गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं २ को (ख) का उम्मेदवार समेत रहनुभएका उहाँले आफूले थालेका अधुरा कामलाई पूरा गर्न फेरि एकपटक निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो । आफू निर्वाचित भएपछि पश्चिम सुर्खेतमा थुप्रै विकासका काम भएको जिकिर गर्दै राज्यमन्त्री विष्टले यस क्षेत्रबाट पुनः निर्वाचित भएमा थप विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुर्खेत क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री हृदयराम थानीले जिल्लाको विकासका लागि काँग्रेसलाई जिताउन…

Read More

काँग्रेसको प्रचार टोलीमाथि फेरी बम प्रहार

काँग्रेसको प्रचार टोलीमाथि फेरी बम प्रहार

बागलुङ । चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेको बेला बम प्रहार भएको हो । नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । सोही स्थानमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेका थिए । आज भएको बम विस्फोटमा संलग्नको पहिचान नभए पनि…

Read More

केशव स्थापित घुससहित पक्राउ, विशेष अदालतमा मुद्धा दायर

केशव स्थापित घुससहित पक्राउ, विशेष अदालतमा मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभाग, करदाता सेवा कार्यालय, पुतली सडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगरविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । ६ हजार रुपैयाँ घुस रकम लिएको अभियोगमा मंगलबार अख्तियारले उनि विरुद्ध मुद्धा दायर गरेको हो । नियमअनुरुप सेवाग्राहीको स्थायी लेखा नम्बर दर्ता खारेज नगरी सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा अख्तियार टोलीले स्थापितलाई रंगेहात पक्राउ गरी हिरासतमा लिएको थियो । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुरुप जेल सजाय र जरिवाना माग गरेको छ ।

Read More

धरौटी रकम तिर्न नसक्दा कर फर्स्योट अयोगका अध्यक्ष र सदस्य जेल चलान

धरौटी रकम तिर्न नसक्दा कर फर्स्योट अयोगका अध्यक्ष र सदस्य जेल चलान

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका दुई चार्टर्ड एकाउन्टेन्ट (सिए) लुम्बध्वज महत र उमेश ढकाल जेल चलान भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा बसेर भ्रष्टाचार गरेको आरोपमा उनिहरलाई पक्राउ गरेको थियो । उनिहरले धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् । महत कर फर्स्योट आयोगका अध्यक्ष रहेका थिए भने ढकाल सदस्य हुन्। मंगलबार विशेष अदालतमा धरौटीमा छोड्ने नछोड्ने बहस हुँदा उनीहरुसँग एक एक करोड धरौटी रकम माग गरिएको थियो । माग गरिएको धरौटी रकम बुझाउन नसकेपछि महत र ढकाललाई सरद खोर डिल्लीबजार चलान गरिएको छ।…

Read More