बागलुङ बजारमा बम बिस्फोटको आशंका, लोकेशन खोज्दै प्रहरी

बागलुङ बजारमा बम बिस्फोटको आशंका, लोकेशन खोज्दै प्रहरी

राजेशचन्द्र राजभण्डारी, बागलुङ । बागलुङ बजारमा बम बिस्फोटको आशंका गरिएको छ । बम बिस्फोटको आशंकामा प्रहरी टोली घटनास्थल खोज्न निस्केको छ । राति ११ बजे बागलुङ बजारको महेन्द्र पथ आसपासको क्षेत्रमा ठूलो आवाज सहित बम बिस्फोटको आशंकामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । स्थानीयले दिएको जानकारी पछि बागलुङ प्रहरीका एसपी चन्द्र कुवेर खापुङको नेतृत्वको टोली अहिले घटनास्थल तर्फ गएको छ । बम बिस्फोटकै आशंका भएपनि घटनास्थल यकिन नभएको बागलुङ प्रहरीका एसपी चन्द्र कुवेर खापुङले टिभी अन्नपूर्णलाई जानकारी दिए ।

Read More

टोरन्टो करातेमा नेपालकी यानकुमारीले स्वर्ण जितिन्

टोरन्टो करातेमा नेपालकी यानकुमारीले स्वर्ण जितिन्

काठमाडौँ | क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले आज स्वर्ण पदक जितेकी छिन् । क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् । नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए । महिला ४९ केजीमा रेजिना (क्यानाडा) तथा ६२ केजी मुनि ज्ञानी ९क्युवा०का खेलाडीसँग पराजित भएका हुन्…

Read More

प्रचण्डले भने म त देश र जनता सम्झेर सम्हालिन सक्छु, परिवारलाई सम्झाउन गाह्रो (भिडियो)

प्रचण्डले भने म त देश र जनता सम्झेर सम्हालिन सक्छु, परिवारलाई सम्झाउन गाह्रो (भिडियो)

काठमाडौं । प्रकाश दाहालको निधन पछि अहिले दाहाल परिवार गहिरो शोकमा छ । छोरा प्रकाशको निधन पछि सोमबार छोटो प्रतिकृया दिँदै प्रचण्डले पुत्र वियोगमा आफु जसो तसो सम्हालिन खाजेपनि परिवारका सदस्यहरुलाई सम्हाल्न गाह्रो भएको बताएका छन् । छोराको निधनपछि पहिलो पटक कुरा गर्दै प्रचण्डले भने मैले त देश र जनता सम्झेर आफुलाई सम्हालेको छु तर परिवारलाई सम्हाल्न धेरै गाह्रो भएको छ । आफूलाई भेट्न सोमबार बिहान लाजिम्पाटस्थित निवास आएकाहरुलाई उनले भने, ‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ ।…

Read More

विभिन्न जिल्लाबाट विप्लवका १० कार्यकर्ता पक्राउ

विभिन्न जिल्लाबाट विप्लवका १० कार्यकर्ता पक्राउ

काठमाडौँ | निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द विप्लव समूहका १० कार्यकर्ता पक्राउ परेका छन् । तेह्रथुम, संखुवासभा र मोरङ जिल्लाबाट ती कार्यकर्ता पक्राउ परेका हुन् । तेह्रथुमबा६ निर्वाचन विरोधी गतिविधि गर्ने तीन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मतदाता र उम्मेदवारलाई प्रभावित पार्न सक्ने सम्भावित जोखिमलाई हेरेर माओवादी कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा आठराई गाउँपालिका–६, का शशी ठटाल, फेदाप गाउँपालिका–१ का रामकृष्ण रिजाल र गौरीप्रसाद सापकोटा छन् । संखुवासभाबाट प्रहरीले दुईजना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न भागबाट…

Read More

नौ बर्षदेखि कोमामा रहेका पुर्वमन्त्रीको निधन

नौ बर्षदेखि कोमामा रहेका पुर्वमन्त्रीको निधन

नयाँदिल्ली | विगत नौ बर्षदेखि कोमामा रहनु भएका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो । “उहाँको स्थानीय समय अनुसार दिउसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ । भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।…

Read More

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना

काठमाडौं । छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छातीरोग विशेषज्ञ डा.सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । निधि सोमबार अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार नै काठमाडौं आएका थिए । मंसिर २१ गते हुने…

Read More

मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य

मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताउनुभएको छ । आगामी वर्ष नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आज यहाँ आउनुभएका सदस्य सचिव विष्टले भन्नुभयो – ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।” “हामीलाई अहिले १३ आंँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा…

Read More

अमेरिकी दूतावासले भन्यो: चुनावमा अवरोध पुर्‍याउने प्रयासको निन्दा गर्छौं

अमेरिकी दूतावासले भन्यो: चुनावमा अवरोध पुर्‍याउने प्रयासको निन्दा गर्छौं

स्थानीय तहको तीनै चरणका निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको निर्वाचनमा उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता प्रकट गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छौं।’ ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह गर्दछौँ, हिंसाको डर त्रासविना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो’विज्ञप्तिमा भनिएको छ। नेपालको कानुन र संविधानमा व्यवस्था भए बमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा…

Read More

डिजिटल नबनाए टिभी च्यानल बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

डिजिटल नबनाए टिभी च्यानल बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं | सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले सोमबार यही मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरीएको हो । छलफलका लागि दुई पक्षलाई १५ गतेका लागि बोलाउने आदेशसमेत गरेको छ । सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध आइतबार राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा रिट निवेदन दायर गरिएको थियो । सरकारको…

Read More

चिट काण्डपछि स्थगित एमबिबिएसको प्रवेश परिक्षा १६ गते

चिट काण्डपछि स्थगित एमबिबिएसको प्रवेश परिक्षा १६ गते

काठमाडौं । चिट काण्डपछि स्थगित एमबिबिएसको प्रवेश परिक्षा यहि मंसिर १६ गते हुने भएको छ । त्रिविको कार्यकारी परिषदको निर्देशन अनुसार एमबिबिएसको प्रवेश परीक्षा मंसिर १६ गते गर्ने निर्णय भएको चिकित्सा शिक्षा अध्ययन संस्थान आइओमएमको एमबिबिएस प्रवेश परीक्षा सञ्चालन समितिले जनाएको छ । गएको असोज २८ गते लिएको प्रवेश परीक्षामा विद्युतीय डिभाइसको प्रयोग गरेर चिट चोराइएको र परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि त्रिवि कार्यकारी परिषदले परीक्षा रद्द गरेर पुनः परीक्षा गर्न निर्देशन दिएको थियो ।

Read More