माओवादी केन्द्रका उम्मेदवार नै काँग्रेस प्रवेश

माओवादी केन्द्रका उम्मेदवार नै काँग्रेस प्रवेश

डडेल्धुरा । डडेल्धुरामा नेकपा माओवादी केन्द्रका उम्मेदवार काँग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट उम्मेदवार बनेका जगत पार्की काँग्रेस प्रवेश गरेका हुन् । आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका ४ घरेलुमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन् । देउवाले कांग्रेसको सदस्यता र टिका लगाएर प्रवेश गरेका हुन् । पार्की यस अघिको स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव लडेका थिए । उनी कांग्रेस उम्मेदवार वलबहादुर गुरुङसंग पराजित भएका थिए । कम्युस्टिहरुले सपना मात्रै बाँड्ने हुनाले माओवादी पार्टी परित्याग गरेको पार्कीले बताएका छन् ।  

Read More

स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने

स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने

काठमाडौँ | नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण गर्न लागेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटाले संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै यी विधासँग सम्बन्धित स्रष्टा, कलाकारलाई सम्मान गर्ने उद्देश्यले स्रष्टा÷कलाकार परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिनुभयो । परिचयपत्र सिफारिस…

Read More

पटक पटक आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

पटक पटक आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफ्नै छोरीलाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको बागमतीबाट आफ्नै छोरीलाई निरन्तर बलात्कार गर्दै आएका ३६ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् । छिमेकीले आफ्नै छोरीलाई करणी गरेको थाहा पाएपछि बलात्कारबारे प्रहरीले जानकारी पाएको थियो । बाबुले आफूलाई पटक/पटक बलात्कार गरेको कुरा कसैलाई भने मारीदिने धम्की दिएको पीडित छोरीले बताएकी छिन् ।

Read More

दाहालको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षतिः माओवादी केन्द्र

दाहालको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षतिः माओवादी केन्द्र

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको शोक वक्तव्यमा पार्टीले एउटा जुझारु, उदीयमान नेता र व्यवस्थापक गुमाएको उल्लेख छ । प्रवक्ता भुसालले दाहालको निधनले सिंगो पार्टी पंक्ति शोकाकुल भएको बताउँदै पार्टीको तर्फबाट उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दाहाल पोलिब्युरो सदस्यमात्रै नभई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का र पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको एकमात्रै सुपत्र भएको वक्तव्यमा उल्लेख छ । यसबाट अध्यक्ष प्रचण्ड र सल्लाहकार…

Read More

७ थान गोली सहित वीरगञ्जबाट एक युवक पक्राउ

७ थान गोली सहित वीरगञ्जबाट एक युवक पक्राउ

प्रहरीले बारामा गोली सहित एक युवकलाई पक्राउ गरि आईतबार सार्वजनिक गरिएको छ । गत कात्तिक २८ गते साँझ पक्राउ परेका बाराको गढीमाई नगरपालिका वडा नं १ बरियारपुर बस्ने २२ बर्षिय सोनु सिंहलाई सार्वजनिक गरिएको हो । गढीमाई मन्दिर वरपर रहेको होटल तथा नास्ता पसलहरु चेकजाँच गर्ने क्रममा गढीमाई मन्दिर जाने बाटोको पश्चिम तर्फ स्थानीय जयकुमार साहले संचालन गरेको रक्सी, मासुको नास्ता पसलबाट सिंहलाई प्रहरीले गोलीसहित नियन्त्रणमा लिएको थियो । होटलमा पदार्थ सेवन गरी शंकास्पद अवस्थामा रहेको अवस्थामा चेकजाँच गर्दा सिंहले लगाएको ट्रयाककोे दाँया गोजी भित्र पहेलो प्लाष्टिकमा लुकाई छिपाई राखेको…

Read More

समानुपातिकको बन्दसुचीमा रहेका २५६ जनाको नाम हटाईयो, कुन प्रदेशबाट कति ? (सूचिसहित)

समानुपातिकको बन्दसुचीमा रहेका २५६ जनाको नाम हटाईयो, कुन प्रदेशबाट कति ? (सूचिसहित)

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा  समानुपातिकतर्फ दलहरुले बुझाएको नामावलीको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ २,२७३ उम्मेदवार कायम भएका छन् । यसैगरी, सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३,५६५ उम्मेदवार कायम रहेका छन् । प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम रहेको समानुपातिक…

Read More

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासंग आज आयोगले गरेको अन्तरक्रियामा उहाँले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररुपमा हेरिरहेको बताउनुभयो । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गराउने सन्दर्भमा आयोगले निर्णय गर्ने क्षमता राख्दछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ भन्नुभयो ।…

Read More

हेर्नुहोस् प्रकाश दाहालका १८ दुर्लभ तस्वीरहरु

हेर्नुहोस् प्रकाश दाहालका १८ दुर्लभ तस्वीरहरु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र पुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयघातका कारण आफ्नै निवासमा निधन भएको छ । विगत २, ३ दिन देखी सामान्य ज्वरुले समातेका प्रकाशको निधनले अहिले उनको गृहजिल्ला चितवन लगायत उनका समर्थक शोकमा डुबेका छन् । बि.सं. २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिनु भएका दाहालको बाल्यकाल चितवनमै वितेको थियो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुनुहुन्थ्यो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत हुनुभएको थियो । जनयुद्धको बेलामा बुवा…

Read More

कांग्रेसका ८५ जना महिला कार्यकर्ता एमालेमा प्रवेश

कांग्रेसका ८५ जना महिला कार्यकर्ता एमालेमा प्रवेश

चितवन  । नेपाली काँग्रेस निकट रत्ननगर -६ बछौलीमा रहेका महिलाहरु आइतबार नेकपा एमालेमा प्रवेश गरेको छ । नेपाली कांग्रेसबाट परित्याग गरेका ८५ जना महिलाहरु आइतबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । बछौलीको सृजनशील चौधरी महिला समुहमा आबद्ध काँग्रेस निकट ५० जना महिला र अन्य गरी ८५ जना एमालेका प्रवेश गरेको जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेको पहलमा कांग्रेसका सक्रिय युवा कार्यकर्ता आकाश परियारको नेतृत्वमा ८५ जनाको सिङ्गो टिम एमालेमा प्रवेश गरेको हो । आकाश परियारको नेतृत्वमा पहलसिंह परियार, टेक बहादुर परियार,हरेन्द्र चौधरी,अनिल चौधरी,विशालल चौधरी कुमारी गुरौ,दिललाल चौधरी,बुटनी…

Read More

बिप्लव माओवादीका जिल्ला इन्चार्ज बिसी चितवनमा पक्राउ

बिप्लव माओवादीका जिल्ला इन्चार्ज बिसी चितवनमा पक्राउ

प्रनिश थापा, चितवन  । निर्वाचन गतिविधि कार्य गर्न थालेपछि केही दिन देखी देशब्यापी नेपाल प्रहरी आक्रमक बन्दै गएको छ । यसैक्रम्मा , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला ईन्चार्ज लाल बहादुर बिसीलाई चितवन प्रहरीले आज नारायणगढ बाट पक्राउ गरेको छ । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछी चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी प्रभु प्रसाद ढकालले बताए । यस अघि चितवन प्रहरीले टाँडी र भरतुरका विभिन्न स्थानहरु बाट दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।

Read More