बूढीगण्डकी आयोजना रद्द भएको छैन

बूढीगण्डकी आयोजना रद्द भएको छैन

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताउनुभएको छ । काँग्रेसको केन्द्रीय मिडिया सेन्टर सानेपामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो –‘बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ ।’ संयोजक खाँणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजिनामा दिइसकेपछि हतारमा गरिएको सो निर्णयका बारेमा व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकाले वर्तमान सरकारले त्यसको पालना गरेको स्पष्ट पार्नुभयो । उहाँले संसदीय समितिको निर्देशनपछि सरकारले आवश्यक…

Read More

प्रहरी निरीक्षकनै आक्रमणमा उत्रिएपछि बबाल, एक जनाको मृत्यु

प्रहरी निरीक्षकनै आक्रमणमा उत्रिएपछि बबाल, एक जनाको मृत्यु

इनरुवा | सुनसरी इनरुवा– ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै आज साझ एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको मृत्यु भएको हो । आज साझ ६ः३० इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा२४प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । यता मृतक भट्टराइलाई उपचारका लागि भन्दै इनरुवा अस्पताल ल्याएको र मृत रहेको भट्टराइका विषयमा स्वास्थ्यकर्मीले जानकारी…

Read More

महरा भन्छन्ः एमालेसँग मगनी भैसक्यो विहे गर्न मात्र बाँकी

महरा भन्छन्ः एमालेसँग मगनी भैसक्यो विहे गर्न मात्र बाँकी

घोराही । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादीको एकता कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । दाङमा भएको एक कार्यक्रममा बोल्दै नेता महराले भने ‘माओवादी केन्द्र र एमालेको अहिले डिप्ली लभ परेको छ, अब हामी चाँडै विहे गरेर एउटै घरमा बस्छौं,’ उनले अगाडी थपे अझै बिहे भइनसकेकाले समानुपातिकमा भने आ–आफ्ना चिन्हमा चुनाव लडेका हौं ।’ वाम गठबन्धन सहितको पार्टी एक ता नेपाली जनताको चाहना र राष्ट्रिय एकता भएको बताउँदै महराले भने ‘हामीले एक अर्काको मन बुझिसकेका छौं, अब हाम्रो प्रेमलाई कसैले विछोडमा पुर्याउन सक्दैन,।’ ‘आजभोलि मलाई…

Read More

‘आर्थिक विकासका लागि लोकतान्त्रिक गठबन्धन केन्द्रित’: अध्यक्ष थापा

‘आर्थिक विकासका लागि लोकतान्त्रिक गठबन्धन केन्द्रित’: अध्यक्ष थापा

हेटौँडा  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन मुलुकको समग्र आर्थिक विकास र द्रुततर आर्थिक प्रगतितर्फ केन्द्रित भएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–४ को कर्रामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “जनताको चाहना, भावना र सपनालाई पूरा गर्न लोकतन्त्रिक गठबन्धनले आगामी निर्वाचन जित्नु आवश्यक रहेको छ ।” उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले लोकतान्त्रिक गठबन्धन कसैका विरुद्धमा नभएकाले कोही पनि तर्सनु नपर्ने बताउँदै एक्काइसौँ शताब्दिमा लोकतन्त्रको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । सर्वसत्तावादको अभ्यास वाम गठबन्धनबाट हुन खोजे त्यो नेपाली जनतालाई स्वीकार्य हुदैन्, उहाँले भन्नुभयो – राष्ट्रियता…

Read More

‘मुलुकको समृद्धि काँग्रेसको नेतृत्वमा’

‘मुलुकको समृद्धि काँग्रेसको नेतृत्वमा’

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको समृद्धि काँग्रेसको नेतृत्वमा हुने बताउनुभएको छ । काँग्रेस नवलपुर क्षेत्र नं १ को चुनावी प्रचारप्रसार अभियानका क्रममा आज उहाँले भन्नुभयो – “काँग्रेसको नेतृत्वमा संविधान जारी भएकाले अब त्यसको प्रभावकारी कार्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ ।” बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका कोइरालाले यस पटक पनि काँग्रेसलाई जनताले विश्वास गरेर निर्णायक स्थानमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रमा चक्रपथ र गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आँखा अस्पताल…

Read More

वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन: ओली

वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन: ओली

पर्वत | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले ‘वामपन्थी एकताबाट आत्तिएको’ नेपाली काँग्रेसले कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाउनुभयो । गठबन्धनले निर्वाचन जितेपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले भन्नुभयो, “देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ ।” काँग्रेसले मुलुकलाई विप्रेषणबाट चलाउन खोजेको आरोप लगाउँदै…

Read More

१० वर्षीय बालकले गरे आत्महत्या, यस्तो छ उनको दुःखदायी कथा

१० वर्षीय बालकले गरे आत्महत्या, यस्तो छ उनको दुःखदायी कथा

एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको यातना सहन नसकेपछि विष खाएर आत्महत्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए । उनको मृत्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सुसाइड नोट भेट्टाएका थिए । उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा…

Read More

कतारको नेशनल डे कार्यक्रममा नेपाली पनि सहभागी हुन पाउने

कतारको नेशनल डे कार्यक्रममा नेपाली पनि सहभागी हुन पाउने

अमृत शर्मा, कतार । कतार सरकारले आयोजना गर्न लागेको राष्ट्रिय दिवस अर्थात नेशनल डे कार्यक्रममा नेपालीहरुले सहभागीता जनाउने भएका छन् । आउदो डिसेम्बर १६ मा दोहा स्थित सौक वकिफमा बेलुका ४ बजेदेखी सुरू हुने फ्रेन्डसिप परेड कार्यक्रममा आयोजक टिम र नेपाली राजदुतावासको संयुक्त आयोजनामा कतारमा रहेका नेपालीहरूले आफ्नो नेपाली संस्कृति झल्कने भेषभुषा सहित सांस्कृतिक झाँकी पर्दशन गर्न पाउने अवसर मिलेको कतार स्थित नेपाली राजदुत प्रा.डा. रमेश प्रसाद कोईरालाले जानकारी दिनुभयो। प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाउदै आएको कतारले यो बर्ष पनि दस दिनसम्म बिभिन्न कार्यक्रमहरूको आयोजना गरि दिवस मनाउँदै…

Read More

आचारसंहिता नाघी कार्यकर्तालाई लाखौँ बाँडिएको आरोप

आचारसंहिता नाघी कार्यकर्तालाई लाखौँ बाँडिएको आरोप

अछाम | नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनुभएको छ । रामारोशन गाउँपालिका वडा नं २ चाफामाण्डौँमा वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता रावलले निर्वाचनलाई असर पर्ने विभिन्न गतिविधि भइरहे पनि सरकार मौन रहेको र वाम गठबन्धन भएपछि अत्तालिएर नेपाली काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको दोषारोपण गर्नुभयो । पूर्वउपप्रधानमन्त्री रावलले अर्काे प्रसङ्गमा पर्यटकीयस्थल अछामको रामारोशन क्षेत्रको विकासका लागि आफूले सधैँ अग्रमोर्चामा रहि भूमिका खेलिरहेको जिकिर गर्नुभयो । सभामा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार तारामान स्वारले…

Read More

वागी उम्मेदवार पार्टीबाट निष्काशित

वागी उम्मेदवार पार्टीबाट निष्काशित

कञ्चनपुर | पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा एमाले कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारी बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले बताउनुभयो । पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निष्काशन गरिएको उहाँले बताउनुभयो । पटक पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ…

Read More