केपी ओलीले कुल भएर विप्लवलाई भने ‘भाई’ बम पड्काउने होईन दुर्गमकालाई बोकेर ल्याउनुहोस्

केपी ओलीले कुल भएर विप्लवलाई भने ‘भाई’ बम पड्काउने होईन दुर्गमकालाई बोकेर ल्याउनुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानमा भएका हिंसात्मक घटनातर्फ संकेत गर्दै ओलीले विप्लव माओवादीलाई गैरराजनीतिक काम नगर्न सुझाव दिएका छन् । राजधानीमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले विप्लवलाई सुझाव दिँदै भने बरु ‘यातायात नभएका ठाउँमा दुःख पाएकालाई डोकामा बोकेर ल्याउनुस्।’ ओलीले विप्लवलाई ‘भाइ’ सम्बोधन गर्दै सुझाव दिएका थिए। वर्तमान राजनीतिक प्रणालीले स्थायित्व नल्याउने भए पनि एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र चुनावपछि हुने एकताले देशमा प्रणालीको विकास हुने उनले दाबी गरे। आफूहरूको तालमेल र एकताबाट कांग्रेस आत्तिएर अनावश्यक आरोपहरू लगाएको उनले बताए।

Read More

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले फेरी गरे अर्को हर्कत (हेर्नुहोस् विस्तृतमा)

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले फेरी गरे अर्को हर्कत (हेर्नुहोस् विस्तृतमा)

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी विप्लबका कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका छन् । रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेको निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठले जानकारी दिइन् । “बाटोमा हिँडिरहेको बेला एक्कासि पाँच–छ जना आएर मतदाता शिक्षा सामग्री दिनुस् भने र हातबाट खोसेर लगे”–उनले भनिन् । निर्वाचन शिक्षा सामग्रीसँग सम्बन्धित केही पोष्टर, पम्पलेट र नमूना कार्ड उनीहरुले लगेपनि मतदातालाई शिक्षा दिने केही सामग्री आफूसँग सुरक्षित रहेको उनले बताइन् । रनुखाना मतदान केन्द्रका लागि सहजकर्ता…

Read More

भारतीय सिमामा नेपाली व्यापारी माथी गोली प्रहार

भारतीय सिमामा नेपाली व्यापारी माथी गोली प्रहार

सर्लाही । सर्लाही सदरमुकाम मलंगवाकामा एक व्यापारीमाथी सिमा क्षेत्रमा गोली प्रहार भएको छ । भारत बिहारको सितामढीबाट घर फर्किने क्रममा अज्ञात समुहमा आएका हतियार धारीले गोली प्रहार गरेको हो । भारतीय बजार सितामढीबाट घर फर्किने क्रममा मलङ्वा—३ निवासी राकेश चौधरीलाई सोनबरसा र बोडरतर्फ आउने बाटोको चिलरा भन्ने ठाउँमा दुईवटा मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेको हो । गोली शरीरको बायाँपट्टिको भागमा लागेको छ । उनलाई उपचारका लागी जिल्ला अस्पताल सर्लाहीमा ल्याईएको थियो । समान्य उपचार पश्चात, थप उपचारका लागि क्षेत्रिय अस्पताल बिरगंज रिफर गरीएको स्रोतले जनाएको छ ।

Read More

प्रधानमन्त्री देउवा कैलालीमा रहेकै दिन एक जना पेस्तोल सहित पक्राउ

प्रधानमन्त्री देउवा कैलालीमा रहेकै दिन एक जना पेस्तोल सहित पक्राउ

धनगढी । प्रधानमन्त्री तथा शेरबहादुर देउवा चुनावी अभियानका क्रममा कैलालीमा रहेका बेला एक जना पेस्तोल सहित पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको हो । उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए । चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ ।

Read More

भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द

दमक । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको बताएका हुन् । छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले तेस्रो मुलुक स्थानान्तरण रोकिएपछिको विकल्पबारे छलफल भइरहेको बताए । उनले तत्काल स्वदेश…

Read More

एमाले नेता राजेन्द्र पाण्डे कसरी यस्तो हालतमा काठमाण्डौ फर्किए ?

एमाले नेता राजेन्द्र पाण्डे कसरी यस्तो हालतमा काठमाण्डौ फर्किए ?

आफ्नो क्षेत्रमा चुनाव प्रचारका लागी घरदैलो कार्यक्रममा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे रक्ताम्मे भएर काठमाण्डौ फर्किएका छन । आफनो क्षेत्रमा चुनावी प्रचार प्रसारका लागी गएका पाण्डे बुधबार लडेर घाइते भएपछि उपचारका लागी रक्ताम्मे भएर फर्किएका हुन । दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ गइरहेका बेला चिप्लिएर पाण्डे घाइते भएका उनका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए । टाउको र गालामा चोट लागेको पाण्डेको नौवीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ । पाण्डे धादिङको निर्वाचन क्षेत्र…

Read More

सुनसरी ४ को विकासका लागि प्रतिबद्ध छु: नेता कार्की

सुनसरी ४ को विकासका लागि प्रतिबद्ध छु: नेता कार्की

इनरुवा | नेपाली काँग्रेसका नेता एवं सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्दबहादुर कार्कीले यस क्षेत्रको विकास आफूबाहेक कसैले गर्न नसक्ने दाबी गर्नु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज साँझ राससकर्मीसँगको कुराकानीमा उहाँले यस क्षेत्रको सबै समस्याको पहिचान आफूले गरिसकेकाले यहाँको विकास गर्ने जिम्मा आफ्नो भएको बताउनुभयो । यस क्षेत्रका सडक, सिँचाइ, आरक्ष, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको समस्या समाधान गर्नका लागि जनताले आफूलाई जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्रीसमेत रहनुभएका कार्कीले यहाँका जनताले आफूलाई एक पटक निर्माणको काम पूरा गर्नका लागि जिम्मेवारी प्रदान गरे पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त…

Read More

देउवा नेतृत्वको सरकारले गरेका निर्णय चुनावपछिको सरकारले एकमुष्ट बदर गर्ने ओलीको चेतानी

देउवा नेतृत्वको सरकारले गरेका निर्णय चुनावपछिको सरकारले एकमुष्ट बदर गर्ने ओलीको चेतानी

काठमाडौँ | वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उहाँहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँहरुले निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत गर्दै मुलुकलाई सुशासित र लोकतान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने धारणा व्यक्त गर्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको…

Read More

जिसस महोत्तरीमा राजपा नेपाल र संघीय समाजवादी फोरम विजयी

जिसस महोत्तरीमा राजपा नेपाल र संघीय समाजवादी फोरम विजयी

जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख पदमा राजपा नेपालका सुरेश प्रसाद सिंह १६ मत ल्याएर विजयी भएको बताए। त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यहरूमा राजपा नेपालका पुनम देवी साह १७, ललिता कुमारी महासेठ १६ र रिता देवी १६ मत, अन्य सदस्यहरूमा राजपा नेपालकै सरयुग यादव २०, कामेश्वर साह १७ र सुदिप कुमार झा १७…

Read More

‘मधेसी समुदायको मुक्तिका लागि मधेस केन्द्रित शक्ति विजयी हुनुपर्ने’

‘मधेसी समुदायको मुक्तिका लागि मधेस केन्द्रित शक्ति विजयी हुनुपर्ने’

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायको मुक्तिका लागि राजपा–फोरम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । फोरम नेपाल र राजपा गठबन्धनले राजविराज नगरपालिका–८ बागेश्वरी मन्दिर परिषरमा आज आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा मधेश सरकार नबनेसम्म मधेशी जनताले मुक्ति नपाउने बताए । मधेश प्रदेशको निर्माणले मात्र मधेश मुक्तिको ढोका खुल्ने उहाँको भनाइ थियो । संघीयता, गणतन्त्र, समावेशीकरण, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि मधेश आन्दोलनकै देन हो भन्दै उनले चुनावलाई संघर्ष र अवसरका रुपमा लिन पार्टी पंक्ति र आमजनसमुदायलाई आहवान गरे । कार्यक्रममा राजपा…

Read More