खुकुरी प्रहार गरि बाबु र छोरासहित तीन जनाको हत्या

खुकुरी प्रहार गरि बाबु र छोरासहित तीन जनाको हत्या

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले खुकुरी प्रहार गरि तीनजनाको हत्या गरेका छन् । जिल्लाको महनगरी–७ सिमलडाँडामा स्थानीय सुमान बराइलीले मंगलबार अपरान्ह खुकुरीले काटेर स्थानीय सीताराम धितालको घरमै गएर खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार बराइलीले स्थानीय ५२ वर्षीय सीताराम धितालको घरमै पुगेर खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । त्यसैगरी खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धितालका छोरा सुदन र छिमेकी जीतबहादुर ब्लोनको उपचारका लागि भरतपुर लाँदै गर्दा बाटामै ज्यान गएको छ । बराइलीलाई घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Read More

पाटनको औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

पाटनको औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योगमा मंगलबार साँझ आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको आकलन गरिएको छ ।

Read More

विनोद दास भन्छन्, भारतलाई औकात देखायौँ अफगानिस्तासँग अझै मिहिनत गरिन्छ

विनोद दास भन्छन्, भारतलाई औकात देखायौँ अफगानिस्तासँग अझै मिहिनत गरिन्छ

काठमाडौं । नेपाल ईतिहासमै पहिलो पटक यू—१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली १९ वर्षमूनीको टोली सेमिफाईनल प्रवेश गरेपछि नेपाली क्रिकेट प्रेमी तथा खेलाडीहरु र स्वयमं प्रशिक्षक विनोद दास समेत निकै सन्तुष्ट देखिएका छन् । प्रशिक्षक दास भन्छन् , सेमिफाइनलको यात्रा टिमले गरेको कडा मिहिनतको प्रतिफल हो । प्रशिक्षक दासले अगाडी भने, ‘उत्कृष्ट प्रदर्शनसँगै हामी सेमिफाइनलमा पुगेका छौं । यो प्रतियोगिताभर हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो । हामीले गरेको मिहिनेतको फल हो यो ।’ समूह चरणको खेलमा नेपालले बलियो प्रतिस्पर्धी भारतमाथि ऐतिहासिक जित निकालेको थियो भने बंगलादेशलाई कडा…

Read More

नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

नेपालगन्ज | नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ । नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले भन्नुभयो, “काँग्रेसले सधँै तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।” सभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ भन्नुभयो । ” आप्mना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न…

Read More

सर्बसत्ताबाद अस्वीकार्य, मकवानपुरको बिकासमा भुमिका खेल्छु: कमल थापा

सर्बसत्ताबाद अस्वीकार्य, मकवानपुरको बिकासमा भुमिका खेल्छु: कमल थापा

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले प्रजातन्त्रको विकल्प नभएको भन्दै नेपाली जनतालाई सर्बसत्ताबाद स्विकार्य नहुने बताए । हेटौंडा-१५ चुरियामाईमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण र मुकुकको द्रुततर बिकासको निमित्त लोकतान्त्रिक गठबन्धन भएको बिचार ब्यक्त गरे ।  उनले थपे ‘यो गठबन्धन सङ्ग कोहि तर्सिनु पर्दैन यो कसैको विरुद्ध होइन। देश र जनताको चाहना र सपना पूरा गर्नको निमित्त हो’। आर्थिक बिकास अहिलेको प्रमुख बिषय भएको भन्दै थापाले सबै मिलेर सबल , समुन्नत र स्वाधिन नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए । जिल्लाको बिकास र जनताको सुख दुखमा…

Read More

रौतहटका विद्यालयहरु अनिश्चितकाल बन्द, शिक्षकहरु धर्नामा

रौतहटका विद्यालयहरु अनिश्चितकाल बन्द, शिक्षकहरु धर्नामा

अखिलेश यादव, रौतहट । रौतहटमा रहेका सम्पूर्ण विद्यालयहरु आज देखि अनिश्चितकालका लागि बन्द भएका छन् । सोमबार सदरमुकाम गौरमा पिडित शिक्षकहरु माथि प्रहरीले दुर्व व्यवहार प्रति आपति जनाउदैं आजबाट विद्यालयहरु बन्द गरिएको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका तथा यमुनामाई गाउँपालिकाका शिक्षकहरु पाच महिना देखि तलब भाता नपाए पछि सोको माँग जिल्ला प्रसासन कार्यालय गौर अगाडि धर्नामा बसिरहेका बेला प्रहरीले र्दुव्यवहार गर्दै धर्नामा बसेका दुई दर्जन भन्दा बढी शिक्षकलाई रौतहट प्रहरी पक्राउ थिए । यतिका दिन सम्म पनि तलब भाता नपाएको भन्दै पटक पटक गुनासो गर्दा पनि आफूहरुको कुरालाई बेवास्ता…

Read More

राजनीतिक स्थायित्वका लागि काँग्रेसको विजय अपरिहार्य: नेता सिंह

राजनीतिक स्थायित्वका लागि काँग्रेसको विजय अपरिहार्य: नेता सिंह

काठमाडौँ | नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जिम्मेवारीको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ । घरदैलोको क्रममा आज काठमाडौँको शंखमूलमा आयोजित महिला भेलामा नेता सिंहले राणा शासन, पञ्चायत व्यवस्थाको अन्त्य, १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शाही शासनविरुद्धको आन्दोलनमा काँग्रेसले नै नेतृत्व गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्व र संर्घषबाट मात्र सफल भएका हुन् । तसर्थ आगामी दिन मुलुकको समृद्धिको अभियान पनि काँग्रेसबाट मात्रै सम्भव छ ।’’ पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता…

Read More

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल

एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल

काठमाडौँ | नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिनुभएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक सूचना सम्पे्रषन र सञ्चार समन्वयका लागि रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले निर्वाचनका क्रममा समन्वय गर्न विभिन्न नेतालाई पनि जिम्मेवारी तोकेको छ । निर्वाचन आयोगतर्फ पोलिटब्यूरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ ।…

Read More

भनेजति कमिसन नदिँदा गेजुवाको लाईसेन्स खारेज भएको आरोप

भनेजति कमिसन नदिँदा गेजुवाको लाईसेन्स खारेज भएको आरोप

बूढीगण्डकी आयोजना निर्माणको लाईसेन्स चिनियाँ कम्पनी गेजुवाबाट खरेज गरेको भन्दै केही समूहले तिब्र असन्तुष्टि जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गेजुवालाई दिइएको बुढीगण्डकी आयोजना निर्माणको लाइसेन्स खारेज गरेकोमा प्रश्न समेत गरेका छन् । राजधानीमा वाम गठबन्धन उम्मेद्वारका परिचयात्मक कार्यक्रममा उनले भने ‘गैर जिम्मेवार ढंगले कमिसन पाइएन भनेर अथवा भनेको राशी सहयोग पाइएन ? भनेर भैसकेको सम्झौता के कारणले भंग भयो ? हामीलाइ त थाहा छैन ।’ उनले नेत्र विक्रम चन्द विप्लव समूह र सरकारमा के फरक छ? भन्दै प्रश्न गरे । ‘कोही कब्जा गर्न जान्छ, कोही खोस्न जान्छ…

Read More

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् । निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत…

Read More