मधेस केन्द्रित शक्ति विजयी हुने उपेन्द्र यादवको दाबी, चुनावपछि मधेस सरकार घोषणा गरिने

मधेस केन्द्रित शक्ति विजयी हुने उपेन्द्र यादवको दाबी, चुनावपछि मधेस सरकार घोषणा गरिने

राजविराज | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन भारी बहुमतले जित्ने दाबी गर्नुभएको छ । स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवले दाबी गरे । सप्तरीको महदेवा–१ पकरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भएलगतै प्रदेश नं २ मा मधेश सरकार घोषणा गर्ने बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने…

Read More

अवैधानिक तरिकाबाट युएई पुगेकी रेनुको एनआरएनले उद्धार गर्यो

अवैधानिक तरिकाबाट युएई पुगेकी रेनुको एनआरएनले उद्धार गर्यो

समिर श्रेष्ठ, युएई | वैदेशिक रोजगारीका लागि अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिलाको उद्धार गरिएको छ । एनआएरएनको सक्रियतामा रेनुका दर्जीलाई उद्दार गरी नेपाल फर्काएको हो । झापा विर्तामोड गोला घर भएकी २४ वर्षीय दर्जी दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि भिजिट भिषामा युएई आइपुगेकी थिइन् । उनलाई निरु विष्ट नाम गरेकी महिलाले फकाएर काठमाडौं पुर्याएकी थिइन् भने काठमाडौँमा डम्बर राई भन्ने व्यक्तिले पासपोर्ट बनाई वीरगन्ज हुँदै भारतीय बाटोबाट युएई ल्याएका थिए । राम्रो कमाइ हुने दलालको प्रलोभनमा परेर आफू युएई आइपुगेको उनले बताइन् । युएईको भिजिट भिषामा आएकी…

Read More

आगलागीबाट ललितपुर औद्योगिक क्षेत्रका तीन उद्योगमा करोडौंको क्षति

आगलागीबाट ललितपुर औद्योगिक क्षेत्रका तीन उद्योगमा करोडौंको क्षति

ललितपुर । आज साँझ ललितपुर औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा करोडौंको क्षति पुगेको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्याएको हो । प्रहरीका अनुसार बेलुकी ६ बजेतिर सुरु भएको आगलागी राती १० बजेपछि पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

Read More

देउवाको गृह जिल्ला डडेल्धुरामा कपडा बाँडेर भोट मागेको आरोप

देउवाको गृह जिल्ला डडेल्धुरामा कपडा बाँडेर भोट मागेको आरोप

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको गृहजिल्लामा आचासंहित विपरित नगद तथा जेन्सी समान वितरण गरेको पाईएको छ । प्रदेश सभाका उमेदवार कर्ण बहादुर मल्ल र प्रतिनिधी सभा समानुपातिक तर्फका उमेदवार पद्मा गुरुङले स्विटर, धोती र सौल दिएर कपडा परिवर्तन गर्न लगाई आफुलाई नाटकीय रुपमा पार्टी प्रवेशको टिका लगाएको स्थानीय झुपरी देवी दमाईको आरोप छ । नेपाली कांग्रेस डडेल्धुराका केही कार्यकर्ताहरुले आफुलाई केही काम छ भनेर बोलाएको र टिका लगाएर पार्टी प्रवेशको नाटक गरेको बताए । बिहान ९ बजे घरमा खाना पकाइरहेका बेला काम छ…

Read More

चुनावको मुखमा उम्मेदवारमाथि आक्रमण: सम्बद्ध पक्ष चिन्तित

चुनावको मुखमा उम्मेदवारमाथि आक्रमण: सम्बद्ध पक्ष चिन्तित

काठमाडौँ | सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रयास गरे पनि मुलुकका विभिन्न स्थानमा उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि सम्बद्ध पक्षले चिन्ता व्यक्त गरेका छन् । सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ तर आजै संखुवासभा, भोजपुर र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ । यसअघि शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन र शुक्रबार रुकुममा सोही गठबन्धनका उम्मेदवार जनार्दन शर्मामाथि आक्रमण भएको थियो । रोल्पामा आइतबार भिरबाट ढुंगा लडाएर पुनः पुनमाथि आक्रमण भएको थियो । आज भोजपुरमा नेकपा (एमाले)का…

Read More

मतदान प्रक्रिया झन्जटिलो भएको मतदाताको प्रतिक्रिया

मतदान प्रक्रिया झन्जटिलो भएको मतदाताको प्रतिक्रिया

मतदान प्रक्रिया झन्जटिलो भएको मतदाताको प्रतिक्रियाबेसीशहर, लमजुङ, २८ कात्तिक: सोमबार अपराह्न फुलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । मतदानको लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । नमून मतदानका लागि मैदानमा डोरी टागेर मतदान केन्द्र बनाइएको थियो । डोरी सीमानाभित्र तीन वटा फरक–फरक तीन वटा बक्सा, तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो । झट्ट हेर्दा लाग्थ्यो, मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका प्रतिनिधिले पालैपालो मतदाताहरुलाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपाले मतदान गर्दै बाहिर…

Read More

नक्कली सरकारी छापहरू बनाउने कार्यमा संलग्न विदेशी नागरिक पक्राउ

काठमाडौं । नेपालको सरकारी छाप र विभिन्न देशका भिसाहरु बनाउने कार्यमा संलग्न एक जना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले बंगलादेशी मुलका ट्रिनिडाड एण्ड टोबागोका नागरिक डेभिड लुइस सान्तनालाई काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट २४ गते पक्राउ गरी सार्वजनिक गरेको हो । निजबाट मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल/डिपार्चरको रवर स्टाम्प, एम्बेस्सी अफ द पिपुल्स रिपब्लिक अफ बंगलादेश काठमाडौंको रबर स्टाम्प लगायतका सामाग्रीहरु बरामद भएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत…

Read More

माथिल्लो कर्णालीको सम्झौता म्याद थप गर्ने सरकारको निर्णय खारेज गर्न माग

माथिल्लो कर्णालीको सम्झौता म्याद थप गर्ने सरकारको निर्णय खारेज गर्न माग

काठमाडौँ । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकोमा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्वमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्व पुर्याएर रु ८५ अर्व संस्थागत भ्रष्टाचार भएको आरोप लगाइयो । समितिले उक्त सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको बताइयो । प्राडा सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठुलठुला नदी भारतलाई सुम्पिएर नेपालको…

Read More

वैदेशिक रोजगार विभागका दुई कर्मचारी १० लाख घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका दुई कर्मचारी १० लाख घुससहित पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार विभागका एक अधिकृत १० लाख घुससहित अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ काठमाडौँको नयाँबानेश्वर स्थित इन्द्रेणी फुडल्यान्डबाट वैदेशिक  विभागका अधिकृत कीर्तिबल्लभ पौडेल र विभागकै नायव सुब्बा पौडेल नासु खड्गबहादुर केसीलार्इ १० लाख घुससहित पक्राउ गरेको हो ।

Read More

श्रीराम सुुगर मिल्सको गाडीसहित महाप्रबन्धक किसानको नियन्त्रणमा

श्रीराम सुुगर मिल्सको गाडीसहित महाप्रबन्धक किसानको नियन्त्रणमा

रौतहट । रौतहट गरुडास्थित श्रीराम सुुगर मिल्सको उखुु महाप्रबन्धकसहित दुईजना कर्मचारी र उनीहरु चढेको गाडी किसानले आफ्नो नियन्त्रणमा लिएको छ । मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबन्धक चन्द्रशेखर तिवारी, फार्म प्रमुख रामकिशोर सिंह र उहाँहरु चढेको ना२च ६५०१ नंको जिपलाई विजयपुुर लक्षमिनियाका किसानले नियन्त्रणमा लिएका हुुन् । फतुुआ विजयपुुर नगरपालिकाका किसानलाई भेटेर आउने क्रममा आज अपराह्न २ बजेबाट गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जका किसानले मिललाई दिएको उखुुको करिब रु एक करोड २५ लाख बक्यौता रकम पछिल्लो चार वर्षदेखि भुुक्तानी नदिएका…

Read More