काँग्रेसद्वारा निर्वाचनको तयारी लागि उपसमिति गठन

काँग्रेसद्वारा निर्वाचनको तयारी लागि उपसमिति गठन

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले मूल समिति मातहतमा प्रचारप्रसार, अनुगमन तथा मूल्यांकन, शान्तिसुरक्षा व्यवस्थापन समन्वय, भ्रातृ संस्था परिचालन, शुभेच्छुक संस्था परिचालन, मतदाता शिक्षा प्रशिक्षण, आर्थिक समृद्धि र विकास समन्वय, प्राविधिक, पूर्वराष्ट्रसेवक समन्वय, कला सांस्कृतिकर्मी समन्वय र नेपाली जनसम्पर्क समिति समन्वय उपसमिति गठन गरेको जानकारी दिए । उपसमितिलाई जिल्लामा पार्टीका उम्मेदवारलाई विजयी गराउन जिल्लास्तरका पार्टीका सबै संयन्त्र परिचालन…

Read More

‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु’

‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु’

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेको विचार व्यक्त गरेका छन् । स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताए । “पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्ति गठबन्धन तोड्न सक्रिय भएका छन्”, उनले भने, “तर…

Read More

बुढीगंगा नदिमा बेवारिसे शव, भेटियो, सनाखत हुन सकेन्

बुढीगंगा नदिमा बेवारिसे शव, भेटियो, सनाखत हुन सकेन्

अछाम । अछामको साफेबगर नगरपालिका ४ पक्की पुल नजिकै बुढीगंगा नदिमा बेवारिसे शव भेटिएको छ । नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतबार साझ करिब ५ बजे प्रहरीको एक टोलिले लासलाई ईलाका प्रहरी चौकी साफेबगरमा राखिएको र मृतकको साथमा ८४३० रुपैयाँ नगद र एक नेपाली र अर्को भारतीय सिम कार्ड भएको लाभा कम्पनीको मोबाईल भेटिको थियो । मृतकको परिचय खुलेको छैन् । लासको पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक महेन्द्र बहादुर कलौनीले जानकारी दिए ।

Read More

बाढीबाट क्षतिको पुनः उत्थानका लागि रु ७३ अर्ब लाग्ने

बाढीबाट क्षतिको पुनः उत्थानका लागि रु ७३ अर्ब लाग्ने

काठमाडौँ । गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो । उहाँले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने…

Read More

दक्षिण एसिया आर्थिक सम्मेलन मङ्गलबारदेखि

दक्षिण एसिया आर्थिक सम्मेलन मङ्गलबारदेखि

काठमाडौं । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बृहत् रुपमा छलफल गर्ने उद्देश्यले मङ्गलबारदेखि राजधानीमा दशौँ दक्षिण एसिया सम्मेलन हुने भएको छ । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट(साउती)ले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा बढीको सहभागिता हुनेछ । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का वाणिज्यमन्त्री, योजनाविद् एवं अर्थशास्त्री तथा सार्कका पर्यवेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो । तीनदिने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन,…

Read More

श्रमजिवी राज्य प्रणालीका लागी दुई तिहाइ बहुमत आवश्यकः पौडेल

श्रमजिवी राज्य प्रणालीका लागी दुई तिहाइ बहुमत आवश्यकः पौडेल

बिमल खड्का, बागलुङ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले श्रमजीवी राज्य प्रणालीका लागी वामपन्थीलाई दुई तिहाई बहुमत आवश्यक परेको बताएका छन । वामपन्थी शक्ति पटक पटक छुटफुटका कारण जनताले चाहे अनुरुप विकास गर्न नसकेको बताउदै अब वामपन्थी शक्ति एक भएर श्रमजीवी जनताको पक्षका लागी गठबन्धन हुदै पाटि एकता गरि देशलाई बिकासको बाटोमा लैजाने बताएका छन । बडिगाड गाउँपालिका वडा ५ ग्वालीचौरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेले भने अब जिन्दावाद र मुर्दावादका नाराले मात्र देश बिकाश…

Read More

फिलिपिन्सका नागरिकले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ईन्कार गरेपछि

फिलिपिन्सका नागरिकले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ईन्कार गरेपछि

मनिला | एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुगेका छन्। उनी सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए। राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानुनमा विवादमा परेका छन्। उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिने कानुन ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानुन भनी विरोध गरिरहेका छन्। राष्ट्रपति ट्रम्प र एसियाका १८ देशका नेताहरु मनिलामा दुई दिनसम्म सञ्चालन हुने एसियाली सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा सहभागिताका लागि अन्य देशका नेताहरु पनि त्यहाँ पुगेका छन्। कतिपय अधिकारवादीहरु राष्ट्रपति ट्रम्पले…

Read More

सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ : अध्यक्ष दाहाल

सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा उहाँको अस्थायी निवासमा आज राष्ट्रिय सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै उहाँले सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।” पार्टी एकता गर्दै गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका विषयमा दाहालले भन्नुभयो, “बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाऔँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाऔँ । यो बढी राष्ट्रको हितमा हुन्छ ।” माक्सवाद–लेनिनवाद दुवै पार्टीको मिल्ने…

Read More

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन :नेता बिजुक्छे

चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन :नेता बिजुक्छे

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ । आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउनुभएको छ । भक्तपुरमा नेमकिपाले काँग्रेसका उम्मेदवारलाई सहयोग गर्छ भनेर काँग्रेसले हल्ला चलाएर राजनीतिक ठगी गर्न खोजेको टिप्पणी गर्दै बिजुक्छेले भन्नुभयो– “भक्तपुरमा काँग्रेस उम्मेदवारलाई र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत होे ।” नेमकिपाले सशक्तरुपमा आफ्नै उम्मेदवार उठाएपछि आत्तिएर यस्तो हल्ला चलाएको बताउँदै…

Read More

नायिका करिश्मा मानन्धरलाई पनि निर्वाचनले छोयो, मत माग्न पुगिन विरगञ्ज

नायिका करिश्मा मानन्धरलाई पनि निर्वाचनले छोयो, मत माग्न पुगिन विरगञ्ज

वीरगन्ज । नायिका करिश्मा मानन्धरलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले छोएको छ । नयाँ शक्ति पार्टीकी नेतृ करिश्मालार्इ आसन्न निर्वाचनका लागि पार्टीका उम्मेदवारको पक्षमा मत माग्न भ्याईनभ्याई छ। यही शिलशिलामा उनी वीरगञ्ज पुगेकी छिन् । वीरगञ्जमा आयोजित चुनावी सभामा करिश्माले नयाँ शक्तिको चु्नाव चिन्ह आँखामा मतदान गर्न आग्रह गरिन। नयाँ शक्ति पार्टीको संस्थापक सदस्य एवम् केन्द्रीय सचिवालय सदस्य रहेकी करिष्माले चुनावी सभामा भनिन्, ‘मुलुकको समृद्धि र आर्थिक विकास नयाँ शक्ति पार्टीबाट मात्र सम्भव छ।ु प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारसमेत रहेकी करिश्माले नयाँ शक्तिलाई जिताउन अपिल गरिन्। नयाँ शक्ति पार्टीका…

Read More