दार्चुलाको व्यासमा निर्धारण गरिएका दुवै मतदान केन्द्र खलंगा सारिने

दार्चुलाको व्यासमा निर्धारण गरिएका दुवै मतदान केन्द्र खलंगा सारिने

उद्धब सिंह धामी, दार्चुला | आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दार्चुलाको उत्तर पश्चिम त्रीदेशीय सीमा क्षेत्रमा रहेको व्यास गाउँपालिका १ व्यासमा निर्धारण गरिएका दुई मतदात केन्द्र जिल्ला सदरमुकाम खलंगा सारिने भएको छ । चीसो बढेसँगै त्यस क्षेत्रका सम्पू्र्ण जनता जिल्ला सदरमुकाममा आइसकेकाले उनीहरुलाई मतदान अधिकार दिलाउन सर्वपक्षीय सहमतिमा मतदान केन्द्र खलंगा सार्ने निर्णय भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले व्यासका दुबै मतदान केन्द्रहरु अस्थायी मतदान केन्द्रका रुपमा खलंगा सार्न निर्वाचन आयोयलाई सिफारिस गर्ने निर्णय गरेको हो । चीसो…

Read More

कर्मचारीले पेसागत मर्यादा जोगाउनुपर्छ

कर्मचारीले पेसागत मर्यादा जोगाउनुपर्छ

लोकदर्शन रेग्मी, नेपालमा नागरिक र सरकारले विश्वास गरेको संस्था भनेको निजामती सेवा हो । त्यही सेवालाई समयसापेक्ष जिम्मेवार र क्रियाशील बनाउन उद्यत छौं हामी । सरकारले दिने जिम्मेवारी चुनौतीपूर्ण भए पनि हामीले विश्वासका साथ सफलतापूर्वक सम्पन्न गर्नु जरुरी छ । सरकारको उपस्थितिलाई विश्वसनीय बनाएर लैजाने सन्दर्भमा होस् वा विपद् व्यवस्थापनका जटिल घडीमा वा सुरक्षा संवेदनशीलता जोखिम रहेको बेला राज्यले विश्वास गरेर दिएका अपत्यारिला काम पनि निजामती सेवाले पूरा गर्दै आइरहेको छ । यी जिम्मेवारी पूरा गर्दै आम नागरिक र समग्र मुलुकको सेवामा समर्पित रहन पाउनु हामी सबैका लागि गर्वको विषय…

Read More

प्रधानमन्त्री देउवा पश्चिम नेपालको चुनावी अभियानमा

प्रधानमन्त्री देउवा पश्चिम नेपालको चुनावी अभियानमा

काठमाडौँ | नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्नुहुनेछ । सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन उहाँले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक…

Read More

सरकारले एउटै बैठकबाट किन चीनको कम्पनी रद्द गरेर भारतीय कम्पनीलाई म्याद थप्यो ?

सरकारले एउटै बैठकबाट किन चीनको कम्पनी रद्द गरेर भारतीय कम्पनीलाई म्याद थप्यो ?

भारतपरस्तको आरोप खेप्ने गरेका शेर बहादुर देउवा नेतृत्वको सरकारले चाइना गेजुवा समूहसँग भएको बुढीगण्डकी जलविद्युत् आयोजा सम्झौता खारेज गरेकै बैठकबाट भारतीय कम्पनीलाई भने २ आयोजना निर्माणको म्याद थप गर्ने निर्णयले नेपालको राजनीतिक वृतमा तरंग पैदा गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले बुढीगण्डकी जलबिद्युत कम्पनी निमार्णको जिम्मा चाईना गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय रद्द गरेको थियो । यो निर्णयसँग भारतीय कम्पनीले गदै आएको माथिल्लो कर्णाली र अरुण तेस्रोका लागी ६ महिना समय थप गर्ने निर्णय गर्नुलाई नेपालको कुटनीतिक वृतमा समेत चासोका रुपमा हेरिने भन्दै विभिन्न…

Read More

नेपालमा आलोचित बनेको राष्ट्रपतिको भ्रमणबाट अमर बमलाई जिवनको आशा

नेपालमा आलोचित बनेको राष्ट्रपतिको भ्रमणबाट अमर बमलाई जिवनको आशा

पंकज धामी, काठमाडौँ । २००३ सालबाट दुबईको अविर जेलमा जेल जिवन विताईरहेका दार्चुलाको साविकको धारी गाविस वडा नं. ५ का अमरबहादुर बमको परिवारलाई त्यो बेला छोरो फर्किने आश पलाउँछ जतिबेला देशका प्रमुख व्यक्तिहरु युएई भ्रमणमा जान्छन् । बिडम्बना अहिलेसम्म युएई भ्रमणमा गएका प्रधानमन्त्री तथा मन्त्रीहरुले अमरबहादुर बमको बारेमा केही बोल्न सके नत केही बुझ्नै नै चाहे । १४ वर्ष देखी छोराको बाटो हेरेर पर्खिरहेका ७१ वर्षिय बुवा कर्णबहादुर बमलाई छोरो फर्किने आश फेरी एक पटक पलाएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमणले । सजाय के हो ? एकजना भारतीय व्यापारी…

Read More

अख्तियारले समात्यो ९ उच्चअधिकारीको घाँटी, भ्रष्टाचारमार्फत अकुत आर्जन गरेको आरोप

अख्तियारले समात्यो ९ उच्चअधिकारीको घाँटी, भ्रष्टाचारमार्फत अकुत आर्जन गरेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि ९ जना उच्च तहका कर्मचारीमाथी भष्ट्रचारमा संलग्न भएको आंशकामा छानबिन थालेको छ । सरकारी पदमा रहदाँ भष्ट्रचार गरि गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीहरुमाथी अनुसन्धान थालेको हो । अकुत सम्पति आर्जको अभियोगमा अनुसन्धान अघि बढाएको अख्तियारले अहिले ९ जनाकै सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको छ । यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसिसकेको छ । अख्तियार स्रोतका अनुसार छानविनमा पर्नेमा नेपाल विद्युत प्राधिकरणका दुई उच्च अधिकारी मनोज सिलवाल र दामोदर भक्त श्रेष्ठ छन…

Read More

सामाजिक सञ्जालमा फैल्याइएको भ्रमको पछि नलाग्नुस्: मन्त्री पाण्डे

सामाजिक सञ्जालमा फैल्याइएको भ्रमको पछि नलाग्नुस्: मन्त्री पाण्डे

चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले विपक्षीले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम फैल्याएको आरोप लगाउनुभएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मन्त्री पाण्डेले भरतपुर महानगरपालिका–२२ पटिहानीमा चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै भन्नुभयो “मैले निकुञ्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर विपक्षीले फेसबुकमा राखेका छन् ।” सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ ।

Read More

चार लाख मूल्य बराबरको धनसम्पत्ति चोरी

चार लाख मूल्य बराबरको धनसम्पत्ति चोरी

विराटनगर । विराटनगर महानगरपालिका–११ बस्ने बलराम कारंजीतको घरबाट रु चार लाख मूल्य बराबरको धनसम्पत्ति चोरी भएको छ । घर धनी कारंजीतलगायत परिवारका अन्य सदस्यसमेत झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजबाट आज बिहान तीन बजे सात तोला सुन र नगद गरी रु चार लाख मूल्य बराबरको चोरी भएको हो । यस सम्वन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको घरधनी कारंजीतले बताए । विगत केही दिनदेखि विराटनगर महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भइरहेको छ ।

Read More

रौतहटको लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा विलय

रौतहटको लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा विलय

अखिलेश यादव, रौतहट । नेपाल लोक्तान्त्रिक फोरम रौतहट आज एक कार्यक्रमका विच नेपाली काँग्रेस रौतहटमा विलय भएको छ । रौतहटको सदरमुकाम गौर स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पार्टी समायोजनमा तत्कालिन नेपाल लोक्तान्त्रिक फोरमका अध्यक्ष मनोज कुमार शर्माले नेपाली लोक्तान्त्रिक पार्टी केन्द्रिय कार्य समिति नै विधिवत रुपमा नेपाली काँग्रेसमा समायोजन भई सकेकोले रौतहट लगायत देशको अन्य कुनै स्थानमा पनि नेपाल लोक्तान्त्रिक फोरम रहनुको कुनै औचित्य नभएकोले आजैको मिति देखि नमस्कार छाप र नमस्कार नारा नभई रुख छाप र जय नेपालको नारालाई अबलम्बन गर्दै अगाडि बढने घोषणा गरेको छन् । नेपाल…

Read More

पत्रकारलाई हातपात गर्नेमाथि कारबाही माग

पत्रकारलाई हातपात गर्नेमाथि कारबाही माग

काठमाडौँ | नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति निकाली घटनामा संलग्नलाई कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रता विरोधी घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन्। विज्ञप्तिमा निर्बाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघले विरोध र भत्र्सना गरिएको छ। शैक्षिक संस्थामा पूर्वजानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुव्र्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिनुजस्तो घटनाले…

Read More