नेकपा(माले)का पोलिटब्युरो सदस्य एमालेमा प्रवेश

नेकपा(माले)का पोलिटब्युरो सदस्य एमालेमा प्रवेश

काठमाडौँ । नेकपा(माले) का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा९एमाले०मा प्रवेश गरेका छन् । आज साँझ यहाँ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ९माले०का केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभयो । ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा (माले)कातर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताउनुभयो । मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा…

Read More

काँग्रेसको केन्द्रीय प्रचार समिति विस्तार

काँग्रेसको केन्द्रीय प्रचार समिति विस्तार

नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ। सो समितिको आजको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे हुनुहुन्छ । यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत छन्। सो समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन्। यस्तै काँग्रेसको प्रचार समितिमा उद्योगी…

Read More

दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने

दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने

सोल | उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको भेटपछि बताउनुभएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो,“ दक्षिण कोरियाको मुख्य सुरक्षा सहयोगी अमेरिकाले सोलको व्यालिस्टिक मिसाइलमा रहेको अघिललो भागको वजनलाई घटाउने सहमति पनि भएको बताउनुभयो । उत्तर कोरियाली आणविक हतियारका कारण उच्च तनाव सिर्जना भएका समय एशियाली मुलुकको भ्रमणका शिलशिलामा दुईदिने कोरिया भ्रमणमा मङ्गलबार जापानबाट सोल आउनुभएका अमेरिकी राष्ट्रपतिले भन्नुभयो, “एसियाको मुख्य अमेरिकी सहयोगी रहेको दक्षिण…

Read More

चीनमा सञ्चारकर्मीको सङ्ख्या दुई लाख २८ हजार

चीनमा सञ्चारकर्मीको सङ्ख्या दुई लाख २८ हजार

चीन | चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या दुई लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपीपीआरएफ्टी)ले मङ्गलबार जनाएको छ । एसएपीपीआरएफ्टीले जारी एक विज्ञप्तिमा भनिएको छ, “यिमध्ये ८४ हजारले पत्रपत्रिकामा काम गर्ने गर्छन् । त्यस्तै छ हजारले विभिन्न आवधिक प्रकाशनमा काम गर्छन् ।” चीनको न्यूज एजेन्सीहरूमा जम्मा दुई हजार ८०० सञ्चारकर्मी रहेका छन् भने एक लाख ३४ हजारले रेडियो, टेलिभिजन र अन्य प्रकाशन गृहमा तथा न्यूज वेवसाइटमा एक हजार १०० सञ्चारकर्मी रहेका एसएपीपीआरएफ्टीले जनाएको छ । सञ्चारकर्मीमध्ये ३९ प्रतिशत ३० देखि ४०…

Read More

भक्तपुरमा बसबाट खसेर सहचालकको मृत्यु

भक्तपुरमा बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यबिनायक–५ चुनदेबीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख ४८९८ नम्बरको बसबाट खसेर मंगलबार गम्भीर घाइते भएका सोही बसका सहचालक सिन्धुपाल्चोक साँगाचोकका २० वर्षीय अनिल गिरीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ग.१ ख ४८२५ नम्बरको मिनीबस मंगलबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १० जनालाई नेशनल मेडिकल कलेज बीरगंज र २ महिलालाई चुरेहिल अस्पताल मकवानपुरमा उपचारको लागि पठाइएको छ ।…

Read More

पर्यवेक्षकका कारणले निर्वाचनको वातावरण बिग्रनु हुँदैन: पाठक

पर्यवेक्षकका कारणले निर्वाचनको वातावरण बिग्रनु हुँदैन: पाठक

नेपालगञ्ज । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण र अनुगमन गर्ने अधिकारकर्मीले सबैभन्दा पहिले आफ्नो भूमिकालाई स्पष्टसँग बुझ्नुपर्ने बताएका छन् । आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा  मंगलबार आयोजित अन्तक्र्रियात्मक पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘पर्यवेक्षक ठाउँमा पुग्ने हो, भइरहेका गतिविधि हेर्ने हो, टिपेर आउने हो र प्राप्त सूचना आफू सम्बद्ध निकायलाई बुझाउने हो तर पर्यवेक्षणका क्रममा बोल्ने होइन ।’ सदस्य पाठकले निर्वाचन पर्यवेक्षक, अनुगमनकर्ताका कारणले निर्वाचनको वातावरण बिग्रनु नहुनेमा जोड दिँदै निर्वाचन अनुगमन, पर्यवेक्षणलाई प्रभावकारी बनाउन आयोगले आवश्यक व्यवस्था मिलाएको छ भने…

Read More

वाम गठबन्धन: निर्वाचनलगत्तै पार्टी एकता

वाम गठबन्धन: निर्वाचनलगत्तै पार्टी एकता

काठमाडौँ | विगत छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प गरेका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर आज सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने प्रतिबद्धता जनाइएको हो । घोषणापत्रमा भनिएको छ, “जतिसक्यो छिटो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरी विधिवत् एकीकृत पार्टी निर्माण गरिनेछ ।” घोषणापत्रमा एकीकरणको काम पूरा नहुँदासम्म दुवै पार्टीका सबै कमिटी र जनसंगठन यथावत्रूपमा सञ्चालनमा रहने उल्लेख गरिएको छ । घोषणापत्रमा मुलुकका निर्णायक शक्तिका रूपमा रहेका कम्युनिष्ट…

Read More

मेरो प्रतिस्पर्धा कसैसँग छैन: काँग्रेस नेता निधि

मेरो प्रतिस्पर्धा कसैसँग छैन: काँग्रेस नेता निधि

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गरेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका नेता निधिले भने, ‘धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नं ३ का जनताले आफूलाई भारी मतले विजयी बनाउने छ ।’ मंगलबार आफ्नो गृह गाउँ नगराइनमा स्थानीय नेता कार्यकता तथा पत्रकारसँगको भेटघाटका क्रममा उनले स्थानीय तहको निर्वाचनमा केही रुष्ट रहेका कार्यकर्तासमेत अहिले पुनः पार्टी कै भोट मागिरहेको दाबी गरे ।

Read More

राजनीतिक स्थायित्वका लागि वाम एकता : रावल

राजनीतिक स्थायित्वका लागि वाम एकता : रावल

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुलुकमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको बताएका छन् । अछामको मेल्लेख गाउँपालिका–८ मा मंगलबार वाम गठबन्धनको चुनावीसभामा उनले भने–‘चुनाव जित्नका लागिमात्र नभइ देशमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको हो ।’ अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका रावलले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने दाबी गरे । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर ५ वर्ष सरकार सन्चालन गर्ने बताउँदै उनले भने–‘वाम गठबन्धनको सरकारले राष्ट्रिय एकतालाई बलियो पार्दै मुलुकमा आर्थिक…

Read More

महिलामाथि दुव्र्यवहारको आरोप लगाइएका नेता मृत फेला

महिलामाथि दुव्र्यवहारको आरोप लगाइएका नेता मृत फेला

लण्डन | वेल्स सरकारमा रहेकै समय दुव्र्यवहार आरोप लागि केही दिन पहिले पदबाट राजिनामा दिएका बेलायती नेता काल्र्स सर्जन्ट मृत अवस्थामा भेटिएका उहाँको पारिवारिक स्रोतले मङ्गलबार जनाएको छ । महिलामाथि दुव्यवहार आरोप लागेपछि केहीदिन पहिले उहाँले वेल्स सरकारको मन्त्रीबाट राजिनामा दिनुभएको थियो । सर्जन्टले आत्म हत्या गरेको हुनसक्ने बताइएको छ । सर्जन्टले यही नोभेम्बर ३ मा मन्त्रीबाट राजिनामा दिनुभएको थियो । सरकारबाट राजिनामा गरेपछि उहाँको दल लेबर पार्टीले पार्टीबाट पनि निलम्बन गरेको थियो ।

Read More