पाँचाै खेलमा जित निकाल्दै चेल्सी शीर्ष स्थानमा

पाँचौ खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल (इपीएल) मा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई

घरेलु मैदान स्टाम्फोर्ड ब्रीजमा चेल्सीलाई जित दिलाउन टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले १-१ गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले १ गोल फर्काए ।

खेलको ७७औँ मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

साउथह्याम्पटन ४ अंक जोडेर १७औँ स्थानमा छ ।

शनिबार राति नै भएको इपीएल खेलमा आर्सनलले ब्राइटनसँग गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । लिड्स युनाइटेडले वाडफोर्डलाई १-०, उल्भ्सले न्युक्यासल युनाईटेडलाई २-१ ले पराजित गर्दा बर्नली र नर्विच सिटीले गोलरहीत बराबरी खेले । न्युज कारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार